प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb17 अप्रिल p. ६
  • राज्य गीतले साहस बढाउँछ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • राज्य गीतले साहस बढाउँछ
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
  • मिल्दोजुल्दो सामग्री
  • हर्षोल्लासका साथ गीत गाएर यहोवाको प्रशंसा गर्नुहोस्‌
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
  • अध्ययनका लागि सुझाव
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
  • उपासनाको लागि नयाँ गीतहरू!
    हाम्रो राज्य सेवा—२०१५
  • के तपाईं सभाहरूमा यहोवाको स्तुतिगान गाउन तयार हुनुहुन्छ?
    हाम्रो राज्य सेवकाई—२००९
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
mwb17 अप्रिल p. ६

ख्रीष्टियन जीवन

राज्य गीतले साहस बढाउँछ

पियानोमा बस्दै गर्नुभएका भाइ एरिक फ्रस्ट

पावल र सिलासले झ्यालखानामा हुँदा परमेश्‍वरको स्तुतिगान गाएका थिए। (प्रे १६:२५) आधुनिक समयका ख्रीष्टियन दाजुभाइ दिदीबहिनीहरूले नाजी जर्मनीको साक्सेनहाउसेन यातना शिविरमा र साइबेरियाको निर्वासनमा पर्दा राज्य गीत गाएका थिए। यी उदाहरणहरूले राज्य गीतले गाह्रो अवस्थाको सामना गर्नुपर्दा साहस बढाउँछ भन्‍ने कुरा स्पष्ट पार्छ।

अब चाँडै नै अरू भाषाहरूमा पनि यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’ (अङ्‌ग्रेजी) विषयको नयाँ किताब उपलब्ध हुनेछ। हामी सबैले आफ्नो लागि एक-एक प्रति पाएपछि पारिवारिक उपासनाको बेला अभ्यास गरेर यसका शब्दहरू आफ्नो मनमा राख्न सक्छौं। (एफि ५:१९) यसो गर्दा गाह्रो अवस्थाको बेला पवित्र शक्‍तिले राज्य गीत सम्झन मदत गर्नेछ। राज्य गीतले हामीलाई आशामा ध्यान केन्द्रित गर्न मदत गर्छ। हामीलाई गाह्रो अवस्थामा साहसी हुन पनि यसले मदत गर्छ। अनि हाम्रो मन खुसी छ भने गीतमा चलाइएका प्रोत्साहनदायी शब्दहरू याद गर्दै हामी ‘हर्षका’ साथ गीत गाउन सक्नेछौं। (१इ १५:१६; भज ३३:१-३) त्यसैले राज्य गीतको पुरापुर फाइदा उठाऔं!

श्रमिकहरूलाई हौसला दिएको एउटा गीत भन्‍ने भिडियो देखाउनुहोस्‌ अनि निम्न प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

  • कस्तो अवस्थाको कारण भाइ फ्रस्टले गीत रच्नुभयो?

  • साक्सेनहाउसेन यातना शिविरमा राज्य गीतले भाइबहिनीहरूको साहस कसरी बढायो?

  • दैनिक जीवनमा आइपर्ने कस्ता कुराहरू सामना गर्न राज्य गीतले हामीलाई मदत गर्छ?

  • तपाईं कुन राज्य गीत कण्ठ पार्न चाहनुहुन्छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने