ख्रीष्टियन जीवन
यहोवाले तिमीलाई साहसी बनाउनुहुनेछ
यदि तपाईँ स्कुलमा पढ्दै हुनुहुन्छ भने, के तपाईँलाई आफू एक जना यहोवाको साक्षी भएको कुरा बताउन वा साक्षी दिन कहिल्यै अप्ठ्यारो लागेको छ? छ भने, साक्षी दिन तपाईँ कसरी ‘साहस बटुल्न’ सक्नुहुन्छ? (१थि २:२) के-कस्ता कुराले तपाईँलाई साहसी भई बोल्न मदत गर्छ? यहोवाले तिमीलाई साहसी बनाउनुहुनेछ भन्ने भिडियो हेरेपछि निम्न प्रश्नहरूको जवाफ दिनुहोस्:
१. मनिषालाई साहसी हुन कुन बाइबल पात्रको उदाहरणले मदत गऱ्यो?
२. पहिल्यै अभ्यास गर्दा मनिषालाई कस्तो फाइदा भयो?
३. तपाईँले स्कुलका साथीहरूलाई किन साक्षी दिनुपर्छ?
४. तपाईँ स्कुल जानुहुन्न भने पनि यस भिडियोबाट के सिक्नुभयो?