बाइबलमा पाइने अनमोल धन | युहन्ना १-२
येसु पहिलो चमत्कार गर्नुहुन्छ
येसुले गर्नुभएको पहिलो चमत्कारबाट हामी उहाँको व्यक्तित्वबारे केही कुरा थाह पाउँछौँ। यस बाइबल विवरणबाट हामी निम्न कुरा कसरी सिक्न सक्छौँ?
येसु मोज-मज्जाप्रति सन्तुलित दृष्टिकोण राख्नुहुन्थ्यो, जीवनको आनन्द उठाउनुहुन्थ्यो अनि आफ्ना साथीहरूसित रमाइलो गर्नुहुन्थ्यो
येसु मानिसहरूको भावना बुझ्नुहुन्थ्यो
येसु उदार हुनुहुन्थ्यो