प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb19 फेब्रुअरी p. ३
  • के तपाईँ परमेश्‍वरका अदृश्‍य गुणहरू देख्न सक्नुहुन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईँ परमेश्‍वरका अदृश्‍य गुणहरू देख्न सक्नुहुन्छ?
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
  • मिल्दोजुल्दो सामग्री
  • यहोवाको सृष्टिबाट उहाँबारे अझ धेरै सिक्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
  • सृष्टिका कुराहरूबाट छोराछोरीलाई यहोवाबारे सिकाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
  • सृष्टिले कसरी परमेश्‍वरको प्रेम प्रकट गर्छ?
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
  • के हामी अदृश्‍य परमेश्‍वरलाई देख्न सक्छौँ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
mwb19 फेब्रुअरी p. ३

ख्रिष्टियन जीवन

के तपाईँ परमेश्‍वरका अदृश्‍य गुणहरू देख्न सक्नुहुन्छ?

रङ्‌गीन फूल, ताराहरूले भरिएको आकाश वा झरझर झरिरहेको झरना देख्दा तपाईँलाई कस्तो लाग्छ? के तपाईँ ती कुरालाई सृष्टिकर्ताको हातका काम ठान्‍नुहुन्छ? हामी वरपर भएका सृष्टिका कुराले यहोवाका अदृश्‍य गुणहरू प्रकट गर्छन्‌। (रोमी १:२०) आफ्ना आँखाले देख्न सक्ने त्यस्ता कुराबारे मनन गर्न समय निकाल्दा हामी ती कुरामा परमेश्‍वरको शक्‍ति, प्रेम, बुद्धि र न्यायका साथै उहाँको उदारता पनि देख्न सक्छौँ।—भज १०४:२४.

यहोवाले सृष्टि गर्नुभएका कस्ता कुरा हामी हरेक दिन देख्ने मौका पाउँछौँ? सायद तपाईँ सहरी इलाकामा बस्नुहुन्छ होला। तैपनि तपाईँले चराचुरुङ्‌गी वा रूखहरू देख्नुभएको होला। यहोवाको सृष्टिलाई नियालेर हेर्दा हामी आफ्ना चिन्ता-फिक्री कम गर्न, आफ्ना समस्यामा मात्र ध्यान नदिन अनि यहोवा हाम्रो आवश्‍यकता पूरा गर्न सधैँ सक्षम हुनुहुन्छ भन्‍ने कुरामा विश्‍वास बढाउन मदत पाउँछौँ। (मत्ति ६:२५-३२) तपाईँका छोराछोरी छन्‌ भने तिनीहरूलाई यहोवाका अतुलनीय गुणहरूबारे बुझ्न मदत गर्नुहोस्‌। आफू वरपरका सृष्टिका कुराहरूप्रति कृतज्ञता बढाउँदै जाँदा हामी सृष्टिकर्तासित अझ नजिक हुनेछौँ।—भज ८:३, ४.

सृष्टिका आश्‍चर्यजनक कुराले परमेश्‍वरको महिमा प्रकट गर्छ—प्रकाश र रङ्‌ग भन्‍ने भिडियो हेर्नुहोस्‌ अनि निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

  • केले गर्दा हामी विभिन्‍न रङ्‌ग देख्न सक्छौँ?

  • कुनै-कुनै वस्तुलाई हेर्ने कोण बदलिँदा त्यसको रङ्‌ग पनि परिवर्तन हुन्छ, किन?

  • हामी किन आकाशमा फरक-फरक रङ्‌ग देख्छौँ?

  • तपाईँले आफ्नो घरवरपर सृष्टिका कुरामा कस्ता मनमोहक रङ्‌ग याद गर्नुभएको छ?

  • हामीले किन प्रकृतिमा भएका कुराहरू नियाल्न समय निकाल्नुपर्छ?

गुलाफको फूल, निलो पुतली, विभिन्‍न रङ्‌गका फलफूल, अस्ताउँदै गरेको सूर्य

प्रकाश र रङ्‌गले यहोवाका गुणहरूबारे के प्रकट गर्छन्‌?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने