प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb20 फेब्रुअरी p. ३
  • मौलिक गीतहरूबाट हामी के सिक्न सक्छौँ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मौलिक गीतहरूबाट हामी के सिक्न सक्छौँ?
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
  • मिल्दोजुल्दो सामग्री
  • परमेश्‍वरसित नजिक हुन मदत गर्ने गीतहरू
    तपाईँको अनुदान कसरी प्रयोग गरिन्छ?
  • हर्षोल्लासका साथ गीत गाएर यहोवाको प्रशंसा गर्नुहोस्‌
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
  • राज्य गीतले साहस बढाउँछ
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
  • अध्ययनका लागि सुझाव
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
mwb20 फेब्रुअरी p. ३
भाइ-बहिनीहरू गितार बजाएर र गीत गाएर रमाउँदै।

ख्रिष्टियन जीवन

मौलिक गीतहरूबाट हामी के सिक्न सक्छौँ?

तपाईँलाई सबैभन्दा मनपर्ने केही मौलिक गीतहरू कुन-कुन हुन्‌? किन? के तपाईँले ती गीतका भिडियोहरू हाम्रो दैनिक जीवनसित मिल्दोजुल्दो पाउनुभएको छ? मौलिक गीतहरू विभिन्‍न विषयमा आधारित छन्‌ अनि सङ्‌गीत र धुनहरू पनि थरीथरीका छन्‌। त्यसैले आफूलाई मन पर्ने कुनै न कुनै गीत सबैले भेट्टाउन सक्छन्‌। तथापि ती गीतहरू र भिडियोहरूले हामीलाई केवल मनोरञ्जन मात्र दिँदैनन्‌।

प्रत्येक मौलिक गीतले हामीलाई ख्रिष्टियन जीवन र साक्षीकार्यमा लागू गर्न सकिने व्यावहारिक पाठहरू सिकाउँछ। केही गीतहरूले अतिथि-सत्कार, एकता, मित्रता, साहस, प्रेम र विश्‍वासजस्ता विषयहरूलाई समेटेका छन्‌। केही गीतहरूमा भने यहोवाकहाँ फर्किन, एकअर्कालाई क्षमा दिन, दैनिक जीवनमा सत्यनिष्ठा कायम राख्न अनि आध्यात्मिक लक्ष्यहरूको पछि लाग्न प्रोत्साहन दिइएको छ। मोबाइल फोन प्रयोग गर्ने सन्दर्भमा सन्तुलित हुन प्रोत्साहन दिने मौलिक गीत पनि छ। मौलिक गीतहरूबाट तपाईँले अरू कस्ता व्यावहारिक पाठहरू सिक्नुभएको छ?

भोलिको चिन्ता गर्दिनँ कहिल्यै विषयको मौलिक गीतको भिडियो हेर्नुहोस्‌ अनि निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

  • भिडियोमा देखाइएको परिवारले कस्ता चुनौतीहरूको सामना गरिरहेको थियो?

  • यहोवामाथि भरोसा गरेको कुरा हामी आफ्नो दैनिक जीवनमा कसरी देखाउन सक्छौँ?

  • अहिले भोगिरहेका परीक्षाहरू र चिन्ता-फिक्रीको सामना गर्न हामीलाई केले मदत गर्छ?—फिलि ४:६, ७; मत्ति ६:३३

पारिवारिक उपासनाको लागि सुझाव

तल दिइएका मौलिक गीतका भिडियोहरू हेर्नुहोस्‌ र यी दुई वटा प्रश्‍नको जवाफ विचार गर्नुहोस्‌: यस भिडियोले कस्ता व्यावहारिक पाठहरू सिकाउँछ? म आफ्नो जीवनमा ती पाठहरू कसरी लागू गर्न सक्छु?

  • नडराऊ

  • खोजिरहो

  • साँचो मित्र

  • मेरो भन्‍नु सबै तिम्रो

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने