ख्रिष्टियन जीवन
पूरै विवरण बुझ्ने प्रयास गर्नुहोस्
बाइबल विवरण पढ्नुहुँदा पूरै चित्र मनमा उतार्ने प्रयास गर्नुहोस्। त्यो विवरणको पृष्ठभूमि, पात्रहरू र तिनीहरूले कुनै कदम चाल्नुको कारणबारे बुझ्ने प्रयास गर्नुहोस्। त्यहाँको दृश्य मनमा उतार्नुहोस्; कस्ता-कस्ता आवाज निस्कन्छन्, सुन्नुहोस्; त्यहाँको बास्ना सुँघ्नुहोस् र पात्रहरूको भावना बुझ्ने प्रयास गर्नुहोस्।
तपाईँको बाइबल पढाइलाई अझ प्रभावकारी बनाउनुहोस्—एक झलक भिडियो हेर्नुहोस् अनि निम्न प्रश्नहरूको जवाफ दिनुहोस्:
कस्ता कारणहरूले युसुफ र तिनका दाइहरूबीच मनमुटाव भएको हुन सक्छ?
कस्ता कारणहरूले युसुफका दाइहरूले नतिजाबारे नसोचेर रिसको झोकमा कदम चालेका हुन सक्छन्?
युसुफको बुबा याकुबबारे धर्मशास्त्रबाट के थाह पाउन सक्छौँ?
मतभिन्नता सुल्झाउनेबारे याकुबले आफ्ना छोराहरूलाई कस्तो पाठ सिकाए?
यस भिडियोबाट तपाईँले के सिक्नुभयो?