प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb20 अगस्त पृ. ३
  • अन्त नजिकिँदै जाँदा साहसी हुनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अन्त नजिकिँदै जाँदा साहसी हुनुहोस्‌
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
  • मिल्दोजुल्दो सामग्री
  • ईश्‍वरीय गुणहरू विकास गर्नुहोस्‌—साहस
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
  • साहसी हुन धेरै गाह्रो छैन
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
  • “आँटिला होऊ र यो काम गर”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
  • देऊ न साहस
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
mwb20 अगस्त पृ. ३

ख्रिष्टियन जीवन

अन्त नजिकिँदै जाँदा साहसी हुनुहोस्‌

यसो गर्नु किन महत्त्वपूर्ण छ? अब चाँडै पहिला कहिल्यै नभएको आश्‍चर्यजनक घटनाहरू हुनेछन्‌ अनि हाम्रो साहस र यहोवामाथिको भरोसाको जाँच हुनेछ। झूटो धर्मको विनाशसँगै महासङ्‌कष्ट सुरु हुनेछ। (मत्ति २४:२१; प्रका १७:१६, १७) त्यो गन्जागोलपूर्ण समयको दौडान हामीले न्यायको कडा सन्देश सुनाउनुपर्ने हुन सक्छ। (प्रका १६:२१) हामीमाथि मागोगको गोगले आक्रमण गर्नेछ। (इज ३८:१०-१२, १४-१६) त्यसपछि यहोवाले आफ्ना सेवकहरूलाई जोगाउन “सर्वशक्‍तिमान्‌ परमेश्‍वरको महान्‌ दिनको लडाइँ” सुरु गर्नुहुनेछ। (प्रका १६:१४, १६) भविष्यमा हुने यी घटनाहरूको लागि साहस जुटाउन अहिले हाम्रो विश्‍वासको जाँच हुँदा वफादार रहनुपर्छ।

हामी कसरी यसो गर्न सक्छौँ?

  • यहोवाको उच्च नैतिक स्तरको पक्षमा साहसी भई खडा हुनुहोस्‌ र त्यसैअनुसार जिउनुहोस्‌।—यसै ५:२०

  • ख्रिष्टियन भाइबहिनीसित मिलेर उपासना गरिरहनुहोस्‌।—हिब्रू १०:२४, २५

  • यहोवाको सङ्‌गठनले दिने निर्देशन तुरुन्तै पालन गर्नुहोस्‌।—हिब्रू १३:१७

  • विगतमा यहोवाले आफ्ना जनहरूलाई कसरी जोगाउनुभयो, त्यसबारे मनन गर्नुहोस्‌।—२प २:९

  • यहोवालाई प्रार्थना गर्नुहोस्‌ र उहाँमा भरोसा राख्नुहोस्‌।—भज ११२:७, ८

भविष्यमा हुने घटनाहरू, जसको लागि साहस चाहिन्छ—एक झलक भिडियो हेर्नुहोस्‌ अनि निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

  • ‘भविष्यमा हुने घटनाहरू, जसको लागि साहस चाहिन्छ’ भिडियोको एउटा दृश्‍य। भविष्यमा मण्डलीहरू गाभिँदा सूचना पाटीमा नयाँ प्रबन्धको सूची हेरेपछि एक चिन्तित बहिनी अगाडि हेरिरहेकी छिन्‌।

    आफ्नो मण्डली अरू मण्डलीहरूसित गाभिने बेला प्रकाशकहरूले आज्ञाकारी हुने सन्दर्भमा कस्तो परीक्षाको सामना गरे?

  • ‘भविष्यमा हुने घटनाहरू, जसको लागि साहस चाहिन्छ’ भिडियोको एउटा दृश्‍य। ती बहिनी अरू दुई बहिनीसित नयाँ प्रबन्धहरूबारे कुरा गर्दै छिन्‌।

    साहस र विश्‍वास कसरी एकअर्कासित सम्बन्धित छ?

  • ‘भविष्यमा हुने घटनाहरू, जसको लागि साहस चाहिन्छ’ भिडियोको एउटा दृश्‍य। ‘परमेश्‍वरको राज्यले शासन गर्दै छ!’ किताबमा भएको आरमागेडोनको चित्रबारे मनन गरेपछि एक केटो चिन्तित हुन्छ।

    आरमागेडोन आउँदा किन साहस चाहिन्छ?

  • ‘भविष्यमा हुने घटनाहरू, जसको लागि साहस चाहिन्छ’ भिडियोको एउटा दृश्‍य। यहोसापात र अरू मानिस यहुदाबाट रणभूमि आइपुग्छन्‌ र शत्रुहरूको एउटा सिपाही पनि जीवित नभएको भेट्टाउँछन्‌।

    भविष्यमा साहसको आवश्‍यकता पर्ने घटनाहरूको सामना गर्न अहिल्यै तयारी गर्नुहोस्‌

    यहोवाले हाम्रो उद्धार गर्नुहुन्छ भन्‍ने कुरामा विश्‍वास बढाउन कुन बाइबल विवरणले मदत गर्छ?—२इ २०:१-२४

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने