बाइबलमा पाइने अनमोल धन | प्रस्थान २१-२२
जीवनप्रति यहोवाको जस्तै दृष्टिकोण राख्नुहोस्
यहोवा जीवनलाई अनमोल ठान्नुहुन्छ। हाम्रो पनि उहाँको जस्तै दृष्टिकोण छ भनेर कसरी देखाउन सक्छौँ?
अरूलाई मनैदेखि प्रेम र आदर गर्नुहोस्।—मत्ति २२:३९; १यु ३:१५
प्रचारकार्यमा अझ जोसिलो भएर त्यस्तो प्रेम प्रकट गर्नुहोस्।—१को ९:२२, २३; २प ३:९
सुरक्षालाई एकदमै महत्त्वपूर्ण ठान्नुहुन्छ भनेर देखाउनुहोस्।—हित २२:३
जीवनलाई आदर गर्नु र रक्तदोषबाट अलग रहनु कसरी सम्बन्धित छ?