प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb20 सेप्टेम्बर p. ७
  • के तपाईँ यहोवाको लागि आफ्नो समय र शक्‍ति दिन सक्नुहुन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईँ यहोवाको लागि आफ्नो समय र शक्‍ति दिन सक्नुहुन्छ?
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
  • मिल्दोजुल्दो सामग्री
  • ईश्‍वरतान्त्रिक निर्माण परियोजनाहरूमा सघाउनुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
  • राज्यभवन निर्माण—पवित्र सेवाको एउटा महत्त्वपूर्ण पक्ष
    हाम्रो राज्य सेवकाई—२००६
  • राज्यभवन निर्माण गर्नुपर्ने आवश्‍यकता सँगसँगै चल्ने
    हाम्रो राज्य सेवकाई—१९९७
  • अन्तरराष्ट्रिय तवरमा तिनीहरू मसीही भ्रातृत्वको सेवा गर्छन्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
mwb20 सेप्टेम्बर p. ७

ख्रिष्टियन जीवन

के तपाईँ यहोवाको लागि आफ्नो समय र शक्‍ति दिन सक्नुहुन्छ?

एक भाइ निर्माणकार्यमा फलामको पाइप काट्‌दै मुस्कुराइरहेका छन्‌।

यसैयाले भविष्यवाणी गरेझैँ हामीले यहोवाको सङ्‌गठनमा सोचेभन्दा धेरै वृद्धि भइरहेको देख्दै छौँ। (यसै ५४:२) यसले गर्दा नयाँ सभाभवन, सम्मेलन भवन र शाखा भवनको आवश्‍यकता परेको छ। ती भवनहरूको निर्माण गरिएपछि त्यसको मर्मतसम्भार गर्नुपर्ने र समयको दौडान कुनै-कुनै भवन पुनर्निर्माण गर्नुपर्ने हुन्छ। यस्तो बेला हामीले यहोवाको निम्ति समय र शक्‍ति दिने कस्तो मौका पाउँछौँ?

  • हाम्रो क्षेत्र सेवा समूहको सभाभवन सफा गर्ने पालो परेको बेला त्यसमा सहभागी हुन सक्छौँ

  • सभाभवन मर्मतसम्भार गर्न दिइने तालिममा भाग लिन सक्छौँ

  • हामीले स्थानीय डिजाइन/निर्माण स्वयम्‌सेवा आवेदन फारम (DC-50) भरेर बेलाबेलामा हाम्रो घरनजिकै हुने निर्माण तथा मर्मतसम्भार परियोजनालाई सहयोग गर्न सक्छौँ

  • हामी स्वयम्‌सेवा कार्यक्रमको आवेदन फारम (A-19) भर्न सक्छौँ र हाम्रो शाखाको इलाकामा बेथेल वा अन्य भवनहरूमा एक हप्ता वा सोभन्दा बढी स्वयम्‌सेवा गर्न सक्छौँ

नयाँ बेथेल भवन निर्माण परियोजना—एक झलक भिडियो हेर्नुहोस्‌ अनि निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

  • सन्‌ २०१४ यता भिडियोहरूको प्रयोगमा कस्तो उल्लेखनीय वृद्धि भएको छ?

  • भिडियोहरूको आवश्‍यकतालाई ध्यानमा राखेर कस्तो योजना बनाइएको छ र यो निर्माणकार्य कति समयको लागि चल्नेछ?

  • यो परियोजनामा हामी कसरी स्वयम्‌सेवा गर्न सक्छौँ?

  • यदि हामी रामापोमा हुने निर्माणकार्यमा भाग लिन चाहन्छौँ भने हामीले किन आवेदन फारम (DC-50) भर्नुपर्छ अनि हाम्रो घरनजिकैको स्थानीय डिजाइन/निर्माणकार्य परियोजनामा सहयोग गर्नुपर्छ?

  • यहोवाले यो परियोजनालाई डोऱ्‍याउँदै हुनुहुन्छ भन्‍ने कस्तो प्रमाण छ?

  • हामीले व्यक्‍तिगत तवरमा सहयोग गर्न नसके तापनि कसरी यो परियोजनालाई सफल बनाउन योगदान दिन सक्छौँ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने