राज्यभवन निर्माण—पवित्र सेवाको एउटा महत्त्वपूर्ण पक्ष
१. राज्यभवन निर्माणसम्बन्धी कुन काम पूरा भएको छ तर अझै के गर्न बाँकी छ?
१ गत वर्ष भारत शाखा अन्तर्गत १९ वटा राज्यभवन निर्माण गरियो। यस काममा मदत गर्ने सबैलाई हामी हृदयबाटै धन्यवाद दिन चाहन्छौं। यसरी, थुप्रै राज्यभवन निर्माण त भइसके। तैपनि, अझ थप राज्यभवनहरूको आवश्यकता छ। हामीलाई अझै पनि १७५ भन्दा बढी नयाँ राज्यभवनको अत्यन्तै जरुरत परेको छ। यहोवालाई चढाइने पवित्र सेवाको यस महत्त्वपूर्ण पक्षमा हामी सबैले कसरी सहयोग पुऱ्याउन सक्छौं?—प्रका. ७:१५.
२. राज्यभवन निर्माण काममा हामी कसरी सीधै सहयोग गर्न सक्छौं?
२ राजीखुसीले: के तपाईं बप्तिस्माप्राप्त प्रकाशक हुनुहुन्छ? हुनुहुन्छ भने, एप्लिकेसन फर किङ्डम हल कन्सट्रक्सन भलिन्टियर प्रोग्राम फाराम भरी किङ्गडम हल कन्सट्रक्सन डेस्कसित मिलेर काम गर्न हामी तपाईंलाई आमन्त्रित गर्छौं। (भज. ११०:३) यो स्वयम्सेवा गर्नेहरू सबै जना राजीखुसीले काम गर्न इच्छुक र सहयोगी भाव भएको हुनुपर्छ। (भज. १३३:१) निर्माणको काम जान्नुहुन्न भने पनि अरू थुप्रै प्रकारले सघाउन सक्नुहुन्छ। अहिले हामीलाई, निर्माण काममा रेखदेख गर्न सक्ने र सरकारी कामकुरो गरिदिन सक्ने योग्य भाइहरूको जरुरत परेको छ। तपाईंलाई निर्माणसम्बन्धी कुनै कामको प्रशिक्षण दिइन पनि सक्छ जसले गर्दा पछि तपाईंले धेरै मदत गर्न सक्नुहुन्छ।
३. अरू कुन-कुन तरिकामा हामी राज्यभवन निर्माण काममा सहयोग पुऱ्याउन सक्छौं?
३ निर्माण काममा तपाईंले स्वयम्सेवा गर्न सक्नुहुन्न भने, स्वयम्सेवा गरिरहेकाहरूलाई प्रोत्साहन दिएर सहयोग गर्न सक्नुहुन्छ। निर्माण कार्यमा खटिएर गएका भाइहरूको मण्डलीका जिम्मेवारी सम्हालिदिएर पनि मदत पुऱ्याउन सक्नुहुन्छ। प्राचीनहरूले अग्रिम योजना बनाएमा केही भाइहरू राज्यभवन निर्माण काममा खटिएर जाँदा पनि मण्डलीका जिम्मेवारीहरू सुचारु रूपले पूरा गर्न सकिन्छ। निस्सन्देह, राज्य गतिविधिलाई अगाडि बढाउन सँगै मिलेर काम गर्दा यहोवा प्रसन्न हुनुहुनेछ।—हिब्रू १३:१६.
४. राज्यभवन निर्माण काममा खटिएका स्वयम्सेवकहरूलाई हामी कसरी प्रोत्साहन दिन सक्छौं?
४ प्रोत्साहन दिनुहोस्: राज्यभवन बनाउँदा निकै समय र श्रम खर्च हुन्छ। त्यसैले त राज्यभवन निर्माणमा खटिएका स्वयम्सेवकहरू समय-समयमा आफ्नो मण्डलीबाट टाढा रहनुपर्ने हुन्छ। यस्ता स्वयम्सेवकहरूलाई प्रशंसा गर्न ढिलो र कन्जुस्याइँ नगरौं। किनभने उनीहरूले यस अत्यावश्यक “काम” अर्थात् राज्यभवन निर्माणको लागि ठूलो त्याग गरेका छन्।—प्रेरि. ६:३; रोमी १४:१९.
५. निर्माण काममा खटिएका स्वयम्सेवकहरू कसरी सन्तुलित हुन सक्छन्?
५ सन्तुलित हुनुहोस्: परमेश्वरको राज्यबारे प्रचार गर्नु हाम्रो उपासनाको प्रमुख भाग हो।(मर्कू. १३:१०) यही कुरा मनमा राखेर, स्वयम्सेवकहरू आ-आफ्ना मण्डलीबाट अनावश्यक रूपमा बाहिर खटिएर जान नपरोस् भनी हामी राज्यभवन निर्माण कामको तालिका मिलाउने प्रयत्न गर्छौं। त्यस्तैगरि, स्वयम्सेवकहरूले पनि आफ्ना थुप्रै जिम्मेवारीहरू पूरा गर्न सन्तुलित हुने प्रयास गर्छन्। आफू निर्माण काममा खटिएर जाँदा मण्डलीमा आफ्नो जिम्मेवारी अरू कसैले पूरा गरिदिन तिनले आवश्यक प्रबन्ध मिलाउँछन्।
६. साँचो उपासनालाई अघि बढाउन मण्डलीका सबैले सहयोग गर्दा कुन कुरा पूरा हुन्छ?
६ प्रेरित पावलले भने, मण्डलीका सदस्यहरू सँगै मिलेर काम गर्नु भनेको “प्रेममा आफ्नै निर्माणको निम्ति शरीरको वृद्धि” गराउनु जस्तै हो। (एफि. ४:१६) साँच्चै, हामी यहोवा र साँचो उपासनालाई असाध्यै माया गर्छौं। त्यही कारण सुसमाचार सुनाउन र राज्यभवन निर्माण काममा सहयोग गर्न उत्प्रेरित हुन्छौं।