बाइबलमा पाइने अनमोल धन | लेवी १०-११
परिवारलाई भन्दा यहोवालाई प्रगाढ प्रेम गर्नुहोस्
हामीले माया गरेको कोही बहिष्कार हुँदा यहोवाप्रतिको हाम्रो वफादारिताको जाँच हुन सक्छ। यहोवाले हारुनलाई दिनुभएको निर्देशनबाट बहिष्कृत आफन्तहरूसित सङ्गत गर्न छोड्नुपर्ने विषयमा महत्त्वपूर्ण पाठ सिक्न सकिन्छ। हामीले परिवारका अवफादार सदस्यहरूलाई भन्दा यहोवालाई प्रगाढ प्रेम गर्नै पर्छ।
बहिष्कृत व्यक्तिहरूसित सङ्गत गर्ने विषयमा यहोवाले दिनुभएको निर्देशन पालन गर्नेहरूले कस्ता आशिष् पाउन सक्छन्?—१को ५:११; २यु १०, ११