प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w13 ८/१५ p. ८
  • पाठकहरूको प्रश्‍न

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूको प्रश्‍न
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • मिल्दोजुल्दो सामग्री
  • बहिष्कृत व्यक्‍तिसित कसरी व्यवहार गर्ने?
    “आफूलाई परमेश्‍वरको प्रेम पाउन लायक बनाइराख”
  • कुनै नातेदार बहिष्कृत हुँदा मसीही वफादारीता देखाउनुहोस्‌
    हाम्रो राज्य सेवकाई—२००२
  • परिवारलाई भन्दा यहोवालाई प्रगाढ प्रेम गर्नुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
  • परमेश्‍वरको दयाको अनुकरण आज नै गर्नु होस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
w13 ८/१५ p. ८

पाठकहरूको प्रश्‍न

बहिष्कृत छोराछोरीसित ख्रीष्टियन बुबाआमाहरू मण्डलीका सभाहरूमा सँगै बस्नु उचित हो?

बहिष्कृत भएको व्यक्‍ति राज्यभवनमा कुन ठाउँमा बस्छन्‌, त्यसबारे औधी चिन्ता गरिरहनु पर्दैन। ख्रीष्टियन बुबाआमालाई उचित लाग्छ भने एउटै घरमा बस्ने बहिष्कृत नाबालिग छोरा/छोरीलाई आध्यात्मिक मदत दिन सक्छन्‌ भनेर यस पत्रिकाले सधैं प्रोत्साहन दिएको छ। अक्टोबर १, २००१ अङ्‌कको प्रहरीधरहरा पृष्ठ १६-१८ मा बताइएअनुसार सँगै बसेको तर मण्डलीबाट बहिष्कार भएको नाबालिगसँग बुबाआमाले बाइबल अध्ययनसमेत सञ्चालन गर्न सक्छन्‌। यसो गर्दा आफ्नो गलत मार्ग सच्याउन उक्‍त नाबालिग छोरा/छोरीले आवश्‍यक मदत र प्रोत्साहन पाउन सक्छन्‌।

राज्यभवनमा गएको बेला भने बहिष्कृत नाबालिग अरूलाई बाधा नपुऱ्‍याईकन बुबाआमासँगै बस्नु उपयुक्‍त देखिन्छ। बहिष्कृत व्यक्‍ति राज्यभवनको पछिल्लो सिटमै बस्नुपर्छ भन्‍ने कुनै नियम छैन। त्यसैले बुबाआमा राज्यभवनमा जहाँ बस्छन्‌, बहिष्कृत नाबालिग पनि त्यहीं बस्न सक्छन्‌। बुबाआमाले आफ्ना छोराछोरीको आध्यात्मिक हेरचाह गर्नुपर्ने भएकोले छोराछोरीले सभाबाट पूरापूर लाभ उठाइरहेका छन्‌ कि छैनन्‌ भनेर तिनीहरूलाई चिन्ता लाग्नु स्वाभाविकै हो। त्यसैले छोराछोरीहरूलाई अन्त कतै एक्लै बस्न दिनुभन्दा सँगै बसाउनु नै बेस।

बहिष्कृत नाबालिग बुबाआमासँगै एउटै घरमा बसेका छैनन्‌ भने नि? यस्तो अवस्थामा पनि तिनी राज्यभवनमा बुबाआमासँगै बस्न सक्छन्‌? एउटै घरमा नबस्ने बहिष्कृत भएको नातेदारसँग कसरी व्यवहार गर्ने भन्‍ने विषयमा यहोवाका साक्षीहरूको प्रकाशनहरूमा पहिला पनि प्रस्टै बताइसकिएको छ।a राज्यभवनमा सभा भइरहेको बेला बहिष्कार भएको व्यक्‍ति अरूलाई बाधा नपुऱ्‍याई आफ्ना परिवारका सदस्यसँगै बस्दा परिवारका सदस्यहरूले तिनीसँग अनावश्‍यक रूपमा सङ्‌गत गर्ने बहाना बनाएको भनेर पटक्कै भन्‍न मिल्दैन। बहिष्कृत नातेदारप्रति परिवारका सदस्यले सही दृष्टिकोण राखेका छन्‌ र तिनीसँग कसरी व्यवहार गर्ने भन्‍ने विषयमा बाइबलले दिएको सल्लाह पालन गर्न प्रयास गरिरहेका छन्‌ भने चिन्ता गरिरहनुपर्ने कुनै कारण छैन।—१ कोरि. ५:११, १३; २ यूह. ११.

बहिष्कार भएको व्यक्‍तिले आफूले गर्नुपर्ने व्यवहार गरिरहेका छन्‌ भने तिनी सभा भइरहेको बेला आफ्ना परिवारका सदस्यसँगै बसून वा मण्डलीका अरू कुनै सदस्यको नजिकै बसून, यसले केही फरक पार्दैन। कुनै व्यक्‍ति कहाँ बस्नु उपयुक्‍त हुन्छ भनेर नियम बनाउँदा अनेक समस्या खडा हुन सक्छन्‌। बहिष्कृत व्यक्‍तिसित गर्नुपर्ने व्यवहारबारे बाइबलमा दिइएको निर्देशन सभामा उपस्थित सबैले र परिवारका सदस्यले पनि राम्ररी पालन गरिरहेका छन्‌ र बहिष्कृत व्यक्‍ति बसेको ठाउँको कारण मण्डलीका अरू सदस्यलाई ठक्कर लाग्छ जस्तो देखिंदैन भने कुन व्यक्‍ति कहाँ बस्छ भनेर चिन्ता गरिरहनु पर्दैन।

a आफूलाई परमेश्‍वरको प्रेम पाउन लायक बनाइराख किताबको पृष्ठ २३७-२३९ हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने