प्रश्न पेटी
▪ एकजना सहायक अग्रगामी भएर सेवा गर्ने कुरालाई कुन दृष्टिकोणले हेर्नुपर्छ?
सहायक अग्रगामीको कामलाई एउटा सुअवसर र एउटा गम्भीर जिम्मेवारी दुवै ठान्नु पर्छ। संसारभरि हजारौं प्रकाशकहरूलाई सहायक अग्रगामीको रूपमा सेवा गर्न हरेक महिना नियुक्त गरिएको हुन्छ र कसै-कसैले त्यो काम नियमित रूपमा गर्छन्। हामी यी जोसिला भाइहरूको सराहना गर्छौं जसको परिस्थितिले तिनीहरूलाई सहायक अग्रगामीको रूपमा काम गर्न ६० घण्टा समय बिताउने मौका दिन्छ। आफ्नो नियुक्तिलाई गम्भीरतापूर्वक लिन र लापरवाह हुने कुनै पनि प्रवृतिदेखि टाढा बस्न प्राचीनहरू र साथमा अरूहरूले पनि सहायक अग्रगामी सेवाका लागि आफ्नो नाउँ लेखाउने प्रकाशकहरूलाई प्रोत्साहित गर्नुपर्छ।
नियमित अग्रगामीहरूले जस्तै एक महिना वा त्यो भन्दा बढी अग्रगामीको रूपमा सेवा गर्न चाहनेहरूले पहिले नै सबै कुरालाई विचार गर्नुपर्छ। (लूका १४:२८) अन्य मसीही जिम्मेवारीहरूलाई अवहेलना नगरिकन क्षेत्र सेवकाईमा आवश्यक समय बिताउन सक्छु कि सक्तिन भनेर समयमै सोच-विचार गर्नु यसमा समावेश छ। एकजना व्यक्तिले आफ्नो व्यक्तिगत परिस्थितिलाई प्रार्थनापूर्वक विचार गरिसकेपछि मात्र सहायक अग्रगामीको काम गर्ने निर्णय लिनुपर्छ। अरूहरूले गर्दै छन् भन्दैमा भावुक भएर त्यो निर्णय लिनु हुँदैन। त्यो निर्णय सोचविचार गरिसकेपछिको निर्णय हुनुपर्छ र साथै त्यसका लागि बिताउनु पर्ने आवश्यक समयलाई पूरा गर्न एउटा लिखित तालिका पनि बनाइएको हुनुपर्छ। आवेदन फारमलाई ध्यानपूर्वक पढ्नु र त्यसका लागि गर्नुपर्ने कुराहरू प्रति इमान्दारी पूर्वक सहमति जनाउन सक्छु भनेर आफ्नो हृदयमा निर्णय लिनु अति आवश्यक छ।
अवश्य थप परिश्रमको जरुरत पर्छ। वर्षको कुनै कुनै महिनामा सुसमाचारलाई प्रचार गर्ने काममा “अति व्यस्त” हुनुपर्ने हुन्छ। (प्रेरित १८:५) खासगरी मार्च र अप्रिल महिनाको स्मरणार्थको समय र परिभ्रमण निरीक्षकले मण्डलीलाई भेट गर्ने महिना यसमा समावेश छन्। विशेष क्रियाकलापका यी अवधिहरूमा अझ बढी प्रचार कार्यमा भाग लिन धेरै प्रकाशकहरूले खुशीका साथ निश्चित तालिकालाई पछ्याउन आफूलाई अनुशासनमा राख्छन् र यसको नतिजा प्राय प्रशस्त आशिष नै हुन्छ भनेर तिनीहरूलाई थाहा छ। (२ कोरि० ९:६) छुट्टीको महिनाहरूमा वा पाचँवटा सप्ताहन्त भएको वर्षको कुनैपनि महिनामा अग्रगामीको काम गर्न धेरै प्रकाशकहरू विशेष प्रयत्नहरू गर्दछन्। तर तिनीहरूले आफ्नो नाउँ लेखाउँदा आफू सहायक अग्रगामीको रूपमा सेवा गरेको महिनामा ६० घण्टा वा त्यो भन्दा बढी समयको रिपोर्ट दिन आफूले सकेजति प्रयास गरेर, ‘हो भने हो’ ‘होइन भने होइन’ भन्ने सिद्धान्तलाई पालन गर्नु पर्ने आवश्यकतालाई राम्रोसँग बुझेका हुन्छन्।—मत्ती ५:३७.
अग्रगामीको काम गर्न नसक्ने प्रकाशकहरूले सहायक अग्रगामीहरूसँग काम गर्न आफूलाई तयार राखेर, तिनीहरूसँग काम गर्न निश्चित समय मिलाएर तिनीहरूलाई मदत गर्न सक्छन्। सम्भव भएमा अग्रगामीहरूसँग धेरै समयसम्म बाहिर क्षेत्र सेवामा काम गर्नु मदतकारी हुन्छ। विशेषगरी विहान सवेरै, दिउँसो पख र साँझतिर अरू प्रकाशकहरूको मदत पाएमा अग्रगामीहरूले त्यसको मूल्याङ्कन गर्नेछन्। पुनःभेटहरू गर्न र गृह बाइबल अध्ययन सुरुआत गर्नका लागि अरूहरूले आग्रह गरेमा अग्रगामीहरू खुशी हुन्छन्। यसप्रकार सहायक अग्रगामीहरूलाई ज-जसले मदत गर्न सक्छन् तिनीहरूले, अरूहरूलाई दिंदा आउने ठूलो आनन्दको कटनी गर्नेछन्।—प्रेरित २०:३५.
धेरै सहायक अग्रगामीहरूले देखाएको परिश्रमको ठूलो मूल्याङ्कन गरिएको छ। तिनीहरूमा सामेल हुन सक्नेहरूले प्रशस्त आशिषहरूको आशा गर्न सक्छन्। (हितो० १०:४) सहायक अग्रगामीको रूपमा अझ धेरै क्रियाकलापमा भाग लिंदा हुने आनन्दमा तपाईं अर्को पटक कहिले भाग लिन सक्नु हुन्छ?