प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km97 फेब्रुअरी pp. ३-५
  • ४,००० सहायक अग्रगामीहरू चाहियो

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ४,००० सहायक अग्रगामीहरू चाहियो
  • हाम्रो राज्य सेवकाई—१९९७
  • मिल्दोजुल्दो सामग्री
  • नयाँ सेवा वर्षमा राख्न सकिने उपयुक्‍त लक्ष्य
    हाम्रो राज्य सेवकाई—२००७
  • के हामी फेरि गर्नेछौं?—सहायक अग्रगामी गर्ने अर्को आह्वान
    हाम्रो राज्य सेवकाई—१९९८
  • के तपाईं सहायक अग्रगामी कामगर्न सक्नु हुन्छ?
    हाम्रो राज्य सेवकाई—१९९२
  • यहोवा नै सर्वश्रेष्ठ हुनुहुन्छ भनेर घोषणा गर्नुहोस्‌
    हाम्रो राज्य सेवकाई—२००७
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९७
km97 फेब्रुअरी pp. ३-५

४,००० सहायक अग्रगामीहरू चाहियो

के तपाईं मार्चमा सहायक अग्रगामी गर्न सक्नुहुन्छ? अप्रिलमा? मे महिनामा नि?

१ अप्रिल १८८१ को प्रहरीधरहरा-मा (अंग्रेजी) “१,००० प्रचारक चाहियो” भन्‍ने लेख प्रकाशित भएको थियो। “प्रभुले आफ्नो ज्ञान दिनु भए जति” सबै समर्पित पुरुष तथा स्त्रीहरूलाई त्यस लेखले एउटा आग्रह गरेको थियो। आफूसित भएजति समयको आधा वा त्योभन्दा धेरै समय प्रभुकै काममा लगाउनसक्ने व्यक्‍तिलाई कल्पोर्टर सुसमाचारक अर्थात्‌ हाल अग्रगामी भनेर चिनिने स्वयंसेवकहरूको रूपमा सेवा गर्न प्रोत्साहित गरियो।

२ सन्‌ १८०० दशकदेखि यता समयले कोल्टो फेरिसकेको भए तापनि एउटा तथ्य भने जस्ताको त्यस्तै छ। त्यो हो, परमेश्‍वरका समर्पित सेवकहरू सकेसम्म धेरै समय सुसमाचार फैलाउने काममा लगाउन चाहन्छन्‌। मण्डलीका प्रकाशकहरूले सहायक अग्रगामीहरूको हैसियतमा राज्य सेवकाईमा बढी समय बिताउने हुँदा आफ्नो प्रभावकारिता बढाउन मदत पाउँछन्‌।—कल. ४:१७; २ तिमो. ४:५.

३ सहायक अग्रगामी सेवा सुरु भएदेखि नै संसारभरिका हजारौं भाइबहिनीहरूले त्यसको आनन्द उठाएका छन्‌। यो अग्रगामी सेवाप्रति भारतका भाइहरूको कतिसम्म जोस बढ्यो भने, अप्रिल १९९४ मा देशभरि १४,००० मात्र प्रकाशकहरू हुँदा अग्रगामीहरूको संख्या झन्डै २,००० पुग्यो! यति धेरै प्रचार त भारतमा योभन्दा अघि कहिल्यै भएको थिएन। अग्रगामीहरूको संख्यामा मात्र नभई सेवकाईको हरेक पक्षमा शिखर संख्या कायम भयो। क्षेत्र सेवकाईमा बिताइने समय वृद्धि भएर ३,३३,४८९ घण्टा पुग्यो, त्यस्तैगरि साना पुस्तिकाहरू ७१,९९८ अनि पत्रिकाका ग्राहकहरूको संख्या ३,२३५ पुग्यो। यी तीन क्षेत्रमा भएको नयाँ शिखर संख्यालाई अहिलेसम्म उछिन्‍न सकिएको छैन। अहिले भारतमा १७,००० प्रकाशकहरू छन्‌ र अप्रिल १९९४ मा भन्दा दुइ गुना वृद्धि हुनेसक्ने सम्भावना छ।

४ मार्च, अप्रिल र मे महिनाको दौडान कुनै एक महिना वा अरू महिना पनि सहायक अग्रगामी सेवा गर्न हामी तपाईंहरू सबैलाई प्रोत्साहित गर्छौं। तर मार्चदेखि नै किन? किनभने यो वर्ष ख्रीष्टको मृत्युको स्मरणार्थ आइतबार, मार्च २३ मा पर्छ। हाम्रो प्रभु तथा मुक्‍तिदाता, येशू ख्रीष्टले सुरु गर्नुभएको राज्य प्रचारकार्यमा स्मरणार्थ उत्सव हुने दिनभन्दा केही हप्ताअघिदेखि नै जोसिलो भएर सेवकाईमा भाग लिनुभन्दा असल काम अरू केही हुन सक्दैन। अनि मार्च महिनामा प्रशस्त साक्षी दिइसकिने हुँदा ख्रीष्टको मृत्युको सम्झनाको दिन, चासो दिने थुप्रै मानिसहरूलाई हामी आमन्त्रित गर्नसक्नेछौं। मार्च महिनामा पहिलो पटक पारिवारिक आनन्दको रहस्य भन्‍ने नयाँ पुस्तक प्रस्तुत गर्ने हुँदा पनि यो महिना विशेष हुनेछ। यसबाहेक मार्च महिनामा पाँच-पाँचवटा शनिबार तथा आइतबार पर्ने भएकोले हामी सप्ताहन्तको दिन विस्तृत तवरले क्षेत्र सेवकाईमा भाग लिनसक्नेछौं। निस्सन्देह, अप्रिल र मे महिनाको दौडान पनि जोसिलो भई सेवकाईमा मेहनत गरिरह्‍यौं भने परमेश्‍वर हामीबाट के चाहनुहुन्छ? भन्‍ने पुस्तिका चलाएर चासो देखाउने नयाँ व्यक्‍तिहरूलाई पुनःभेट गर्ने अनि नयाँ गृह बाइबल अध्ययनहरू सञ्चालन गर्ने मौकाहरू पाउनेछौं। साथै प्रहरीधरहरा तथा ब्यूँझनुहोस्‌!-का समसामयिक ताजा अंकहरू लिएर विशेषगरि सप्ताहन्तको दौडान हामी आफ्नो इलाकाका सबैलाई प्रचार पनि गर्नसक्नेछौं।

५ क-कसले सहायक अग्रगामी गर्नसक्छन्‌?: हाम्रो सेवकाई पूरा गर्न व्यवस्थित (अंग्रेजी) पुस्तकको पृष्ठ ११४ यसो भन्छ: “व्यक्‍तिगत परिस्थिति जस्तोसुकै होस्‌, यदि तपाईं असल नैतिक आचरण भएको बप्तिस्माप्राप्त साक्षी हुनुहुन्छ, हरेक महिना क्षेत्र सेवकाईमा ६० घण्टा बिताउन सक्नुहुन्छ र सहायक अग्रगामीको रूपमा एक महिना वा त्योभन्दा धेरै समय बिताउन सक्नुहुन्छ भने, सहायक अग्रगामी गर्ने सुअवसरका लागि तपाईंले पेश गर्नुभएको निवेदन मण्डलीका प्राचीनहरूले खुशीसाथ स्वीकृत गर्नेछन्‌।” के तपाईं अप्रिल महिनामा यो सुअवसरको आनन्द उठाउन सक्नुहुन्छ? अथवा मार्च महिनादेखि नै सुरु गर्न सक्नुहुन्छ कि? अझ मे महिनामा पनि गर्नुभए कसो होला? तीनै महिना अग्रगामी सेवा गर्न सक्नुहुन्‍न भने कमसे कम अप्रिल महिनामा भए पनि सहायक अग्रगामी सेवा गर्न विशेष यत्न गर्न हामी तपाईंलाई प्रोत्साहन दिन्छौं।

६ प्राचीनहरूको निकायले यस विशेष अभियानप्रति सकारात्मक मनोवृत्ति देखाएमा र मण्डलीका बाँकी प्रकाशकहरूले पनि तनमनले समर्थन जनाएमा यो ४,००० सहायक अग्रगामीहरूको मागअनुसार धेरैले सहायक अग्रगामी गरेर अवश्‍य पनि ठूलो सफलता हासिल हुनुपर्ने हो। हरेक मण्डलीले कम्तीमा २५ देखि ३० प्रतिशत प्रकाशकहरूलाई अप्रिल महिनामा सहायक अग्रगामी बनाउने लक्ष्य राख्नसक्छन्‌। कुनै कुनै मण्डलीहरूमा अझ धेरै प्रतिशत प्रकाशकहरूले यो सुअवसरमा भाग लिन पनि सक्लान्‌। प्राचीन तथा सेवकाई सेवकहरूले सहायक अग्रगामीको रूपमा भर्ती हुन अग्रसर भएर असल उदाहरण देखाउनसक्छन्‌। (हिब्रू १३:७) सबै परिवारका शिरहरूलाई आ-आफ्नो परिवारमा कति जनाले अप्रिल वा त्यसपछिका महिनाहरूमा सहायक अग्रगामी गर्नसक्छन्‌ भनेर चाँजोपाँजो मिलाउन प्रोत्साहित गरिन्छ।—भज. १४८:१२, १३; तुलना गर्नुहोस्‌ प्रेरित २१:८, ९.

७ दिनभरि जागिर खानुपर्छ, स्कूलका कामहरू भ्याउनुपर्छ, पारिवारिक जिम्मेवारी छ वा अन्य धर्मशास्त्रीय दायित्त्वहरू भएकोले सहायक अग्रगामी गर्नु मेरो वशको कुरा होइन भनेर खुरुक्क पन्छाइ नहाल्नुहोस्‌। हो, कुनै कुनै प्रकाशकहरूलाई सहायक अग्रगामी गर्न त्यति सजिलो नहोला तर सबै कामकुराहरूलाई राम्ररी छाँटकाँट गरेमा यहोवाको आशिष्‌ले तिनीहरू गर्नसक्छन्‌। (भज. ३७:५; हितो. १६:३) अग्रगामी सेवा गर्ने दृढ इच्छा राख्नुहोस्‌। अरू कुरामा अलमलिएर अग्रगामी गर्ने इच्छालाई नदबाउनुहोस्‌। (हितो. १३:१९क) यसप्रकार, यहोवा तथा सँगी मानवहरूप्रतिको गहिरो प्रेमले प्रेरित भई थुप्रैले आफ्नो साप्ताहिक दिनचर्यामा छाँटकाँट गरेर महिनैपिच्छे सेवकाई बढाउन सकेका छन्‌। (लूका १०:२७, २८) यसरी जोडतोडसित सेवकाई गर्ने जतिले प्रशस्त आशिष्‌हरू पाउनेछन्‌।—१ तिमो. ४:१०.

८ सहायक अग्रगामी गरेमा नतिजा के हुनेछ: परमेश्‍वरका हजारौं सेवकहरूले सहायक अग्रगामी सेवा गर्न तनमनदेखि प्रयत्न गर्दा यहोवाको नाउँ जयजयकार हुनेछ। यी राज्य उद्‌घोषकहरूले धेरैभन्दा धेरै मानिसहरूलाई सुसमाचार सुनाउने प्रयत्न गर्दा तिनीहरू यहोवाको आत्मा तथा आशिष्‌का लागि उहाँमाथि अझ धेरै भर पर्न सिक्छन्‌। फलस्वरूप यहोवासित तिनीहरू व्यक्‍तिगत तवरमा अझ घनिष्ठ हुन्छन्‌।

९ हामीबीच सहायक, नियमित तथा विशेष अग्रगामीहरू सक्रिय छन्‌ भने मण्डलीमा नयाँ जोस र उमंग फैलिन्छ। क्षेत्र सेवकाईमा बटुलेका जोसिला अनुभवहरू सुनाउँदा अरू प्रकाशकहरू पनि जोस्सिन्छन्‌। अरू पनि आफूले प्राथमिकता दिएका कुराहरूलाईं नियाल्न थाल्छन्‌ र सेवकाई जस्तो सबैभन्दा महत्त्वपूर्ण काममा अझ धेरै भाग लिने सम्भाव्यताहरू खोज्न थाल्छन्‌। सत्तरी वर्षको उमेरमा बप्तिस्मा लिने बित्तिकै एउटी बहिनीले नियमित तवरमा सहायक अग्रगामी गर्न थालिन्‌। यसको केही वर्षपछि, त्यत्रो पाको उमेरमा पनि हरेक महिना सहायक अग्रगामी सेवा गरेर किन घोटिइरहनुभएको भनेर सोध्दा, बितेको ७० वर्ष व्यर्थै खेर गएको तिनले महसुस गरेकी हुनाले अब बाँकी रहेको जीवन त्यसरी खेर फाल्न मन नलागेको बताइन्‌!

१० सहायक अग्रगामी गर्ने हरेक व्यक्‍ति सेवकाईमा अझ दक्ष हुन्छ। एक युवा साक्षीले यसो भन्दै समर्थन गरे: ‘केटाकेटी छँदा म बुबामुमासँगै प्रचार जान्थें। क्षेत्र सेवकाई मलाई रमाइलो लाग्थ्यो। तर हुर्कंदै जाँदा मैले स्कूलमा आफूलाई अरूभन्दा बेग्लै पाएँ। त्यसबेलादेखि मैले आफ्ना सहपाठीहरूसित सच्चाइबारे कुरा गर्न निकै अप्ठ्यारो महसुस गर्न थालें। घर-घरमा प्रचार गर्न जाँदा स्कूलका साथीहरू भेट्‌लान्‌ कि भनेर म डराउँथें। मेरो विचारमा मानिसहरूको डर नै मेरो समस्याको मूल जरो थियो। (हितो. २९:२५) स्कूलको पढाइपछि मैले केही समयसम्म अग्रगामी सेवा गर्ने निर्णय गरें। फलस्वरूप, प्रचारकार्य मलाई पहिलेभन्दा पनि मन पर्न थाल्यो। त्यसपछि कहिल्यै मैले प्रचारकार्यलाई रमाइलो गर्ने तरिका वा भारी बोझ सम्झिनँ। मेरा बाइबल विद्यार्थीहरूले सच्चाइमा प्रगति गर्दा त्यसलाई यहोवा परमेश्‍वरले दिनुभएको समर्थन सम्झी गहिरो सन्तुष्टि महसुस गर्नथालें।’ ती युवा पछि नियमित अग्रगामी भए।

११ व्यवहारिक दृष्टिले हेर्ने हो भने, जति धेरै प्रकाशकहरूले सहायक अग्रगामी गर्छन्‌, इलाकाका सबै मानिसहरूलाई पूर्णतया प्रचार गर्न त्यति नै सम्भव हुनेछ। प्रचार इलाकाहरू खटाउने भाइले आकलझुकल मात्र प्रचार गरिएका क्षेत्रहरूमा पूर्णतया प्रचार गर्न सहायक अग्रगामीहरूको सहयोग माग्नसक्छन्‌। खाजा पोको पारेर दिनभरि सेवकाईमा लाग्यो भने टाढाटाढाका क्षेत्रहरूमा समेत प्रचार गर्न सम्भव हुनेछ।

१२ प्राचीनहरूले पहिल्यै तयारी गर्नु आवश्‍यक छ: प्राचीनहरूले आउँदो तीन महिना विभिन्‍न समयमा र विभिन्‍न तरिकामा हप्ताभरि साक्षी दिने तालिकाको प्रबन्ध मिलाउनुपर्ने हो। त्यसका लागि तिनीहरूले दिउँसो वा साँझलगायत अन्य विभिन्‍न समयको व्यवस्था गर्नसक्छन्‌, ताकि सकेसम्म धेरै प्रकाशकहरूले भाग लिन सकून्‌। नियमित घर-घरको प्रचारकार्यबाहेक प्राचीनहरूले सडक साक्षी, व्यापारिक इलाकामा प्रचार गर्ने अनि घरमा नभएकाहरूलाई भेट्‌ने जस्ता क्रियाकलापलाई साक्षीकार्यमा समावेश गर्नसक्छन्‌। यसरी प्राचीनहरूले मदत गरेमा अग्रगामी सेवा गरिरहेकाहरूले आफूलाई सबैभन्दा व्यवहारिक लाग्ने र सबैभन्दा पायक पर्ने समयमा मण्डलीसित सेवा गर्नसक्नेछन्‌। मण्डलीले क्षेत्र सेवासम्बन्धी सम्पूर्ण प्रबन्धहरूको अग्रिम जानकारी पाएको हुनुपर्छ। क्षेत्र सेवकाईका लागि गरिने सभाहरूको व्यवस्था पनि सुव्यवस्थित हुनुपर्छ। यसबाहेक पर्याप्त इलाका हुनुका साथै चाहिने मात्रामा पत्रिका तथा साहित्यहरू पनि तुरुन्तै मगाइहाल्नुपर्छ।

१३ आफ्नो व्यक्‍तिगत सेवा तालिका बनाउनुहोस्‌: सहायक अग्रगामी सेवा गर्न हिचकिचाइरहेका एक जना भाइले पछि यसो भने: “सहायक अग्रगामीको काम मैले सोचेभन्दा धेरै सजिलो रहेछ। राम्रो तालिका छ भने सजिलै यो काम गर्न सकिने रहेछ।” यो परिशिष्टको पछिल्लो पन्‍नामा तपाईंका लागि व्यवहारिक हुनसक्ने सहायक अग्रगामी सेवा तालिकाको नमुना देख्नुभयो? सहायक अग्रगामी गर्न हरेक हप्ता सेवकाईमा जम्मा १५ घण्टा बिताए पुग्छ।

१४ सहायक अग्रगामीको सेवा गर्न गृहिणी तथा साँझपख वा राती काम गर्ने व्यक्‍तिहरूले प्रायः बिहानको समयलाई क्षेत्र सेवाको निम्ति छुट्याउनसक्छन्‌। स्कूल जाने केटाकेटी तथा मध्य रातदेखि बिहानीसम्म काम गर्ने व्यक्‍तिहरू प्रायः साँझपख प्रचारमा लाग्नसक्छन्‌। दिनभरि जागिर खानेहरूले चाहिं हप्ताको एक दिन छुट्टी लिएर वा साँझपखको साक्षी कार्यबाहेक सप्ताहन्तको पूरै समय सेवकाईमा बिताउन सम्भव भएको पाएका छन्‌। प्रायः सप्ताहन्तमा मात्र क्षेत्र सेवकाईमा जानसक्ने धेरैजसो व्यक्‍तिहरूले पाँच शनिबार तथा आइतबारहरू भएका महिनाहरू छान्छन्‌। यस वर्ष मार्च, अगस्तका साथै नोभेम्बर महिनामा पाँच पाँच शनिबार तथा आइतबारहरू छन्‌। पृष्ठ ६ मा नमुनाको निम्ति दिइएको सादा तालिकालाई ध्यान दिएर प्रार्थनापूर्वक विचार गर्नुहोस्‌ र तपाईंको व्यक्‍तिगत परिस्थितिअनुसार कुन चाहिं सेवा तालिका व्यवहारिक होला, निर्णय गर्नुहोस्‌।

१५ सहायक अग्रगामीको एउटा फाइदा त्यसको लचकता हो। किनकि तपाईंले आफूलाई कुन महिनामा अग्रगामी गर्न मन पर्छ, त्यो छान्‍न सक्नुहुन्छ र इच्छाअनुसार फेरि फेरि पनि अग्रगामी गर्न सक्नुहुन्छ। यदि तपाईं अटुट रूपमा सहायक अग्रगामी गर्न चाहनुहुन्छ तर हाल सक्नुहुन्‍न भने, आउँदो वर्षभरि एक एक महिना बिराएर अग्रगामी गर्ने विचार गर्नुभएको छ कि? अर्कोतर्फ केही व्यक्‍तिहरूले केही समयसम्म भए पनि नियमित तवरले सहायक अग्रगामी गर्नसकेका छन्‌।

१६ पूर्ण-समय अग्रगामी सेवाको लागि तयारी: अग्रगामी जोस हुने थुप्रै व्यक्‍तिहरू नियमित अग्रगामीको हैसियतमा सेवा गर्न त चाहन्छन्‌ तर समय, परिस्थिति वा बलले पो साथ नदिने हो कि भनेर डराउँछन्‌। निस्सन्देह, अहिले नियमित अग्रगामी गर्ने प्रायजसो व्यक्‍तिहरूले सुरुमा सहायक अग्रगामी गरेर त्यसलाई पूर्ण-समय सेवकाईका लागि तयारीको रूपमा लिए। सहायक अग्रगामीको तालिकामा दिनहुँ एक घण्टा बढाएर वा हप्तामा एक दिन पूरा थपेमा नियमित अग्रगामीको तालिका भ्याउन सकिन्छ। सहायक अग्रगामी सेवा गर्दा एक दुइ महिना ९० घण्टा प्रचार गरेर साँच्चै तपाईंले नियमित अग्रगामी गर्न सक्नुहुन्छ वा हुन्‍न, पत्ता लगाए कसो होला? त्यसो गर्नुभयो भने, तपाईंका पुनःभेट तथा बाइबल अध्ययनहरू पनि बढ्‌नेछन्‌ र अग्रगामी सेवाको चौतर्फी आनन्द उठाउन सक्नुहुनेछ।

१७ एउटी बहिनीले छ वर्षसम्म सहायक अग्रगामी सेवा गरिरहिन्‌। त्यो छ वर्षभरि नै तिनको लक्ष्य नियमित अग्रगामी सेवा गर्ने थियो। महिनामा ९० घण्टा बुझाउन तिनले चार पटक जागिर फेरिन्‌। हरेक महिना एक दुइटा तालिका कोरेर हेर्थिन्‌। तर त्यसरी केलाएर हेर्दा तिनले पूर्ण-समय सेवकाई आफ्नो क्षमता बाहिरको कुरा महसुस गरिन्‌। तैपनि तिनले यहोवासँग निर्देशन माग्न छाडिनन्‌। त्यतिकैमा एक दिन, सेवा सभाका लागि तयारी गर्दा तिनले अक्टोबर १९९१ को हाम्रो राज्य सेवकाई-मा यस्तो लेखेको भेट्टाइन्‌: “घण्टा आवश्‍यकतामा नचाहिंदो जोड नदिएर, भित्राउने काममा भाग लिने बढ्‌दो मौकामा ध्यान केन्द्रित किन नगर्ने? (यूह. ४:३५, ३६)” यसपछिको अनुभव तिनी यसरी बताउँछिन्‌: “मैले पाँच छ पटक त्यसलाई दोहऱ्‍याएर पढें र मलाई त्यो नै यहोवाको जवाफ हो भनेर पक्का विश्‍वास भयो। तुरुन्तै मैले नियमित अग्रगामीको सेवा गर्ने निर्णय गरें।” तिनको आंशिक जागिरले नियमित अग्रगामी सेवा गर्न नदिने भए तापनि तिनले आवेदन पत्र भरिन्‌। हप्तादिनपछि तिनको जागिरको तालिका परिवर्तन हुँदा नियमित अग्रगामी गर्न भ्याउने भयो। निष्कर्षमा तिनले यसो भनिन्‌, “के यो यहोवाकै आशिष्‌ हैन त?” त्यसपछि तिनले यसो भनिन्‌: “यहोवासित मागेको निर्देशनको जवाफ पाउँदा त्यसलाई इन्कार नगर्नुहोस्‌—तुरुन्तै स्वीकार्नुहोस्‌।” तपाईंसित नियमित अग्रगामी सेवा गर्ने गहिरो इच्छा छ भने शायद यही मार्च, अप्रिल र मे महिनाहरूमा सहायक अग्रगामी सेवा गर्नुहोस्‌। यसरी तपाईं पूर्ण-समय सेवकाईमा सफल हुन्छु भनेर विश्‍वस्त हुनुहुनेछ।

१८ ग्रीष्म ऋतुको यो विशेष अभियानको दौडान छुटकाराको सुसमाचार सुनाउने आफ्ना जनहरूको जोसलाई यहोवाले पक्कै पनि आशिष्‌ तथा समर्थन दिनुहुनेछ भनेर हामी निश्‍चिन्त छौं। (यशै. ५२:७; रोमी १०:१५) अप्रिल महिनामा अग्रगामी सेवा गरेर के तपाईं ४,००० सहायक अग्रगामीहरूको मागलाई स्वीकार्नुहुनेछ? वा मार्चदेखि नै थाल्न सक्नुहुन्छ कि? अनि शायद मे महिनामा पनि त्यसै गर्न सक्नुहुन्छ कि?

[पृष्ठ ३-मा भएको पेटी]

सहायक अग्रगामी सेवामा कसरी सफल हुने

■ यस सेवाप्रति सकारात्मक हुनुहोस्‌

■ आफ्नो प्रयासमाथि आशिष्‌ पाउन यहोवासँग बिन्ती गर्नुहोस्‌

■ अर्को प्रकाशकलाई आफूसित अग्रगामी सेवा गर्न आमन्त्रित गर्नुहोस्‌

■ व्यवहारिक सेवा तालिका बनाउनुहोस्‌

■ पर्याप्त पत्रिकाहरू मगाउनुहोस्‌

■ मण्डलीद्वारा प्रबन्ध गरिएका प्रचार सेवा कार्यक्रममा भाग लिनुहोस्‌

■ अनौपचारिक साक्षी दिने मौकाहरू खोज्नुहोस्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने