ख्रिष्टियन जीवन
बुद्धिमानीपूर्वक साथीहरू छान्नुहोस्
इस्राएलीहरूले मोआबको मरुभूमिमा भोगेको कुरा ख्रिष्टियनहरूको लागि चेतावनीमूलक उदाहरण हो। (१को १०:६, ८, ११) अवैध यौनसम्बन्ध राख्ने र मूर्तिपूजा गर्ने मोआबी स्त्रीहरूसित सङ्गत गर्ने इस्राएलीहरूले गम्भीर पाप गरे। यसले गर्दा तिनीहरूले भयानक नतिजा भोग्नुपऱ्यो। (गन २५:९) हामी पनि यहोवाको उपासना नगर्ने सहकर्मीहरू, सहपाठीहरू, छिमेकीहरू, आफन्तहरू र इष्टमित्रहरूको माझमा बसिरहेका छौँ। यस्ता मानिसहरूसित नजिकको सम्बन्ध राख्दा आइपर्ने खतराहरूबारे यस बाइबल विवरणबाट हामी के सिक्न सक्छौँ?
हाम्रो लागि चेतावनीमूलक उदाहरणहरू—एक झलक भिडियो हेर्नुहोस् अनि निम्न प्रश्नहरूको जवाफ दिनुहोस्:
जिम्रि र अरूले यामिनलाई कस्तो गलत कुरा बताए?
पिनहासले यामिनलाई सही तरिकामा सोच्न कसरी मदत गरे?
यहोवाको सेवा नगर्ने व्यक्तिसित मित्रैलो व्यवहार गर्नु अनि तिनलाई आफ्नो मित्र बनाउनुबीच कस्तो भिन्नता छ?
मण्डलीमा समेत साथीहरू छान्ने विषयमा हामी किन होसियार हुनुपर्छ?
आफूले नचिनेका व्यक्तिहरूसित सामाजिक सञ्जालको च्याट ग्रुपमा कुराकानी गर्नदेखि किन जोगिनुपर्छ?