वर्निङ एक्जाम्पल्स् फर आवर डे-मा ध्यान दिन न्यानो आग्रह
वर्निङ एक्जाम्पल्स् फर आवर डे भन्ने भिडियोमा भएको बाइबल नाटकबाट सिकेका पाठहरूलाई ध्यान दिएर हामी सबै जना आफ्नो निष्ठा कायम राख्ने संकल्पलाई बलियो बनाउन सक्छौं। यो भिडियो हेर्नुअघि कृपया गन्ती अध्याय २५ र यससँग सम्बन्धित सामग्रीको लागि इन्साइट अन द स्क्रिप्चर्स, खण्ड २, पृष्ठ ४१९, अनुच्छेद ३-५ पढ्नुहोस्। त्यसपछि यी प्रश्नहरूको उत्तर दिनुहोस्: मोआबीहरू को थिए र यहोवाले किन मोशालाई तिनीहरू विरुद्ध लडाइँ नगर्नू भन्नुभयो? (व्यव. २:९) इस्राएल राष्ट्रलाई नाश गर्न बालामले कसरी मोआबीहरूलाई चलाउने षड्यन्त्र रचे? प्रतिज्ञा गरिएको देशमा प्रवेश गर्नुअघि थुप्रै इस्राएलीहरू महत्त्वपूर्ण परीक्षामा असफल भए भन्ने कुरा हामीले किन बिर्सनुहुँदैन?—१ कोरि. १०:११, १२.
वर्निङ एक्जाम्पल्स् फर आवर डे भन्ने भिडियो हेर्नुहुँदा जीवनका निम्न चारवटा क्षेत्रबारे विचार गर्नहोस्। किनभने यदि हामी आफूलाई विश्वासी साबित गर्न र परमेश्वरको अनुग्रह प्राप्त गर्न चाहन्छौं भने आज हामीले यसलाई गम्भीरतासाथ ध्यान दिनै पर्छ। (१) मनोवृत्ति: कोही-कोही इस्राएलीहरूले कसरी यहोवा र उहाँले गर्नुभएका प्रबन्धहरूप्रति गलत मनोवृत्ति देखाएका थिए? त्यसो नगरेर बरु हामीले कस्तो मनोवृत्ति झल्काउने प्रयास गर्नुपर्छ? (२) संगति: किन यहोवा इस्राएलीहरूले मोआबीहरूसित मित्रता गाँसेको चाहनुहुन्न थियो? (प्रस्थ. ३४:१२; हितो. १३:२०) हामीले किन बुद्धिमानीपूर्वक साथीहरू छान्नुपर्छ? (३) नैतिकता: खराब संगतले लगभग २३,००० इस्राएलीहरूलाई कस्तो गम्भीर पाप गर्न उक्सायो? (१ कोरि. १०:८) आज, कस्ता कुराहरूले परमेश्वरका केही जनहरूलाई अनैतिकतामा फसाएका छन् तर हामी कसरी आफूलाई सुरक्षित राख्न सक्छौं? (४) उपासना: उपासनाको शुद्धताको सन्दर्भमा इस्राएलीहरू कसरी परीक्षामा परे? मूर्तिपूजाको कस्तो पासोमा आज कोही-कोही पर्न सक्छन् तर हामी कसरी यसबाट जोगिन सक्छौं?—कल. ३:५.
नाटकमा, आफ्नो नैतिक निष्ठाको कारण यामीनले कसरी आशिष् पाए? यस भिडियोमार्फत परिचालक निकायले सबै साँचो मसीहीहरूलाई कस्तो न्यानो आग्रह गरिरहेको छ? तपाईं परिवारको शिर हुनुहुन्छ भने, तपाईंलाई किन यो कार्यक्रम आफ्नो परिवारले दोहोऱ्याइ-तेहेऱ्याइ हेर्नु बुद्धिमानी हुनेछ जस्तो लाग्छ?