कुराकानी गर्ने सीप तिखारौँ | साक्षीकार्यमा आफ्नो आनन्द बढाउनुहोस्
हाम्रा दाजुभाइ दिदीबहिनीको मदत स्विकार्नुहोस्
हामीलाई मदत गर्न यहोवाले ‘संसारभरिका भाइहरूको’ प्रबन्ध गर्नुभएको छ। (१प ५:९) साक्षीकार्यमा आइपर्ने चुनौतीहरूको सफलतापूर्वक सामना गर्न तिनीहरूले हामीलाई मदत गर्न सक्छन्। उदाहरणको लागि, प्रेषित पावलले अक्विला र प्रिस्किला, सिलास, तिमोथि अनि अरूबाट मदत पाए।—प्रे १८:१-५.
साक्षीकार्यमा दाजुभाइ दिदीबहिनीहरूले तपाईँलाई कसरी मदत गर्न सक्छन्? घरधनीले असहमति जनाउँदा के गर्ने भनेर तिनीहरूले हामीलाई व्यावहारिक सल्लाह दिन सक्छन्। साथै पुनःभेट गर्न, बाइबल अध्ययनको प्रस्ताव राख्न अनि सञ्चालन गर्न तिनीहरूले हामीलाई मदत गर्न सक्छन्। मण्डलीमा तपाईँलाई कसले मदत गर्न सक्छ भनेर सोच्नुहोस् र तिनीसित मदत माग्नुहोस्। यसो गर्दा पक्कै पनि तपाईँहरू दुवैले लाभ उठाउनुहुनेछ र आनन्दित हुनुहुनेछ।—फिलि १:२५.
चेला बनाउने काममा भाग लिँदाको आनन्द महसुस गर्नुहोस्—यहोवाको मदत स्विकार्नुहोस्—हाम्रा दाजुभाइ दिदीबहिनीहरू भिडियो हेर्नुहोस् अनि निम्न प्रश्नहरूको जवाफ दिनुहोस्:
ग्रेसलाई सभामा उपस्थित हुन निताले कसरी प्रोत्साहन दिइन्?
हामीले आफ्नो बाइबल अध्ययनमा किन अरू प्रकाशकलाई सँगै लैजानुपर्छ?
एउटा चेला बनाउन पूरै मण्डलीको साथ चाहिन्छ
ग्रेस र अबिगेल दुवैलाई मनपर्ने एउटा कुरा के थियो?
साक्षीकार्यमा दाजुभाइ दिदीबहिनीले हामीलाई कस्ता सीपहरू तिखार्न मदत गर्न सक्छन्?