प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb22 जुलाई p. ५
  • आवश्‍यकता धेरै भएको ठाउँमा सर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • आवश्‍यकता धेरै भएको ठाउँमा सर्नुहोस्‌
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
  • मिल्दोजुल्दो सामग्री
  • शाखा कार्यालयमा कस्तो काम गरिन्छ?
    आज यहोवाको इच्छाअनुसार चल्नेहरू को हुन्‌?
  • सेवाको काम विस्तार गर्ने तरिकाहरू
    यहोवाको इच्छाबमोजिम गर्न सङ्‌गठित
  • “के म बसाइँ सरूँ?”
    हाम्रो राज्य सेवकाई—२०००
  • बगालको हेरचाह गर्ने निरीक्षकहरू
    यहोवाको इच्छाबमोजिम गर्न सङ्‌गठित
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
mwb22 जुलाई p. ५
“विश्‍वास देखाउँदै आफ्नो सेवा विस्तार गर्नुहोस्‌—आवश्‍यकता धेरै भएको ठाउँमा सर्नुहोस्‌” भिडियोमा आधारित उदाहरणहरू। चित्रहरूको सँगालो: १. गेब्रियल अनुसन्धान गर्छन्‌। २. तिनी शाखा कार्यालयमा सम्पर्क गर्नेबारे एक एल्डरसित कुरा गर्छन्‌। ३. तिनी आफ्नो साथी समुयलसित विशेष प्रचार अभियानमा भाग लिँदै छन्‌।

ख्रिष्टियन जीवन | नयाँ सेवा वर्षको लागि लक्ष्यहरू राख्नुहोस्‌

आवश्‍यकता धेरै भएको ठाउँमा सर्नुहोस्‌

आफ्नो सेवा विस्तार गर्नको लागि आफूलाई बानी परिसकेको ठाउँ छोडेर नयाँ ठाउँमा जान विश्‍वास चाहिन्छ। (हिब्रू ११:८-१०) यदि तपाईँ नयाँ ठाउँमा बसाइँ सर्नेबारे सोच्दै हुनुहुन्छ भने के गर्न सक्नुहुन्छ? यसबारे एल्डरहरूसित कुरा गर्नुहोस्‌। नयाँ ठाउँमा सर्नको लागि कति खर्च लाग्छ अनि कुन ठाउँमा सर्ने हो भनेर पत्ता लगाउन केही कदम चाल्न सक्नुहुन्छ। जस्तै: यससम्बन्धी हाम्रा प्रकाशनहरूमा के-कस्ता कुराहरू छन्‌, हेर्नुहोस्‌। अनि नयाँ ठाउँमा बसाइँ सरेर अनुभव बटुलिसकेका व्यक्‍तिहरूसित कुरा गर्नुहोस्‌। (हित १५:२२) यहोवालाई प्रार्थना गर्नुहोस्‌ अनि उहाँको निर्देशन माग्नुहोस्‌। (या १:५) त्यो नयाँ ठाउँ कस्तो छ भन्‍नेबारे थप कुराहरू पत्ता लगाउनुहोस्‌। यदि सम्भव छ भने तपाईँले सोच्नुभएको नयाँ ठाउँमा एक दुई दिन मात्र होइन, त्योभन्दा अलि लामो समय बिताउनुहोस्‌। त्यसपछि मात्र त्यो ठाउँमा बसाइँ सर्ने कि नसर्ने निर्णय गर्नुहोस्‌।

विश्‍वास देखाउँदै आफ्नो सेवा विस्तार गर्नुहोस्‌—आवश्‍यकता धेरै भएको ठाउँमा सर्नुहोस्‌ भिडियो हेर्नुहोस्‌ अनि निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

  • गेब्रियलले आफ्नो सोचाइमा कस्ता छाँटकाँट गर्नुपऱ्‍यो? त्यसो गर्न तिनलाई केले मदत गऱ्‍यो?

तपाईँको वरपरका मण्डलीहरूमा कहाँ आवश्‍यकता छ भनेर जान्‍न चाहनुहुन्छ भने क्षेत्रीय निरीक्षकसित कुरा गर्नुहोस्‌। टाढा-टाढाका मण्डलीहरूमा कहाँ आवश्‍यकता छ भनेर जान्‍न चाहनुहुन्छ भने तपाईँको मण्डलीको सेवा समितिमार्फत शाखा कार्यालयमा चिठी पठाउनुहोस्‌। ती मण्डलीहरू तपाईँको शाखाको इलाकामा पर्दैनन्‌ भने उक्‍त देशको इलाका हेर्ने शाखा कार्यालयमा चिठी पठाउनुहोस्‌। तपाईँ जान चाहनुभएको कुनै खास ठाउँ छ भने त्यो कुरा पनि चिठीमा खुलाउनुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने