प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb22 सेप्टेम्बर पृ. ५
  • विवाह—जीवनभर रहने बन्धन

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विवाह—जीवनभर रहने बन्धन
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
  • मिल्दोजुल्दो सामग्री
  • अविवाहित रहने र विवाह गर्ने विषयमा बाइबलले के भन्छ?
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • विवाह—मायालु परमेश्‍वरको वरदान
    “आफूलाई परमेश्‍वरको प्रेम पाउन लायक बनाइराख”
  • सफल वैवाहिक जीवनका लागि तयारी
    पारिवारिक आनन्दको रहस्य
  • १०. विवाह​—⁠परमेश्‍वरको वरदान
    परमेश्‍वरको प्रेम पाउन लायक भइरहनुहोस्‌
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
mwb22 सेप्टेम्बर पृ. ५
एक दम्पती साक्षीकार्यमा भाग लिँदै छ।

ख्रिष्टियन जीवन

विवाह—जीवनभर रहने बन्धन

यहोवालाई साँच्चै प्रेम गर्ने व्यक्‍तिहरूबीचको वैवाहिक बन्धनले उहाँको महिमा गर्छ र पतिपत्नी दुवैलाई खुसी बनाउँछ। (मर्कु १०:९) जीवनसाथी छान्‍ने सन्दर्भमा बाइबल सिद्धान्तहरू राम्ररी लागू गऱ्‍यौँ भने वैवाहिक जीवन सफल हुन्छ र जीवनभर टिकिरहन्छ।

‘बैंस पार गरिसकेपछि’ मात्र कसैसित विवाह गर्ने उद्देश्‍यले चिनजान बढाउनुहोस्‌। (१को ७:३६) किनभने त्यो समयमा यौन इच्छा प्रबल हुन्छ र सही निर्णयहरू गर्न गाह्रो हुन सक्छ। अविवाहित छँदा नै यहोवासितको सम्बन्ध बलियो बनाउन कदम चाल्नुहोस्‌ अनि उहाँलाई मन पर्ने गुणहरू विकास गर्नुहोस्‌। यसो गर्नुभयो भने वैवाहिक जीवनलाई सफल बनाउन तपाईँले अझ धेरै योगदान दिन सक्नुहुनेछ।

कसैसित विवाह गर्ने निर्णय गर्नुअघि तिनी वास्तवमा कस्तो व्यक्‍ति हुन्‌ अनि तिनीसित के-कस्ता गुणहरू छन्‌ भनेर थाह पाउन प्रशस्तै समय लगाउनुहोस्‌। (१प ३:४) तिनीसित विवाह गर्नु ठीक हो कि होइन भनेर दोधारमा पर्नुभएको छ भने दुई जना बसेर खुलस्त कुरा गर्नुहोस्‌। अरू मानिसहरूसितको सम्बन्धजस्तै वैवाहिक जीवन पनि आफूले के पाउन सक्छु भन्‍ने कुरामा भन्दा आफूले के दिन सक्छु भन्‍ने कुरामा केन्द्रित हुनुपर्छ। (फिलि २:३, ४) यदि तपाईँले विवाह गर्नुअघि नै बाइबल सिद्धान्तहरू लागू गर्नुभएको छ भने सफल वैवाहिक जीवनको लागि राम्रो जग बसालिरहनुभएको हुनेछ।

विवाहको लागि तयारी गर्ने—भाग ३: ‘पहिला खर्च हिसाब गर्नुहोस्‌’ भिडियो हेर्नुहोस्‌ अनि निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

  • भिडियोमा देखाइएकी बहिनी र शेनको सम्बन्ध कस्तो चलिरहेको थियो?

  • शेनलाई चिन्दै जाँदा तिनले के-कस्ता कुरा याद गरिन्‌?

  • आमाबुबाले तिनलाई कसरी मदत गरे र तिनले कस्तो बुद्धिमानी निर्णय गरिन्‌?

साक्षी बहिनीसित डेटिङ गरिरहेका साक्षी भाइले यस्ता प्रश्‍नहरू विचार गर्न सक्छन्‌:

उनीसित कस्ता असल गुणहरू छन्‌? उनले परमेश्‍वरको राज्यलाई प्रथम स्थान दिएको कसरी देखाइरहेकी छिन्‌? के उनी बाइबल र सङ्‌गठनबाट आएको निर्देशनको कदर गर्छिन्‌? के उनी अरू मानिसहरूको ख्याल राख्छिन्‌?

साक्षी भाइसित डेटिङ गरिरहेकी साक्षी बहिनीले यस्ता प्रश्‍नहरू विचार गर्न सक्छिन्‌:

तिनीसित कस्ता असल गुणहरू छन्‌? के तिनी काम, पैसा, खेलकूद र मनोरञ्जनलाई भन्दा यहोवाको उपासनालाई र मण्डलीमा आफूले पाएका जिम्मेवारीहरूलाई महत्त्वपूर्ण ठान्छन्‌? तिनी आफ्नो परिवारसित कस्तो व्यवहार गर्छन्‌? के तिनी अरू मानिसहरूको ख्याल राख्छन्‌?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने