ख्रिष्टियन जीवन
“अहिले आफूसित भएका कुराहरूमा सन्तुष्ट” हुनुहोस्
हामीसित भौतिक कुराहरूको अभाव छ भने आफ्नो विश्वासको सम्झौता गर्ने प्रलोभनमा पर्न सक्छौँ, जसले यहोवासितको हाम्रो सम्बन्ध बिगार्न सक्छ। उदाहरणको लागि, हामीले टन्नै पैसा कमाउने मौका पाऔँला तर त्यसले यहोवाको सेवा गर्न बाधा पुऱ्याउन सक्छ। हिब्रू १३:५ मा मनन गर्दा हामी मदत पाउन सक्छौँ।
“तिमीहरूको जीवनशैली पैसाको प्रेमबाट मुक्त होस्”
पैसाप्रतिको आफ्नो दृष्टिकोण कस्तो छ भनेर प्रार्थनापूर्वक केलाउनुहोस् र छोराछोरीको लागि आफूले कस्तो उदाहरण बसालिरहेको छु भनेर विचार गर्नुहोस्।—g १०/१५ पृ. ६.
“अहिले आफूसित भएका कुराहरूमा सन्तुष्ट होओ”
आफूले खोजेको कुरा साँच्चै आवश्यक छ कि छैन भनेर पक्का गर्नुहोस्।—w१६.०७ पृ. ७ अनु. १-२.
“म तिमीलाई कुनै हालतमा छोड्नेछैनँ र कहिल्यै त्याग्नेछैनँ”
यहोवाको राज्यलाई पहिलो स्थानमा राख्यौँ भने हाम्रा आवश्यकताहरू पूरा गर्न उहाँले मदत गर्नुहुनेछ भन्ने कुरामा भरोसा राख्नुहोस्।—w१४ ४/१५ पृ. २१ अनु. १७.
हाम्रा दाजुभाइ दिदीबहिनी आर्थिक समस्याको बाबजुद कसरी शान्ति अनुभव गर्दै छन्? भिडियो हेर्नुहोस् अनि निम्न प्रश्नको जवाफ दिनुहोस्:
मिगेल नोभोआको अनुभवबाट तपाईँले के सिक्नुभयो?