प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w20 फेब्रुअरी p. ३१
  • के तपाईँलाई थाह थियो?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईँलाई थाह थियो?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
  • मिल्दोजुल्दो सामग्री
  • घमण्डी शासकले आफ्नो साम्राज्य गुमाउँछन्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • विश्‍व परिवर्तन गर्ने चार शब्द
    दानियलको भविष्यवाणीमा ध्यान दिनुहोस्‌!
  • दानियल—पुर्पक्षको लागि खडा गरिएको पुस्तक
    दानियलको भविष्यवाणीमा ध्यान दिनुहोस्‌!
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
w20 फेब्रुअरी p. ३१
बेलसजरको नाम उल्लेख भएको माटोको बेलनाकार ढुङ्‌ग्रो।

बेलसजरको नाम उल्लेख भएको माटोको बेलनाकार ढुङ्‌ग्रो

के तपाईँलाई थाह थियो?

पुरातात्त्विक प्रमाणहरूले बेबिलोनका राजा बेलसजर अस्तित्वमा थिए भनेर कसरी प्रमाणित गर्छ?

बाइबलका आलोचकहरूले दानिएलको किताबमा उल्लेख गरिएका राजा बेलसजर अस्तित्वमै थिएनन्‌ भनेर थुप्रै वर्षसम्म दाबी गरेका थिए। (दानि. ५:१) पुरातत्त्वविद्‌हरूले बेलसजर अस्तित्वमा थिए भन्‍ने कुनै प्रमाण नभेट्टाएकाले आलोचकहरूले त्यस्तो धारणा राखेका थिए। तर तिनीहरूको त्यो धारणा सन्‌ १८५४ मा परिवर्तन भयो। कसरी?

त्यस वर्ष जे. जी. टेलर नाम गरेका बेलायती महावाणिज्यदूतले हाल इराकको दक्षिणी क्षेत्रमा अवस्थित पुरातन सहर ऊरका केही भग्नावशेष अनुसन्धान गरेका थिए। तिनले त्यहाँ एउटा ठूलो टावरभित्र माटोको केही बेलनाकार ढुङ्‌ग्रोहरू फेला पारे। ती प्रत्येक ढुङ्‌ग्रो लगभग चार इन्च (दस सेन्टिमिटर) लामो थियो र त्यसमा कीलाक्षर लेखोटहरू कुँदिएका थिए। तीमध्ये एउटा ढुङ्‌ग्रोमा कुँदिएको लेखोटमा बेबिलोनका राजा नाबोनिडस र तिनका जेठा छोरा बेलसजरको दीर्घायुको कामना गरिएको प्रार्थना थियो। त्यसैले आलोचकहरू यो कुरा मानिलिन बाध्य भए: बेलसजर साँच्चै अस्तित्वमा थिए।

तर बेलसजर अस्तित्वमा थिए भन्‍ने कुराका साथै तिनी राजा पनि थिए भनेर बाइबलमा उल्लेख गरिएको छ। यस कुरामा पनि आलोचकहरूले शङ्‌का गरे। उदाहरणको लागि, १९ औँ शताब्दीका बेलायतका वैज्ञानिक विलियम टोल्बेटले कसै-कसैले यस्तो टिप्पणी गरेका छन्‌ भनेर लेखे, “बेलसारसुर [बेलसजर] र तिनका बुबा नाबोनिडसले एकै समयमा शासन गरेका थिए। तर यसको कुनै प्रमाण छैन।”

तर माटोका अरू ढुङ्‌ग्रोहरूमा लेखिएका कुराले यो विवाद सुल्झायो। ती ढुङ्‌ग्रोहरूमा बेलसजरका बुबा राजा नाबोनिडसले एकपटक बेबिलोन छोडेर वर्षौँसम्म बाहिर गएका थिए भनेर लेखिएको थियो। तिनको अनुपस्थितिमा बेबिलोनमा कसले शासन गऱ्‍यो? इन्साइक्लोपीडिया ब्रिटानिका-अनुसार, “त्यसबेला तिनले आफ्नो राजगद्दी र आफ्नो अधिकांश सेना बेलसजरको जिम्मामा सुम्पेका थिए।” त्यसैले राजा नाबोनिडस बेबिलोनमा नहुँदा बेलसजरले राजाको कार्यभार सम्हाले। त्यसकारण “दानिएलको किताबमा बेलसजरलाई ‘राजा’ भनेर उल्लेख गर्नु” उपयुक्‍त छ भनी पुरातत्त्वविद्‌ तथा भाषाविद्‌ आलन मिलार्डले बताए।

परमेश्‍वरका सेवकहरूका लागि भने दानिएलको किताब भरोसायोग्य र परमेश्‍वरको प्रेरणा पाएर लेखिएको किताब हो भनेर बाइबलको प्रमाण नै पर्याप्त छ।—२ तिमो. ३:१६.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने