ख्रिष्टियन जीवन
ट्रली चलाएर गरिएको साक्षीकार्यका फाइदाहरू
प्रेषित अध्याय ५ अनुसार प्रथम शताब्दीका ख्रिष्टियनहरू मन्दिरमा गएर सुसमाचार सुनाउँथे। सार्वजनिक ठाउँ भएकोले त्यहाँ थुप्रै मानिस भेट्न सकिन्थ्यो। (प्रे ५:१९-२१, ४२) आज सार्वजनिक ठाउँहरूमा ट्रली चलाएर साक्षी दिँदा हामीले थुप्रै राम्रा नतिजाहरू हासिल गरेका छौँ।
ट्रली चलाएर गरिएको साक्षीकार्यका फाइदाहरू भन्ने भिडियो हेर्नुहोस् र निम्न प्रश्नहरूको जवाफ दिनुहोस्:
ट्रली चलाएर साक्षी दिन कहिले र कसरी सुरु भयो?
टेबुलभन्दा ट्रली चलाएर साक्षीकार्य गर्नुका के-कस्ता फाइदाहरू छन्?
मि जुङ यु बहिनीको अनुभवबाट हामी के सिक्न सक्छौँ?
भाइ ज्याकब सलोमिको अनुभवबाट ट्रली चलाएर साक्षी दिनुको महत्त्वबारे के सिक्न सक्छौँ?
ट्रली चलाउँदा कसरी प्रभावकारी साक्षी दिन सकिन्छ भन्ने सन्दर्भमा बहिनी एनिस र उनका पतिको अनुभवले के सिकाउँछ?