प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wp22 No. १ pp. ८-९
  • २ | बदला नलिनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • २ | बदला नलिनुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२२
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • बाइबलको शिक्षा:
  • यसको अर्थ के हो?
  • तपाईँ के गर्न सक्नुहुन्छ?
  • म रुखो र हिंस्रक स्वभावको थिएँ
    प्रहरीधरहरा: सान्त्वना कहाँ पाउन सक्नुहुन्छ?
  • घृणामाथि विजय सम्भव छ!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२२
  • घृणा फैलिन नदिन के गर्न सक्नुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२२
  • भाग ७ को परिचय
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२२
wp22 No. १ pp. ८-९
रिसले चुर भएका दुई व्यक्‍ति एउटा रूखको अलग-अलग हाँगामा बसिरहेका छन्‌ र आफू बसिरहेको हाँगा काटिरहेका छन्‌।

घृणा फैलिन नदिन के गर्न सक्नुहुन्छ?

२ | बदला नलिनुहोस्‌

बाइबलको शिक्षा:

“कसैलाई पनि खराबीको बदला खराबी नगर। . . . सम्भव भएसम्म सबै मानिससँग शान्तिपूर्वक बस्न तिमीहरू सक्दो कोसिस गर। . . . बदला नलेओ . . . किनकि यस्तो लेखिएको छ: ‘“बदला लिने काम मेरो हो; म साटो फेर्नेछु,” यहोवा परमेश्‍वर भन्‍नुहुन्छ।’”—रोमी १२:१७-१९.

यसको अर्थ के हो?

हुनत कसैले हामीसित दुर्व्यवहार गर्दा रिस उठ्‌नु स्वाभाविक हो तर यहोवा हामीले बदला लिएको चाहनुहुन्‍न। बरु यहोवा हामी उहाँमा भर परेको चाहनुहुन्छ किनभने उहाँले चाँडै यस पृथ्वीबाट सबै दुष्टता हटाउनुहुनेछ।—भजन ३७:७, १०.

तपाईँ के गर्न सक्नुहुन्छ?

मानिसहरूले बदला लिँदा घृणा झनै फैलिन्छ। त्यसैले कसैले तपाईँलाई दुर्वचन बोल्यो वा दुर्व्यवहार गऱ्‍यो भने साटो नफेर्नुहोस्‌। नझोकिनुहोस्‌ बरु आदर देखाउँदै कुराकानी गर्नुहोस्‌। कहिलेकाहीँ उक्‍त घटना बिर्सिदिनु नै समस्याको समाधान हुन सक्छ। (हितोपदेश १९:११) तर कुनै-कुनै अवस्थामा भने आफूले भोगेको दुर्व्यवहारविरुद्ध कदम चाल्नु उपयुक्‍त पनि हुन सक्छ। जस्तै: तपाईँ कुनै अपराधको सिकार हुनुभयो भने त्यसबारे प्रहरीलाई वा सम्बन्धित अख्तियारवालाहरूलाई उजुरी दिन सक्नुहुन्छ।

बदलाभाव राख्दा आफ्नै हानि हुन्छ

तर शिष्टतापूर्वक समस्या सुल्झाउन सकिएन भने नि? वा तपाईँले आफ्नो तर्फबाट सबै गरिसक्नुभयो तैपनि समस्या ज्युँका त्युँ छ भने नि? जेहोस्‌, बदला नलिनुहोस्‌। बदला लिनुभयो भने समस्या झनै चर्किन सक्छ बरु शान्त रहनुहोस्‌। त्यसो गर्नुभयो भने घृणा फैलिन पाउँदैन। यहोवाले सबै समस्या आफ्नो तरिकामा र आफ्नो समयमा सुल्झाउनुहुनेछ भन्‍ने कुरामा ढुक्क हुनुहोस्‌। ‘उहाँमै भर पर्नुहोस्‌ अनि उहाँले तपाईँको निम्ति कदम चाल्नुहुनेछ।’—भजन ३७:३-५.

अनुभव—एड्रियन

तिनले बदलाभाव त्यागे

एड्रियन।

किशोरावस्थामा एड्रियन हिंस्रक स्वभावका थिए र सडकमा गुन्डागर्दी गर्दै हिँड्‌थे। तिनको मनमा बदलाभावले जरा गाडेको थियो। तिनी भन्छन्‌: “म गोली काण्डमा पनि मुछिएँ। थुप्रै पटक मानिसहरूले मऱ्‍यो होला भन्‍ने सोचेर रगताम्मे अवस्थामा सडकमै छोडेर जान्थे।”

एड्रियनले १६ वर्षको उमेरमा बाइबल अध्ययन गर्न थाले। तिनी भन्छन्‌: “बाइबल अध्ययन गर्दै जाँदा मैले आफ्नो व्यक्‍तित्व परिवर्तन गर्नुपर्ने देखेँ।” तिनले घृणा र हिंस्रक स्वभाव त्याग्नुपर्थ्यो। तिनले रोमी १२:१७-१९ बाट निकै मदत पाए। तिनी भन्छन्‌: “यहोवाले आफ्नै समयमा अनि आफ्नै तरिकाले न्याय गर्नुहुनेछ भन्‍ने कुरालाई मैले स्विकारेँ। मैले हिंस्रक बानीलाई बिस्तारै-बिस्तारै हटाएँ।”

एक साँझ एड्रिएनलाई पहिलेको विपक्षी ग्याङले आक्रमण गऱ्‍यो। उक्‍त ग्याङको नाइकेले चिच्याउँदै भन्यो: “सक्छस्‌ भने आफूलाई बचा!” एड्रिएन भन्छन्‌: “मेरो मनमा बदलाभाव उर्लेर आएको थियो।” तर बदला लिनुको साटो तिनले यहोवालाई छोटो प्रार्थना गरे र त्यहाँबाट हिँडे।

एड्रियन अझै भन्छन्‌: “भोलिपल्ट ग्याङको नाइकेसित जम्काभेट भयो। मलाई एकदमै रिस उठ्यो तर त्यतिबेला पनि आफूलाई काबूमा राख्न मदत गर्नुहोस्‌ भनेर मनमनै प्रार्थना गरेँ। अचम्मको कुरा, उसले मकहाँ आएर भन्यो: ‘हिजो जे भो, त्यसको लागि मलाई माफ गर। वास्तवमा म तिमीजस्तै हुन चाहन्छु। म पनि बाइबल पढ्‌न चाहन्छु।’ मैले रिस थामेकोले नतिजा राम्रो भयो! हामी दुवैले बाइबल अध्ययन गर्न थाल्यौँ।”

एड्रियनको पूरै अनुभव सान्त्वना कहाँ पाउन सक्नुहुन्छ? पुस्तिकाको पृष्ठ १५ मा पढ्‌न सक्नुहुन्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने