प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wp23 No. १ pp. १०-११
  • ३ | विगतका उदाहरणहरूबाट सिक्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ३ | विगतका उदाहरणहरूबाट सिक्नुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२३
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • यसको अर्थ के हो?
  • यसले हामीलाई कसरी मदत गर्छ?
  • २ | “धर्मशास्त्रबाट पाइने सान्त्वना”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२३
  • ४ | धर्मशास्त्रमा व्यावहारिक सल्लाहहरू पाइन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२३
  • १ | प्रार्थना—“आफ्नो सारा फिक्री उहाँमाथि बिसाओ”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२३
  • तपाईँ यहोवाको नजरमा अनमोल हुनुहुन्छ!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२३
wp23 No. १ pp. १०-११
निराश भएका बाइबल पात्र मोसा स्वर्गतिर हेरेर ईश्‍वरलाई प्रार्थना गर्दै छन्‌।

३ | विगतका उदाहरणहरूबाट सिक्नुहोस्‌

बाइबलले बताएअनुसार पुरातन समयका भक्‍तालु पुरुष तथा स्त्रीको पनि “हाम्रो जस्तै भावना” थियो। —याकुब ५:१७.

यसको अर्थ के हो?

बाइबलमा भावनात्मक उथलपुथलको सामना गरेका थुप्रै पुरुष तथा स्त्रीको विवरण पाइन्छ। ती विवरणहरू पढ्‌दा हामी आफ्नो जस्तै भावना भएको कुनै बाइबल पात्र भेट्टाउन सक्छौँ।

यसले हामीलाई कसरी मदत गर्छ?

अरूले हाम्रो भावना बुझ्न सक्छन्‌ भन्‍ने कुरा हामीले मनमा राख्नुपर्छ, विशेषगरि कुनै मानसिक स्वास्थ्य समस्यासित जुझिरहेको बेला। बाइबल पात्रहरूको अनुभव पढ्‌दा तिनीहरूको सोचाइ र भावना हाम्रो जस्तै थियो भनेर थाह पाउनेछौँ। अचाक्ली चिन्ता र भावनात्मक उथलपुथलको सामना गर्नुपर्दा त्यस्तो समस्या झेल्नुपरेको हामी मात्र होइनौँ, अरूले पनि झेलेका रहेछन्‌ भन्‍ने कुरा बुझ्दा सान्त्वना पाउनेछौँ।

  • बाइबलमा निस्सहाय र लाचार महसुस गरेका थुप्रै व्यक्‍तिको भनाइ पाइन्छ। के तपाईँलाई कहिल्यै ‘अब त म सहनै सक्दिनँ’ जस्तो लागेको छ? मोसा, एलिया र दाउदजस्ता बाइबल पात्रहरूले त्यस्तै महसुस गरेका थिए।—गन्ती ११:१४; १ राजा १९:४; भजन ५५:४.

  • बाइबलमा हन्‍ना नामकी एक स्त्रीबारे बताइएको छ। उनी निस्सन्तान थिइन्‌ र उनकी सौताले पनि दिनरात खिल्ली उडाएर उनलाई दुःख दिइरहन्थिन्‌। त्यसैले उनले “अत्यन्तै लाचार” महसुस गरेकी थिइन्‌।—१ समुएल १:६, १०.

  • बाइबलमा अय्युब नाम गरेका यहोवाका एक सेवकबारे पनि बताइएको छ, जसको भावना सम्भवतः हाम्रो जस्तै थियो। भावनात्मक तवरमा असाध्यै गाह्रो हुँदा तिनले एकपटक यसो भने: “म आफ्नो जीवनदेखि वाक्क भइसकेँ, अब म बाँच्न चाहन्‍नँ।”—अय्युब ७:१६.

यी बाइबल पात्रहरूले कसरी सफलतापूर्वक नकारात्मक सोचाइ हटाउन सके भनेर बुझ्दा हामी आफ्नो तनाव र फिक्रीको सामना गर्न बल पाउँछौँ।

बाइबलबाट मदत पाएका केभिन

मलाई बाइपोलर डिस्‌अर्डर छ

केभिन दुई जना साथीसित कफी खाँदै छन्‌।

“म ५० वर्ष पुग्नै लाग्दा मलाई एउटा मानसिक स्वास्थ्य समस्या भएको पत्ता लाग्यो। यो रोगले गर्दा मेरो मुड छिनछिनमै परिवर्तन भइरहन्छ। कहिलेकाहीँ मलाई जीवनमा आइपर्ने जस्तोसुकै परिस्थिति पनि पार गर्न सक्छु जस्तो लाग्छ तर कहिलेकाहीँ चाहिँ जिउनुको के नै अर्थ छ र जस्तो लाग्छ।”

बाइबलले मलाई मदत गरेको छ

“मलाई लाग्छ, पत्रुस भनिने बाइबल पात्रको भावना मेरो जस्तै थियो। तिनले पनि थुप्रै गल्ती गरे, जसले गर्दा तिनले आफूलाई बेकामको ठाने। तर आफूबारे त्यस्तो सोचाइ राखेर बस्नुको साटो तिनले मायालु साथीहरूको मदत लिए। कहिलेकाहीँ मेरो बिमारीले गर्दा मलाई निकै गाह्रो हुन्छ। आफैदेखि दिक्क लागेर आउँछ अनि आफू बेकामको छु भन्‍ने सोचाइले निकै सताउँछ। त्यस्तो बेला म पत्रुसले जस्तै गर्छु। मलाई जीवनमा अघि बढ्‌न मदत गर्ने साथीहरूसित धेरैभन्दा धेरै समय बिताउँछु।

“मैले दाउद नामको अर्को बाइबल पात्रबाट पनि निकै सान्त्वना पाएको छु। तिनी पनि अक्सर आफ्नो परिस्थितिले गर्दा निराश हुन्थे र विगतमा गरेका गल्तीहरूको लागि पछुतो मान्थे। म तिनको भावना बुझ्न सक्छु किनकि आफूले भनेका वा गरेका कुराहरूले गर्दा मलाई पनि निकै पछुतो लाग्छ। दाउदले रचेको भजन ५१ अध्यायबाट म निकै सान्त्वना पाउँछु। पद ३ मा तिनले भने: ‘मलाई थाह छ, मैले पाप गरेको छु र मेरो पाप सधैँ मेरै सामुन्‍ने छ।’ एकदमै निराश भएको बेला म दाउदले यस पदमा बताएको जस्तै महसुस गर्छु। यस्तो बेला मलाई आफूबारे सकारात्मक सोचाइ राख्न असाध्यै गाह्रो हुन्छ। साथै दाउदले पद १० मा व्यक्‍त गरेको भावना पनि म बुझ्छु। तिनले भने: ‘हे परमेश्‍वर, ममा शुद्ध हृदय सृजनुहोस्‌ अनि मभित्र नयाँ र स्थिर मन हालिदिनुहोस्‌।’ आफूबारे सकारात्मक सोचाइ राख्न मदत चाहिन्छ। म पनि यहोवालाई त्यसरी नै प्रार्थना गर्छु। पद १७ बाट पनि मैले निकै सान्त्वना पाएको छु। त्यहाँ भनिएको छ: ‘हे परमेश्‍वर, तपाईँ टुटेको र चूर्ण हृदयलाई तिरस्कार गर्नुहुन्‍न।’ यहोवा मलाई असाध्यै माया गर्नुहुन्छ भनेर यस पदबाट आश्‍वासन पाएको छु।

“बाइबल पात्रहरूको उदाहरणमा मनन गर्दा र यहोवाले मलाई दिनुभएका असल कुराहरूबारे सोच्दा भविष्य उज्ज्वल छ भन्‍ने आशामा मेरो विश्‍वास बलियो भएको छ। बाइबलका प्रतिज्ञाहरू मलाई अझ वास्तविक लाग्छ र यसले मलाई जीवनमा अघि बढिरहन निकै हौसला दिन्छ।”

थप मदत:

हाम्रो वेबसाइट jw.org/ne मा भएको जनवरी २०१५ अङ्‌कको ब्यूँझनुहोस्‌!-को “मानसिक समस्याबारे तपाईँले के थाह पाउनुपर्छ?” भन्‍ने लेख हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने