प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w24 सेप्टेम्बर पृ. २-७
  • “वचन पालन गर्ने होओ”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “वचन पालन गर्ने होओ”
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • परमेश्‍वरको वचन पढ्‌न समय छुट्ट्याउनुहोस्‌
  • पढेको कुरामा मनन गर्नुहोस्‌
  • व्यवहारिक लक्ष्यहरू राख्नुहोस्‌
  • परमेश्‍वरको वचनले तपाईँमा ‘काम गरोस्‌’
  • दिनहुँ बाइबल पढ्‌नु र बुद्धि हासिल गर्नुबीचको सम्बन्ध
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • आफूलाई सबै कुरा थाह छैन भनेर नम्र भई स्विकार्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
  • यहोवामा भर पर्दै निर्णयहरू गर्नुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • हामी साक्षीकार्यमा कसरी अझै रमाउन सक्छौँ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
w24 सेप्टेम्बर पृ. २-७

अध्ययन लेख ३६

गीत ८९ सुनौँ, मानौँ र आशिष्‌ पाऔँ!

“वचन पालन गर्ने होओ”

“वचन पालन गर्ने होओ, सुन्‍ने मात्र होइन।”​—याकु. १:२२.

सिक्न सकिने कुरा

यस लेखले हरेक दिन परमेश्‍वरको वचन पढ्‌ने, पढेका कुराहरूमा मनन गर्ने र त्यसलाई जीवनमा लागू गर्ने हाम्रो इच्छालाई अझ बलियो बनाउन मदत गर्नेछ।

१-२. यहोवाका सेवकहरू किन आनन्दित मानिसहरू हुन्‌? (याकुब १:२२-२५)

यहोवा र उहाँको प्यारो छोरा हामी आनन्दित भएको चाहनुहुन्छ। भजन ११९:२ यसो भन्छ: “आनन्दित हुन्‌ ती मानिसहरू, जसले उहाँका सम्झौटाहरू पालन गर्छन्‌, जसले आफ्नो सारा हृदयले उहाँको खोजी गर्छन्‌।” येसुले पनि यसो भन्‍नुभयो: “आनन्दित त तिनीहरू हुन्‌, जसले परमेश्‍वरको वचन सुन्छन्‌ र पालन गर्छन्‌!”—लुका ११:२८.

२ यहोवाका सेवकहरू आनन्दित मानिसहरू हुन्‌। किन? त्यसका थुप्रै कारणहरू छन्‌। एउटा महत्त्वपूर्ण कारण भनेको हामी हरेक दिन परमेश्‍वरको वचन पढ्‌छौँ र आफूले सिकेको कुरा लागू गर्ने कोसिस गर्छौँ।—याकुब १:२२-२५ पढ्‌नुहोस्‌।

३. पढेको कुरा लागू गर्दा हामीलाई कस्तो लाभ हुन्छ?

३ ‘वचन पालन गर्दा’ हामी थुप्रै लाभहरू उठाउन सक्छौँ। जस्तै: परमेश्‍वरको वचनबाट सिकेका कुराहरू लागू गर्दा हामीले यहोवालाई खुसी बनाइरहेका हुन्छौँ र उहाँ खुसी हुनुहुन्छ भन्‍ने कुरा थाह पाउँदा हामी पनि खुसी हुन्छौँ। (उप. १२:१३) बाइबलमा दिइएका सल्लाहहरूअनुसार जीवन बिताउँदा परिवारका सदस्यहरूसितको र भाइबहिनीसितको हाम्रो सम्बन्ध अझ राम्रो हुन्छ। यो कुरा सायद तपाईँले आफ्नै जीवनमा अनुभव गर्नुभएको छ होला। साथै परमेश्‍वरको स्तरअनुसार नचल्दा आइपर्ने थुप्रै समस्याहरूबाट हामी जोगिन सक्छौँ। दाउदले एउटा भजनमा यहोवाको व्यवस्था, आदेश र फैसलाहरूबारे बताएपछि अन्तमा यसो भने: “यी पालन गरे प्रशस्तै इनाम पाइन्छ।” (भज. १९:७-११) तिनको यो कुरासित हामी पनि सहमत छौँ।

४. परमेश्‍वरको वचन पालन गर्न किन सधैँ सजिलो हुँदैन?

४ परमेश्‍वरको वचन पढ्‌न र सिकेको कुरा लागू गर्न सधैँ सजिलो हुँदैन। हामी सबै जना व्यस्त छौँ। तैपनि बाइबल पढ्‌न र अध्ययन गर्न हामीले समय निकाल्नुपर्छ। त्यसो गऱ्‍यौँ भने मात्र यहोवा हामीबाट के चाहनुहुन्छ भनेर बुझ्न सक्नेछौँ। त्यसैले आउनुहोस्‌, केही सुझाव विचार गरौँ। ती सुझावहरू लागू गर्दा हामीले हरेक दिन बाइबल पढ्‌न मदत पाउनेछौँ। साथै पढेको कुरामा मनन गर्न के गर्न सक्छौँ र सिकेको कुरा जीवनमा कसरी लागू गर्न सक्छौँ, त्यसबारे पनि विचार गर्नेछौँ।

परमेश्‍वरको वचन पढ्‌न समय छुट्ट्याउनुहोस्‌

५. हामी कस्ता कामकुरामा व्यस्त छौँ?

५ हामी यहोवाका सेवकहरू विभिन्‍न कामकुरामा व्यस्त छौँ। हामीले विभिन्‍न महत्त्वपूर्ण कामकुरा गर्नुपर्ने हुन्छ, जसको लागि समय चाहिन्छ। जस्तै: हामी आफ्नो र आफ्नो परिवारको पालनपोषण गर्न काम गर्छौँ। (१ तिमो. ५:८) कतिपयले आफ्नो परिवारका वृद्ध वा बिरामी सदस्यको हेरविचार गरिरहेका छन्‌। अनि हामी सबैले आफ्नो स्वास्थ्यको ख्याल राख्नुपर्छ र त्यसको लागि समय चाहिन्छ। साथै हामीले मण्डलीमा पनि विभिन्‍न जिम्मेवारीहरू पूरा गर्नुपर्ने हुन्छ। तीमध्ये सबैभन्दा महत्त्वपूर्ण जिम्मेवारी भनेको साक्षीकार्यमा जोसका साथ भाग लिनु हो। यस्ता विभिन्‍न कामकुरामा व्यस्त भए तापनि तपाईँ कसरी हरेक दिन बाइबल पढ्‌न र पढेको कुरामा मनन गर्न समय निकाल्न सक्नुहुन्छ? अनि कसरी सिकेको कुरा लागू गर्ने कोसिस गर्न सक्नुहुन्छ?

६. नछुटाई बाइबल पढ्‌न तपाईँ के गर्न सक्नुहुन्छ? (चित्र पनि हेर्नुहोस्‌।)

६ हामीले बाइबल पढ्‌न छुटाउनु हुँदैन किनभने यो “अझ महत्त्वपूर्ण कुराहरू”-मध्ये एउटा हो। (फिलि. १:१०) आनन्दित मानिसबारे भजनको पहिलो अध्यायमा यसो भनिएको छ: “यहोवाको व्यवस्थामा ऊ प्रसन्‍न रहन्छ र दिनरात उहाँको व्यवस्था गुनगुनाएर पढ्‌छ।” (भज. १:१, २) कुरा स्पष्ट छ, हामीले बाइबल पढ्‌नको लागि समय छुट्ट्याउनै पर्छ। त्यसोभए बाइबल पढ्‌ने सबैभन्दा उपयुक्‍त समय कुन हो? यस प्रश्‍नको जवाफ मान्छेपिच्छे फरक हुन्छ। तर सरल शब्दमा भन्‍ने हो भने तपाईँले यस्तो समय छान्‍नुपर्छ, जुन समयमा तपाईँ नियमित रूपमा बाइबल पढ्‌न सक्नुहुन्छ। भिक्टर भाइ यसो भन्छन्‌: “मलाई बिहानै बाइबल पढ्‌न मन पर्छ। हुनत मलाई बिहान सबेरै उठ्‌न मन लाग्दैन तर त्यतिबेला मलाई अलमल्याउने कुराहरू धेरै हुँदैन। त्यसैले म ध्यान दिएर बाइबल पढ्‌न सक्छु।” तपाईँलाई पनि त्यस्तै लाग्छ कि? आफैलाई सोध्नुहोस्‌, ‘मेरो लागि बाइबल पढ्‌ने सबैभन्दा उपयुक्‍त समय कुन हो?’

एक बहिनी बाइबल पढ्‌दै छिन्‌ अनि तिनकी सानी छोरी अर्को कोठामा सुतिरहेकी छिन्‌।

दिनहुँ बाइबल पढ्‌ने सबैभन्दा उपयुक्‍त समय कुन हो? (अनुच्छेद ६ हेर्नुहोस्‌))


पढेको कुरामा मनन गर्नुहोस्‌

७-८. बाइबल पढाइबाट पूरापूर लाभ उठाउन हामीले के गर्नुपर्छ? उदाहरणसहित बताउनुहोस्‌।

७ सायद हामीले बाइबलको धेरै पाना पढ्यौँ होला तर एकछिनपछि आफूले पढेको कुरा सम्झन खोज्दा केही पनि याद नआएको अनुभव गरेका छौँ होला। तपाईँलाई पनि त्यस्तो भएको छ कि? हामीले हरेक दिन बाइबलको केही अध्याय पढ्‌ने लक्ष्य राखेका छौँ होला। त्यो राम्रो कुरा हो। हामीले लक्ष्यहरू राख्नुपर्छ र त्यसैअनुसार चल्नुपर्छ। (१ कोरि. ९:२६) बाइबल पढ्‌न थाल्नु राम्रो कुरा हो। तर यो सुरुवात मात्र हो। यदि हामी बाइबल पढाइबाट पूरापूर लाभ उठाउन चाहन्छौँ भने अर्को एउटा कुरा पनि गर्नै पर्छ।

८ एउटा उदाहरण विचार गरौँ। बोटबिरुवा सप्रन पानी नभई हुँदैन तर छोटो समयमै धेरै पानी पऱ्‍यो भने जमिनले त्यो पानी सोस्न पाउँदैन अनि बोटबिरुवा पनि सप्रँदैन। माटोलाई पानी सोस्न समय चाहिन्छ। त्यसैगरि हामीले पढेको कुरामा मनन गर्ने समय नै नहुनेगरि हतारमा बाइबल पढ्‌नु हुँदैन। मनन गऱ्‍यौँ भने मात्र आफूले पढेको कुरा सम्झन र लागू गर्न सक्छौँ।—याकु. १:२४.

एक भाइ बाइबल पढ्‌दै छन्‌। चित्रहरूको सँगालो: १. ठूलो पानी परेकोले बोटबिरुवा लल्याकलुलुक परेका छन्‌ र बारी पानीले भरिएको छ। २. सिमसिम पानी परेकोले जमिनले राम्ररी पानी सोसेको छ र बोटबिरुवा मौलाएका छन्‌।

माटोलाई पानी सोस्न र त्यसबाट पोषण पाउन समय लागेजस्तै हामीलाई पनि परमेश्‍वरको वचन पढ्‌न र सिकेको कुरा लागू गर्न समय लाग्छ (अनुच्छेद ८ हेर्नुहोस्‌)


९. छिटोछिटो बाइबल पढ्‌ने बानी बसेको छ भने हामीले के गर्नुपर्छ?

९ कहिलेकाहीँ तपाईँलाई आफूले छिटोछिटो बाइबल पढिरहेको छु जस्तो लागेको छ कि? त्यसो हो भने बिस्तारै पढ्‌नुहोस्‌। आफूले पढिरहेको कुराबारे मनन गर्न सक्नेगरि बिस्तारै पढ्‌नुहोस्‌ वा आफूले पढेको कुरामा मनन गर्न समय छुट्ट्याउनुहोस्‌। कसै-कसैलाई मनन गर्नु गाह्रो छ जस्तो लाग्छ। तपाईँलाई पनि त्यस्तै लाग्छ भने आफूले पढिरहेको कुराबारे सोच्नु नै मनन गर्नु हो भनेर सम्झनुहोस्‌। तपाईँ अध्ययन गर्न अझ धेरै समय छुट्ट्याउन सक्नुहुन्छ र त्यसमध्ये केही समय पढ्‌न र केही समय मनन गर्न सक्नुहुन्छ। अथवा तपाईँ थोरै पदहरू मात्र पढ्‌न सक्नुहुन्छ अनि बाँकी रहेको समय आफूले पढेको कुरामा मनन गर्न सक्नुहुन्छ। भिक्टर भन्छन्‌: “म थोरै मात्र बाइबल पढ्‌छु, लगभग एक अध्यायजति। बिहानै पढ्‌ने भएकोले दिनभरि आफूले पढेको कुरामा मनन गर्ने मौका पाउँछु।” तपाईँले धेरै वा थोरै जति पढ्‌नुभए पनि आफूले पढिरहेको कुराबारे सोच्न सक्नेगरि बिस्तारै पढ्‌नु महत्त्वपूर्ण छ।—भज. ११९:९७; “मनन गर्दा सोध्न सकिने प्रश्‍नहरू” भन्‍ने पेटी हेर्नुहोस्‌।

मनन गर्दा सोध्न सकिने प्रश्‍नहरू

बाइबल पढाइबाट पूरापूर लाभ उठाउन तपाईँ यीमध्ये एउटा वा केही प्रश्‍न विचार गर्न सक्नुहुन्छ:

  • यसबाट म यहोवाबारे के सिक्न सक्छु?

  • यी पदहरू बाइबलको मूल विषयसित कसरी सम्बन्धित छन्‌?

  • म यो कुरा आफ्नो जीवनमा कसरी लागू गर्न सक्छु?

  • म यी पदहरू अरूलाई मदत गर्न कसरी प्रयोग गर्न सक्छु?

१०. तपाईँ सिकेको कुरा कसरी लागू गर्न सक्नुहुन्छ? एउटा उदाहरण दिनुहोस्‌। (१ थिस्सलोनिकी ५:१७, १८)

१० जुन समयमा बाइबल पढे पनि र पढ्‌न जति समय लगाए पनि आफूले पढेको कुरा लागू गर्ने तरिकाहरू सोच्नुहोस्‌। बाइबलको केही पद पढिसकेपछि आफैलाई यस्तो प्रश्‍न सोध्न सक्नुहुन्छ: ‘म यो कुरा अहिले वा भविष्यमा कसरी लागू गर्न सक्छु?’ मानौँ, तपाईँले भर्खरै पहिलो थिस्सलोनिकी ५:१७, १८ पढ्‌नुभयो। (पढ्‌नुहोस्‌।) अब एकछिन रोकिनुहोस्‌ र सोच्नुहोस्‌: ‘म कत्तिको प्रार्थना गर्छु?’ अनि ‘म कत्तिको व्यग्रतासाथ प्रार्थना गर्छु?’ साथै तपाईँ कुन-कुन कुराको लागि कृतज्ञ हुनुहुन्छ भनेर पनि विचार गर्न सक्नुहुन्छ। त्यसपछि तपाईँ तोकेरै तीन वटा कुराको लागि यहोवालाई धन्यवाद दिन्छु भनेर निर्णय गर्नुहुन्छ होला। यसरी केही मिनेट गहिरिएर विचार गर्दा मात्र पनि तपाईँले परमेश्‍वरको वचन अझ राम्रोसँग सुन्‍न र पालन गर्न सक्नुहुनेछ। हरेक दिन यसरी नै बाइबल पढेर मनन गर्दा तपाईँलाई कत्ति लाभ हुन्छ होला, सोच्नुहोस्‌ त! हो, तपाईँले अझ राम्रोसँग परमेश्‍वरको वचन पालन गर्न सिक्नुहुनेछ। तर तपाईँलाई आफूले सुधार्नुपर्ने कुराहरू एकदमै धेरै छन्‌ जस्तो लाग्यो भने नि?

व्यवहारिक लक्ष्यहरू राख्नुहोस्‌

११. तपाईँलाई कहिलेकाहीँ किन अत्यास लाग्न सक्छ? एउटा उदाहरण बताउनुहोस्‌।

११ बाइबल पढ्‌दै जाँदा तपाईँ आफूमा सुधार्नुपर्ने थुप्रै कुराहरू भेट्टाउनुहुन्छ होला। यत्तिका धेरै कुरा कसरी सुधार्ने भनेर तपाईँलाई अत्यास लाग्न सक्छ। यो अवस्था कल्पना गर्नुहोस्‌: आज तपाईँ भेदभाव गर्नु हुँदैन भन्‍ने विषयबारे पढ्‌नुहुन्छ। (याकु. २:१-८) अनि तपाईँ आफूमा केही सुधार गर्नुपर्ने कुरा देख्नुहुन्छ र छाँटकाँट गर्ने अठोट गर्नुहुन्छ। यसरी आफैलाई केलाउनु साँच्चै राम्रो कुरा हो। अनि भोलिपल्ट तपाईँ आफ्नो बोलीलाई काबूमा राख्नु कत्ति महत्त्वपूर्ण छ भन्‍ने विषयमा पढ्‌नुहुन्छ। (याकु. ३:१-१२) अनि तपाईँ आफ्नो बोली कहिलेकाहीँ नकारात्मक हुने गरेको याद गर्नुहुन्छ। त्यसैले अबदेखि सकारात्मक अनि उत्थानदायी बोली बोल्ने सङ्‌कल्प गर्नुहुन्छ। पर्सिपल्ट तपाईँ संसारसितको मित्रता परमेश्‍वरसितको शत्रुता हो भन्‍ने विषयमा पढ्‌नुहुन्छ। (याकु. ४:४-१२) अनि मनोरञ्जन छान्‍ने सन्दर्भमा आफू अझ होसियार हुनुपर्ने कुरा महसुस गर्नुहुन्छ। निकोपर्सिसम्म पुग्दा त तपाईँ आफूमा सुधार्नुपर्ने कुराहरू देखेर आत्तिनुहुन्छ होला।

१२. आफूमा सुधार्नुपर्ने थुप्रै कुराहरू देख्नुभयो भने पनि तपाईँ किन निराश हुनुपर्दैन? (फुटनोट पनि हेर्नुहोस्‌।)

१२ तपाईँले आफूमा सुधार्नुपर्ने थुप्रै कुराहरू याद गर्नुभयो भने पनि निराश नहुनुहोस्‌। किनभने यो तपाईँ नम्र हुनुहुन्छ र तपाईँको मन सफा छ भन्‍ने कुराको प्रमाण हो। नम्र र इमानदार व्यक्‍तिले आफूमा सुधार्नुपर्ने कुराहरू भेट्टाउन सक्ने उद्देश्‍य राखेर बाइबल पढ्‌छ।a यो कुरा पनि नबिर्सनुहोस्‌, ‘नयाँ व्यक्‍तित्व धारण गर्नु’ भनेको एक चोटि मात्र गरेर पुग्ने कुरा होइन बरु यो चलिरहने प्रक्रिया हो। (कल. ३:१०) त्यसोभए तपाईँ कसरी परमेश्‍वरको वचन पालन गरिरहन सक्नुहुन्छ?

१३. लक्ष्य राख्ने सन्दर्भमा तपाईँ कसरी व्यवहारिक हुन सक्नुहुन्छ? (चित्र पनि हेर्नुहोस्‌।)

१३ आफूले सिकेको सबै कुरा एकैचोटि लागू गर्न नखोज्नुहोस्‌ बरु व्यवहारिक हुनुहोस्‌। (हितो. ११:२) यसो गरे कसो होला: आफूले सुधार्न चाहेका कुराहरूको सूची बनाउनुहोस्‌ अनि सुरुमा सुधार्नुपर्ने एउटा वा दुइटा कुरा छान्‍नुहोस्‌। अनि बाँकी कुरा पालैसित सुधार्दै लैजानुहोस्‌। त्यसोभए सुरुमा कस्तो लक्ष्य राख्नु राम्रो हो?

चित्रहरूको सँगालो: १. एक बहिनी व्यक्‍तिगत अध्ययनको बेला नोट लेख्दै छिन्‌। २. तिनी त्यो नोट बोर्डमा टाँस्दै छिन्‌। नोटमा यस्तो लेखिएको छ: “यस हप्ता, मीठो बोली, हितोपदेश १५:१।”

बाइबलमा पढेको सबै कुरा एकै चोटि लागू गर्न खोज्नुको साटो व्यवहारिक लक्ष्यहरू राख्नुभए कसो होला? सायद तपाईँ एउटा वा दुइटा बुँदा छान्‍न सक्नुहुन्छ (अनुच्छेद १३-१४ हेर्नुहोस्‌)


१४. तपाईँ सुरुमा कस्तो लक्ष्य राख्न सक्नुहुन्छ?

१४ तपाईँ सुरुमा हासिल गर्न सजिलो हुने लक्ष्य राख्न सक्नुहुन्छ अथवा सुधार गरिहाल्नुपर्ने क्षेत्र रोज्न सक्नुहुन्छ। लक्ष्य राखेपछि त्यसबारे अझ धेरै बुझ्न हाम्रा प्रकाशनहरूमा अनुसन्धान गर्न सक्नुहुन्छ। जस्तै: प्रहरीधरहरा अनलाइन लाइब्रेरी वा यहोवाका साक्षीहरूका लागि अनुसन्धान सहयोगी। अनि लक्ष्य पूरा गर्ने ‘इच्छा र शक्‍ति’ माग्दै यहोवालाई प्रार्थना गर्न सक्नुहुन्छ। (फिलि. २:१३) अनि आफूले सिकेको कुरा लागू गर्नुहोस्‌। पहिलो लक्ष्यसम्म पुग्नुभयो भने तपाईँ अर्को लक्ष्य हासिल गर्न अझ उत्प्रेरित हुनुहुनेछ। कुनै एउटा क्षेत्रमा सुधार गर्नुभयो वा कुनै एउटा गुण अझ राम्रोसँग विकास गर्नुभयो भने अरू क्षेत्रहरूमा पनि उन्‍नति गर्न सायद तपाईँलाई सजिलो हुनेछ।

परमेश्‍वरको वचनले तपाईँमा ‘काम गरोस्‌’

१५. बाइबल पढ्‌ने अरू मानिसहरूभन्दा यहोवाका सेवकहरू किन फरक छन्‌? (१ थिस्सलोनिकी २:१३)

१५ केही मानिसले थुप्रै चोटि बाइबल पढेका छन्‌ होला। तर के तिनीहरू बाइबलमा विश्‍वास गर्छन्‌? के तिनीहरू आफ्नो जीवनमा बाइबलको सल्लाह लागू गर्छन्‌? दुःखको कुरा, धेरैजसोले गर्दैनन्‌। यहोवाका सेवकहरूभन्दा कत्ति फरक! प्रथम शताब्दीका ख्रिष्टियनहरूजस्तै हामी पनि बाइबललाई “परमेश्‍वरकै वचनको रूपमा” ग्रहण गर्छौँ। त्यति मात्र होइन, हामी बाइबलको सल्लाह आफ्नो जीवनमा लागू गर्ने कोसिस गर्छौँ।—१ थिस्सलोनिकी २:१३ पढ्‌नुहोस्‌।

१६. हामी कसरी परमेश्‍वरको वचन पालन गर्ने मानिसहरू बन्‍न सक्छौँ?

१६ परमेश्‍वरको वचन पढ्‌न र त्यो लागू गर्न सधैँ सजिलो हुँदैन। हामीलाई कहिलेकाहीँ बाइबल पढ्‌ने समय निकाल्न गाह्रो हुन सक्छ अथवा छिटोछिटो पढेकोले आफूले पढेको कुरामा मनन गर्ने समय नै नहुन सक्छ। अथवा आफूले सुधार्नुपर्ने कुराहरू धेरै भएकोले हामीलाई अत्यास लाग्न सक्छ। चुनौती जस्तोसुकै भए पनि यहोवाको मदत पाएर हामी ती पार लगाउन सक्छौँ। यहोवाको मदत स्विकारौँ र सुनेर बिर्सिहाल्ने होइन बरु त्यसअनुसार गर्ने मानिसहरू हुन कटिबद्ध होऔँ! परमेश्‍वरको वचन पढ्‌न र सिकेको कुरा लागू गर्न हामी जत्ति धेरै प्रयास गर्छौँ, त्यत्ति नै आनन्दित हुनेछौँ!—याकु. १:२५.

हामी कसरी . . .

  • बाइबल पढ्‌न समय छुट्ट्याउन सक्छौँ?

  • पढेको कुरामा मनन गर्न सक्छौँ?

  • सिकेको कुरा लागू गर्न सक्छौँ?

गीत ९४ परमेश्‍वरको वचनप्रति कृतज्ञ

a jw.org मा तपाईँका साथीहरू के भन्छन्‌?—बाइबल पढाइ भन्‍ने भिडियो हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने