प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w24 नोभेम्बर p. ३१
  • नियमित रूपमा अध्ययन गर्नका लागि सुझावहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नियमित रूपमा अध्ययन गर्नका लागि सुझावहरू
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
  • मिल्दोजुल्दो सामग्री
  • पारिवारिक तालिका—पारिवारिक अध्ययन
    हाम्रो राज्य सेवकाई—२००५
  • पछि नहट्‌नुहोस्‌—व्यस्त तालिकामा छाँटकाँट गर्नुहोस्‌
    हाम्रो राज्य सेवा—२०१२
  • सबैका लागि बाइबल अध्ययनको प्रबन्ध
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • व्यक्‍तिगत अध्ययन—चिन्ताको विषय
    हाम्रो राज्य सेवकाई—१९९५
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
w24 नोभेम्बर p. ३१
एउटी बहिनी व्यक्‍तिगत अध्ययन गर्न ल्यापटप, बाइबल र नोटबुक प्रयोग गर्दै छिन्‌। उनले ल्यापटपमा “नयाँ संसार अनुवाद”-को अतिरिक्‍त लेख ख९-को “दानिएलको भविष्यवाणीका विश्‍वशक्‍तिहरू” चार्ट खोलेकी छिन्‌।

नियमित रूपमा अध्ययन गर्नका लागि सुझावहरू

के तपाईँलाई नियमित रूपमा व्यक्‍तिगत बाइबल अध्ययन गर्न र त्यसलाई रमाइलो बनाउन गाह्रो लागेको छ? हामी सबैले कहिलेकाहीँ त्यस्तै महसुस गरेका छौँ। तर नियमित रूपमा गर्नुपर्ने अरू कुराबारे विचार गरौँ। जस्तै: नुहाइधुवाइ। नुहाइधुवाइ गर्न समय लाग्छ र केही हदसम्म प्रयास पनि गर्नुपर्छ। तर नुहाइसकेपछि जीउ हलुको भएको महसुस गर्छौँ, हामीलाई आनन्द लाग्छ। व्यक्‍तिगत अध्ययन गर्नु भनेको पनि “परमेश्‍वरको वचनको पानीले धोएर” स्फूर्ति पाउनुजस्तै हो। (एफि. ५:२६) नियमित रूपमा व्यक्‍तिगत अध्ययन गर्न मदत गर्ने केही सुझावहरू विचार गरौँ:

  • तालिका बनाउनुहोस्‌। व्यक्‍तिगत बाइबल अध्ययन भनेको हामीले गर्नै पर्ने “अझ महत्त्वपूर्ण कुराहरू”-मध्ये एउटा हो। (फिलि. १:१०) आफूले बनाएको तालिकाअनुसार चल्न त्यसलाई सजिलै देख्न सकिने ठाउँमा राख्नुभए कसो होला? जस्तै: नोटिस बोर्ड वा फ्रिजको ढोकामा। अथवा अध्ययन गर्ने समयभन्दा केही समयअघि बज्ने गरी आफ्नो मोबाइलमा अलार्म राख्न सक्नुहुन्छ।

  • छाँटकाँट गर्नुहोस्‌। तपाईँलाई के गर्न सजिलो लाग्छ—लामो समय अध्ययन गर्न कि छोटो समय? तपाईँको अवस्थाबारे तपाईँलाई नै राम्ररी थाह छ। त्यसैले आवश्‍यकताअनुसार छाँटकाँट गर्नुहोस्‌। यदि अध्ययन गर्ने बेला तपाईँलाई अध्ययन गरौँ जस्तो लागेको छैन भने १० मिनेटजति मात्र अध्ययन गर्नुभए कसो होला? अध्ययनै नगर्नुभन्दा १० मिनेटजति मात्र अध्ययन गर्दा पनि तपाईँ धेरै कुरा सिक्न सक्नुहुन्छ। अनि के थाह, अध्ययन गर्न थालिसकेपछि तपाईँलाई अझै लामो समय अध्ययन गर्न पो मन लाग्छ कि?—फिलि. २:१३.

  • विषय पहिल्यै रोज्नुहोस्‌। अध्ययन गर्ने बेला कुन विषयमा अध्ययन गर्ने भनेर सोच्न थाल्नुभयो भने तपाईँले “समयको पूर्ण सदुपयोग” गरिरहनुभएको हुँदैन। (एफि. ५:१६) त्यसैले अध्ययन गर्न चाहेको विषय वा लेखहरूको सूची बनाउनुभए कसो होला? मनमा कुनै प्रश्‍न उठ्यो भने त्यही सूचीमा थप्नुहोस्‌। अनि हरेक अध्ययनको अन्तमा आफूले बुझ्न चाहेको कुनै विषय वा प्रश्‍न छ भने पनि त्यही सूचीमा थप्दै जानुहोस्‌।

  • लचिलो हुनुहोस्‌। आफ्नो तालिकामा छाँटकाँट गर्न तयार हुनुहोस्‌। जस्तै: कति समय अध्ययन गर्ने वा कुन विषयमा अध्ययन गर्ने भन्‍ने सन्दर्भमा। सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको नियमित रूपमा अध्ययन गर्नु हो, कहिले, कति लामो समय वा कुन विषयमा अध्ययन गर्ने भन्‍ने होइन।

नियमित रूपमा अध्ययन गर्दा हाम्रै भलाइ हुन्छ। हामी यहोवासित अझै नजिक हुन सक्छौँ, बुद्धि पुऱ्‍याएर कदम चाल्न सक्छौँ र स्फूर्ति पाउन सक्छौँ।—यहो. १:८.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने