प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wp25 No. १ p. ३
  • युद्धको भयानक असर

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • युद्धको भयानक असर
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • सिपाही
  • सर्वसाधारण
  • युद्ध र हिंसाको बाबजुद शान्ति पाउन सम्भव छ!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२५
  • युक्रेनमा युद्ध सुरु भएको एक वर्ष पूरा भयो—बाइबलले कस्तो आशा दिन्छ?
    थप लेखहरू
  • युद्धको लागि खरबौँको खर्च—के कुरा त्यति मात्र हो?
    थप लेखहरू
  • युद्ध र हिंसाले हामी सबैलाई कसरी असर पुऱ्‍याएको छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२५
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२५
wp25 No. १ p. ३
चित्रहरूको सँगालो: १. एउटा च्यातिएको फोटोमा एक जना सैनिकको अनुहारको माथिल्लो भाग देखाइएको छ। २. एउटा च्यातिएको फोटोमा एक जना वृद्ध स्त्रीको अनुहारको माथिल्लो भाग देखाइएको छ।

युद्धको भयानक असर

युद्ध र हिंसाको सामना गर्नु जो-कोहीको लागि दर्दनाक कुरा हो। यस्तो अवस्था भोगेका सिपाहीहरू र सर्वसाधारणमाझ यसले ठूलो असर पुऱ्‍याएको छ।

सिपाही

“युद्धमा थुप्रै मानिस गम्भीर घाइते हुन्छन्‌ र कतिपयले ज्यानै गुमाउँछन्‌। आफूवरपर यस्ता विनाशकारी घटनाहरू घटिरहने भएकोले मनमा त्रास छाइरहन्छ।”—ग्यारि, ब्रिटेन।

“मेरो ढाड र अनुहारमा गोली लागेको थियो। मैले केटाकेटी र वृद्ध-वृद्धालगायत थुप्रैले ज्यान गुमाउनुपरेको देखेँ। यस्ता कुराहरूले मन कठोर बनाइदिन्छ।”—विलमार, कोलम्बिया।

“आफ्नै आँखाअगाडि कसैलाई गोली लागेको देखेपछि त्यो दृश्‍य झलझली याद आइरहन्छ। त्यो व्यक्‍ति पीडाले कराएको र छटपटाएको कुरा दिमागमा खेलिरहन्छ। तपाईँ चाहेर पनि त्यो घटना कहिल्यै बिर्सन सक्नुहुन्‍न।”—जाफिरा, अमेरिका।

सर्वसाधारण

“म फेरि कहिल्यै खुसी हुन सक्दिनँ जस्तो लाग्थ्यो। मरिएला कि भन्‍ने डर त छँदै छ, त्यसमाथि परिवार र साथीभाइलाई केही हुने हो कि भन्‍ने डरले अझ धेरै सताउँथ्यो।”—ओलेकसान्द्रा, युक्रेन।

“बिहान २ बजेदेखि राती ११ बजेसम्म खानाको लाइनमा बस्दा निकै डर लाग्थ्यो। अचानक कहाँबाट गोली चल्ने हो, थाहै हुँदैनथ्यो।”—डेलेर, ताजिकिस्तान।

“युद्धको कारण मैले आफ्नो आमाबुबा गुमाएँ। अनाथ भएकोले मलाई सान्त्वना दिने र ख्याल राख्ने कोही थिएन।”—म्यारी, रुवाण्डा।

युद्धको मारमा परे तापनि माथि उल्लेख गरिएका व्यक्‍तिहरूले अहिले शान्ति महसुस गर्न सकेका छन्‌। त्यतिमात्र होइन, तिनीहरू अब छिट्टै युद्ध र हिंसाको अन्त हुनेछ भन्‍ने कुरामा ढुक्क छन्‌। यो कसरी हुनेछ, प्रहरीधरहरा-को यस अङ्‌कले स्पष्ट पार्नेछ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने