युद्ध र हिंसाको बाबजुद शान्ति पाउन सम्भव छ!
पहिला सैन्य सेवामा लागेका ग्यारि यसो भन्छन्: “बाइबल अध्ययन गर्नुअघि म संसारमा किन यति धेरै अन्याय, क्रूरता र समस्याहरू छन् भनेर सोच्ने गर्थेँ। तर अहिले भने मैले मनोशान्ति पाएको छु। यहोवा परमेश्वरले पृथ्वीमा शान्ति र सुरक्षा ल्याउनुहुनेछ भनेर म विश्वस्त छु।”
अरू थुप्रैले पनि ग्यारिले जस्तै महसुस गरेका छन्। आउनुहोस्, बाइबलबाट तिनीहरूले कस्तो मदत पाएका छन्, विचार गरौँ।
बाइबल भन्छ: “हे यहोवा, तपाईँ असल हुनुहुन्छ र क्षमा गर्न सधैँ तयार हुनुहुन्छ।”—भजन ८६:५.
यस पदले दिएको मदत: “यस पदले मलाई यहोवा क्षमाशील हुनुहुन्छ भन्ने कुरामा विश्वस्त बनायो। पहिले युद्धमा भाग लिँदा मैले जे-जति गलत काम गरे, त्यसको लागि यहोवा क्षमा दिन तयार हुनुहुन्छ भनेर मलाई थाह छ।”—विलमार, कोलम्बिया।
बाइबल भन्छ: “म नयाँ आकाश र नयाँ पृथ्वी सृष्टि गर्दै छु अनि पहिलेका कुराहरू फेरि सम्झनामा आउनेछैनन्; ती कुराहरू तिमीहरूले फेरि कहिल्यै आफ्नो मनमा खेलाउनेछैनौ।”—यसैया ६५:१७.
यस पदले दिएको मदत: “सेनामा छँदा भोग्नुपरेका कुराहरूले गर्दा अहिले मलाई डिप्रेसन र पोस्ट ट्रम्याटिक स्ट्रेस डिस्अर्डरजस्ता (PTSD) मानसिक रोगले सताउँछ। तर अब चाँडै यहोवाले मेरा सबै तीता यादहरू मेटिदिनुहुनेछ भनेर यस पदले मलाई आश्वासन दिएको छ। मेरो मन र दिमागबाट ती कुराहरू बिलाएर जानेछन्। यो साँच्चै एउटा अनमोल उपहार हो!”—जाफिरा, अमेरिका।
बाइबल भन्छ: “तिनको शासनकालमा धर्मी मानिसहरूको फलिफाप हुनेछ, जबसम्म चन्द्रमा रहन्छ, तबसम्म शान्ति छाउनेछ।”—भजन ७२:७.
यस पदले दिएको मदत: “म यस पदमा भनिएका कुराहरू मनन गरिरहन्छु। अब चाँडै हामीलाई युद्धका नमीठा यादहरूले फेरि कहिल्यै पिरोल्नेछैन। अनि आफ्ना प्रियजनहरूलाई केही होला कि भनेर चिन्ता पनि लिनुपर्नेछैन।”—ओलेकसान्द्रा, युक्रेन।
बाइबल भन्छ: “मरिसकेका तिम्रा मानिसहरू फेरि बाँच्नेछन्। . . . उठ! खुसीले कराओ! किनकि तिमीहरूको शीत बिहानीको शीतजस्तै छ।”—यसैया २६:१९.
यस पदले दिएको मदत: “टुट्सी नरसंहारमा कैयौँ मानिसलाई मारिँदा मैले आफ्नो परिवारको लगभग पूरै सदस्यहरू गुमाउनुपऱ्यो। तर यस पदबाट मैले उहाँहरूलाई फेरि भेट्न पाउनेछु भनी आश्वासन पाएँ। फेरि जीवित हुनुभएपछि उहाँहरूलाई भेट्ने र उहाँहरूको स्वर सुन्ने दिनको म प्रतीक्षा गर्दै छु।”—म्यारी, रुवाण्डा।
बाइबल भन्छ: “अब केही बेरपछि नै दुष्टहरूको नामोनिसान मेटिनेछ . . . बरु नम्रहरूले पृथ्वी अधिकार गर्नेछन् अनि अपार शान्तिको आनन्द उठाउनेछन्।”—भजन ३७:१०, ११.
यस पदले दिएको मदत: “हुनत अहिले युद्ध रोकिएको छ तर अन्याय र दुष्ट मानिसहरू भने अझै पनि छन्। यी पदहरूले मलाई निकै मदत गरेको छ। यहोवा सबै कुरा देख्नुहुन्छ र मेरो अवस्था राम्ररी बुझ्नुहुन्छ। उहाँले निकट भविष्यमा दुष्टहरूलाई नाश गर्नेछु भनेर प्रतिज्ञा गर्नुभएको छ।”—डेलेर, ताजिकिस्तान।
यस पत्रिकामा उल्लेख गरिएका व्यक्तिहरू यहोवाका साक्षीहरू हुन्। तिनीहरूले पनि अरू लाखौँ साक्षीले जस्तै बाइबलबाट साँचो शान्ति पाएका छन्। तिनीहरूले जातीय, राष्ट्रिय र कुनै व्यक्तिविशेषप्रतिको घृणालाई मनैदेखि हटाउन सिकेका छन्। (एफिसी ४:३१, ३२) यहोवाका साक्षीहरू राजनैतिक मामिलामा तटस्थ रहन्छन् र कुनै पनि किसिमको हिंसामा भाग लिँदैनन्।—युहन्ना १८:३६.
यहोवाका साक्षीहरूले आफ्ना विश्वव्यापी परिवारका सदस्यहरूबाट माया र साथ पाउँछन्। (युहन्ना १३:३५) जस्तै, माथि उल्लेख गरिएकी ओलेकसान्द्रा युद्धको कारण आफ्नी दिदीसित अर्को देशमा भाग्नुपरेको थियो। तिनी यसो भन्छिन्: “हामीले सिमाना पार गर्नेबित्तिकै त्यहाँका स्थानीय यहोवाका साक्षीहरू हामीलाई स्वागत गर्न आउनुभएको देख्यौँ। उहाँहरूको साथ पाएकोले शरणार्थीको रूपमा बस्नुपरे तापनि त्यस ठाउँमा घुलमिल हुन सजिलो भयो।”
यहोवाका साक्षीहरूको सभामा उपस्थित हुन हामी तपाईँहरूलाई निम्तो दिन चाहन्छौँ। हामी सभाहरूमा बाइबलले दिने शान्तिको सन्देश सुन्छौँ र एकअर्कासित कसरी शान्तिमा रहने भनेर पनि सिक्छौँ। तपाईँलाई पायक पर्ने ठाउँ पत्ता लगाउन वा कुनै यहोवाको साक्षीसित सधैँभरि जीवनको आनन्द उठाउनुहोस्! पुस्तिकाबाट निश्शुल्क बाइबल अध्ययनको लागि अनुरोध गर्न हाम्रो वेबसाइट jw.org/ne मा जानुहोस्।