बाइबलको अभिव्यक्ति
येसुले “आज्ञाकारी हुन सिक्नुभयो”
येसुले सधैँ यहोवाको आज्ञा पालन गर्नुभएको छ। (युह. ८:२९) त्यसोभए “आफूले भोगेको दुःखबाट उहाँले आज्ञाकारी हुन सिक्नुभयो” भनेर बाइबलमा किन बताइएको छ?—हिब्रू ५:८.
पृथ्वीमा हुनुहुँदा येसुले जे-जति अनुभव गर्नुभयो, त्यो उहाँले स्वर्गमा कहिल्यै अनुभव गर्नुभएको थिएन। उहाँका आमाबुबा यहोवालाई प्रेम गर्ने व्यक्तिहरू भए पनि त्रुटिपूर्ण नै थिए। (लुका २:५१) उहाँले भ्रष्ट धर्मगुरुहरू र अन्यायी शासकहरूबाट निकै दुःख झेल्नुपऱ्यो। (मत्ति २६:५९; मर्कु. १५:१५) अन्तमा उहाँले पीडादायी मृत्यु भोग्नुपऱ्यो। बाइबल भन्छ, “उहाँले आफूलाई नम्र बनाउनुभयो र मृत्युसम्मै आज्ञाकारी हुनुभयो।”—फिलि. २:८.
यसरी येसुले पृथ्वीमा हुनुहुँदा फरक परिस्थितिमा आज्ञाकारी हुन सिक्नुभयो। त्यसैले उहाँ हामीप्रति सहानुभूति देखाउन सक्ने असल राजा र प्रधानपुजारी बन्न सक्नुभयो। (हिब्रू ४:१५; ५:९) येसुले आफूले भोगेको दुःखबाट आज्ञाकारी हुन सिक्नुभएकोले उहाँ यहोवाको लागि अझ अनमोल र उपयोगी हुनुभयो। गाह्रो परिस्थिति आइपर्दा यहोवाप्रति आज्ञाकारी भइरह्यौँ भने हामी पनि उहाँको नजरमा अनमोल हुनेछौँ र उहाँले दिनुहुने जुनसुकै असाइनमेन्टमा उपयोगी हुन सक्नेछौँ।—याकु. १:४.