प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w25 अक्टोबर p. ३२
  • हरेक दिन बाइबल पढ्‌नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • हरेक दिन बाइबल पढ्‌नुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
  • मिल्दोजुल्दो सामग्री
  • श्रव्य रेकर्डिङहरू कसरी प्रयोग गर्न सक्छौं?
    हाम्रो राज्य सेवा—२०१५
  • के तपाईँ अडियो बाइबलको सदुपयोग गर्दै हुनुहुन्छ?
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • दैनिक बाइबल पढाइबाट लाभ उठाउने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • म कसरी बाइबल पढाइलाई अझ रोचक बनाउन सक्छु?
    ब्यूँझनुहोस्‌!—२००१
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
w25 अक्टोबर p. ३२

अध्ययनका लागि सुझाव

हरेक दिन बाइबल पढ्‌नुहोस्‌

हरेक दिन विभिन्‍न काम गर्नुपर्ने भएकोले के तपाईँलाई बाइबल पढ्‌ने समय निकाल्न गाह्रो भइरहेको छ? (यहो. १:८) त्यसो हो भने यीमध्ये कुनै सुझाव लागू गरेर हेर्नुहोस्‌:

  • रिमाइन्डर राख्नुहोस्‌। बाइबल पढ्‌ने समय तोक्नुहोस्‌ र त्यसको लागि फोनमा अलार्म राख्नुहोस्‌।

  • आफ्नो बाइबल देखिने ठाउँमा राख्नुहोस्‌। यदि तपाईँ बाइबल पढ्‌न छापिएकै प्रति प्रयोग गर्नुहुन्छ भने त्यो सजिलै देख्ने ठाउँमा राख्नुहोस्‌।—व्यव. ११:१८.

  • अडियो रेकर्डिङ सुन्‍नुहोस्‌। तपाईँ दैनिक कामकुरा गर्दा यी रेकर्डिङहरू सुन्‍न सक्नुहुन्छ। तारा एक आमा हुन्‌ र उनी अग्रगामी पनि गर्दै छिन्‌। उनी राती काम गर्छिन्‌। उनी भन्छिन्‌: “म घरको काम गर्दा बाइबलको अडियो रेकर्डिङहरू सुन्‍ने गर्छु। यसले गर्दा मैले हरेक दिन बाइबल पढ्‌न सकेकी छु।”

  • हरेस नखानुहोस्‌। अपर्झट आएको कुनै कुराले गर्दा तपाईँले तालिकाअनुसारै बाइबल पढ्‌न सक्नुभएन भने सुत्नुअघि केही पदहरू मात्र भए पनि पढ्‌नुहोस्‌। यसो गर्नुभयो भने धेरै लाभ उठाउन सक्नुहुनेछ।—१ पत्रु. २:२.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने