प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • ijwyp लेख २९
  • गल्ती हुँदा म के गरूँ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • गल्ती हुँदा म के गरूँ?
  • युवाहरू सोध्छन्‌
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • तपाईं के गर्नुहुने थियो?
  • गल्ती स्विकार्नुपर्ने तीन कारण
  • गल्तीबाट कसरी पाठ सिक्न सक्नुहुन्छ?
  • गल्ती हुँदा म के गरूँ?
    युवाहरूको १० प्रश्‍नका जवाफहरू
  • गल्तीहरूप्रति उचित दृष्टिकोण राख्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१७)
  • के तपाईँ आफ्नो गल्तीबाट पाठ सिक्नुहुन्छ?
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
  • आफूले गरेको गल्तीबाट पाठ सिक्नुहोस्‌
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
थप हेर्नुहोस्
युवाहरू सोध्छन्‌
ijwyp लेख २९
दुई जना केटा बेसबल लागेर फुटेको गाडीको सिसा हेर्दै

युवाहरू सोध्छन्‌

गल्ती हुँदा म के गरूँ?

  • तपाईं के गर्नुहुने थियो?

  • गल्ती स्विकार्नुपर्ने तीन कारण

  • गल्तीबाट कसरी पाठ सिक्न सक्नुहुन्छ?

तपाईं के गर्नुहुने थियो?

करिनाले कस्तो परिस्थितिको सामना गरिन्‌ पढ्‌नुहोस्‌ र ती कुराहरू आफैलाई भइरहेको कल्पना गर्नुहोस्‌। तिनको ठाउँमा तपाईं भएको भए के गर्नुहुन्थ्यो?

करिना: “कलेज जान बेस्सरी गाडी हाँकिरहेकी थिएँ। एक जना प्रहरीले मलाई रोक्यो र जरिबानाको चिट काटिदियो। मलाई साह्रै दुःख लाग्यो! यो कुरा ममीलाई बताउँदा उहाँले ‘ड्याडीलाई भन’ भन्‍नुभयो। तर म त्यसो गर्न चाहन्‍नथें।”

तपाईं के गर्नुहुने थियो?

  1. पहिलो विकल्प: त्यसबारे केही पनि भन्‍नुहुन्‍न र बुबालाई थाहै नहोस्‌ भन्‍ने आशा गर्नुहुन्छ।

  2. दोस्रो विकल्प: बुबालाई सबै कुरा बताउनुहुन्छ।

तपाईंलाई पहिलो विकल्प सजिलो लाग्ला। तपाईंकी आमाले तपाईंले बुबासित कुरा गर्नुभयो र आफ्नो गल्ती स्विकार्नुभयो भन्ठान्‍नु हुन्छ होला। आफ्नो गल्ती स्विकार्नु साँच्चै राम्रो हो, चाहे ट्राफिक नियम उल्लङ्‌घन गर्दा होस्‌ वा अन्य अवस्थामा।

गल्ती स्विकार्नुपर्ने तीन कारण

  1. १. यो नै सही कुरा हो। ख्रीष्टियनहरूले पालन गर्नुपर्ने स्तरलाई प्रस्ट पार्दै बाइबल यसो भन्छ: “हामी सबै कुरामा इमानदार भई चल्न चाहन्छौं।”—हिब्रू १३:१८.

    “मैले इमानदार हुन, आफ्नो कामको जिम्मेवारी लिन अनि कुनै गल्ती गर्दा त्यसलाई तुरुन्तै स्विकार्न निकै कोसिस गरेको छु।”—अलेक्सिस।

  2. २. गल्ती स्विकार्ने व्यक्‍तिलाई क्षमा दिन मानिसहरू इच्छुक हुन्छन्‌। बाइबल भन्छ: “तिम्रा दोषहरू लुकायौ भने तिम्रो उन्‍नति हुँदैन, तर स्वीकार गरेर ती छोड्यौ भने तिमीले कृपादृष्टि पाउनेछौ।”—हितोपदेश २८:१३.

    “गल्ती स्विकार्न साहस जुटाउनुपर्छ, तर यसो गर्दा तपाईं अरूको भरोसा जित्न सक्नुहुन्छ। तिनीहरूले तपाईं इमानदार भएको कुरा याद गर्छन्‌। आफ्नो गल्ती स्विकार्दा तपाईंले बिग्रेको परिस्थितिलाई सुधारिरहनुभएको हुनेछ।”—रिचर्ड।

  3. ३. सबैभन्दा महत्त्वपूर्ण कुरा, यसले यहोवा परमेश्‍वरलाई खुसी बनाउँछ। बाइबल भन्छ: “जो सोझो छैन, त्यसलाई परमप्रभु घीन गर्नुहुन्छ, तर सोझा मानिसहरू परमेश्‍वरका विश्‍वास-पात्र हुन्छन्‌।”—हितोपदेश ३:३२.

    “एउटा गम्भीर गल्ती गरेपछि मैले यसबारे कसैलाई बताउनुपर्छ र आफ्नो गल्ती स्विकार्नुपर्छ भनेर महसुस गर्न थालें। यहोवाको इच्छाअनुसार नचल्दा उहाँको आशिष्‌ पाउने त कुरै थिएन।”—रेचल।

गल्ती गरेपछि करिनाले के गरिन्‌? तिनले प्रहरीले दिएको जरिबानाको चिट आफ्नो बुबालाई देखाइनन्‌। तर तिनले यो कुरा सधैंको लागि लुकाउन सकिनन्‌। करिना भन्छिन्‌, “करिब एक वर्षपछि ड्याडीले बिमाको कागजात हेर्दै गर्नुहुँदा मेरो नाम लेखिएको जरिबानाको चिट याद गर्नुभयो। म नराम्ररी फसें। मैले ममीले भनेअनुसारै नगरेकोले उहाँ पनि रिसाउनुभयो!”

पाठ: करिना भन्छिन्‌: “गल्ती लुकाउँदा अवस्था झन्‌ जटिल बन्दै जान्छ। एक न एक दिन परिणाम भोग्नै पर्ने हुन्छ।”

गल्तीबाट कसरी पाठ सिक्न सक्नुहुन्छ?

गल्ती नगर्ने कोही छैन। (रोमी ३:२३; १ यूहन्‍ना १:८) तर आफ्नो गल्ती स्विकार्नु, त्यो पनि तुरुन्तै स्विकार्नु नम्रता र परिपक्वताको चिन्ह हो।

दोस्रो कदम भनेको आफ्नो गल्तीबाट पाठ सिक्नु हो। दुःखको कुरा, कोही-कोही जवानहरू यो मौकाको सदुपयोग गर्दैनन्‌। तिनीहरूले किशोर अवस्थाकी प्रिस्किलाले जस्तै अनुभव गर्न सक्छन्‌। प्रिस्किला भन्छिन्‌: “आफ्ना गल्तीहरूको कारण साह्रै निरुत्साहित हुन्थें। एकदमै निकम्मा महसुस गर्थें, त्यसैले आफ्ना गल्तीहरू बोक्नै नसकिने भारीजस्तो लाग्थ्यो। म भावविभोर हुन्थें र कुनै आशा छैन जस्तो लाग्थ्यो।”

एक किशोरी पछाडिका कुराहरू हेर्ने ऐनामा मात्र हेरेर गाडी चलाउँदै

के तपाईं पनि कहिलेकाहीं त्यस्तै महसुस गर्नुहुन्छ? गर्नुहुन्छ भने यो कुरा कहिल्यै नबिर्सनुहोस्‌: विगतको गल्तीबारे सोचिरहनु भनेको पछाडिका कुराहरू हेर्ने ऐनामा मात्र हेरेर गाडी चलाउनुजस्तै हो। विगतका कुराहरूमा मात्र ध्यान दिनु हानिकारक हुन्छ। यसले तपाईंलाई अयोग्य महसुस गराउँछ अनि भविष्यमा आउने चुनौतीहरूको सामना गर्न असक्षम बनाइदिन्छ।

बरु, आफ्नो दृष्टिकोणलाई अझै सन्तुलित बनाए कसो होला?

“आफ्ना गल्तीहरूलाई फर्केर हेर्नुहोस्‌ र ती गल्ती कहिल्यै नदोहोऱ्‍याउन त्यसबाट केही पाठ सिक्नुहोस्‌। तर गल्तीहरूमा अचाक्ली ध्यान नदिनुहोस्‌ नत्र भने तपाईंको अवस्था झन्‌ बिग्रन सक्छ।”—एलिएट।

“म आफ्ना गल्तीहरूलाई सिक्ने मौकाको रूपमा लिने कोसिस गर्छु। हरेक गल्तीबाट पाठ सिक्दा यसले अझ राम्रो व्यक्‍ति बन्‍न र भविष्यमा त्यही परिस्थितिलाई फरक तरिकाले सामना गर्न मदत गर्छ। यसो गर्दा अझै परिपक्व व्यक्‍ति हुन सक्छौं।”—भिरा।

तपाईंका साथीहरू के भन्छन्‌?

कनर

“कोही-कोही मानिस गल्ती गर्दा एकदमै दुःखित हुन्छन्‌, अरू कतिपयले भने गल्तीलाई सामान्य रूपमा लिन्छन्‌। सबैभन्दा राम्रो कुराचाहिं सन्तुलित हुनु हो। आफ्ना गल्तीहरूलाई ध्यान त दिनुपर्छ तर त्यसबाट सिक्न र त्यो नदोहोऱ्‍याउनको लागि मात्र।”—कनर।

डेमी

“धावकहरू लड्‌दा तिनीहरू लाज नमानी फेरि उठ्‌छन्‌ र दौडलाई निरन्तरता दिन्छन्‌। तपाईंले गल्ती गर्नुभयो भने पनि त्यसै गर्नुपर्छ। आफ्ना गल्तीहरूबाट पाठ सिक्नुभयो र त्यसलाई सुधार्ने प्रयास गर्नुभयो भने तपाईं अझ राम्रो व्यक्‍ति बन्‍नुहुन्छ।”—डेमी।

जिपोरा

“केही सिक्ने उद्देश्‍य राखेर आफ्ना गल्तीहरूलाई फर्केर हेर्नु राम्रो हो। पाठ सिकेर गल्ती फेरि नदोहोऱ्‍याउनुहोस्‌। घरीघरी आफ्नो गल्ती सम्झेर आफूमाथि निराशाको कालो बादल मढारिन नदिनुहोस्‌। पाठ सिक्नुहोस्‌ र अघि बढ्‌नुहोस्‌।”—जिपोरा।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने