प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • ijwbq article १०३
  • यहोवा को हुनुहुन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवा को हुनुहुन्छ?
  • बाइबल प्रश्‍नहरूको जवाफ
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • बाइबलको जवाफ
  • क४ हिब्रू धर्मशास्त्रमा परमेश्‍वरको नाम
    पवित्र बाइबल नयाँ संसार अनुवाद
  • परमेश्‍वरको नाम—यसको प्रयोग अनि अर्थ
    बाइबलले वास्तवमा के सिकाउँछ?
  • एकमात्र सत्य परमेश्‍वरलाई चिन्‍नु
    ब्यूँझनुहोस्‌!—१९९९
  • परमेश्‍वरको नाम
    ब्यूँझनुहोस्‌!—२०१७
बाइबल प्रश्‍नहरूको जवाफ
ijwbq article १०३
प्राचीन पाण्डुलिपिमा भएको टेट्राग्रामटनलाई म्याग्निफाइङ्‌ग ग्लासद्वारा हेरिंदै

यहोवा को हुनुहुन्छ?

बाइबलको जवाफ

बाइबलमा बताइएअनुसार यहोवा सबै कुरा सृष्टि गर्नुहुने साँचो परमेश्‍वर हुनुहुन्छ। (प्रकाश ४:११) भविष्यवक्‍ता अब्राहाम, मोशा अनि येशूले पनि उहाँको उपासना गर्नुभयो। (उत्पत्ति २४:२७; प्रस्थान १५:१, २; यूहन्‍ना २०:१७) उहाँ एउटा जातिको मात्र नभई “सारा पृथ्वीभरिका” मानिसहरूको परमेश्‍वर हुनुहुन्छ।—भजन ४७:२.

यहोवा भन्‍ने नाम बाइबलमा बताइएको परमेश्‍वरको एकदमै अतुलनीय नाम हो। (मर्कूस १२:२९; लूका १०:२७) यो नाम “गराउनु” अर्थ लाग्ने हिब्रू क्रियाबाट आएको हो। अनि थुप्रै शास्त्रविद्‌अनुसार यो नामको अर्थ “उहाँले गराउनुहुन्छ” भन्‍ने हो। यो नामको अर्थ विचार गर्दा सृष्टिकर्ता र आफ्नो उद्देश्‍य पूरा गर्ने व्यक्‍तिको रूपमा यहोवाको भूमिका सुहाउँछ। (यशैया ५५:१०, ११) बाइबलले हामीलाई यहोवाको व्यक्‍तित्वबारे, विशेषगरि उहाँको मुख्य गुण प्रेमबारे बताएको छ।—प्रस्थान ३४:५-७; लूका ६:३५; १ यूहन्‍ना ४:८.

हिब्रू भाषामा परमेश्‍वरको नामको चार अक्षरहरू יהוה (YHWH) हो। यसलाई टेट्राग्रामटन भनिन्छ र नेपालीमा यसलाई यहोवा भनेर अनुवाद गरिएको छ। प्राचीन हिब्रू भाषामा परमेश्‍वरको यो नामलाई कसरी उच्चारण गरिन्थ्यो, हामीलाई थाह छैन। तर नेपाली भाषामा लामो समयदेखि “यहोवा” नाम प्रयोग गरिएको छ।

प्राचीन हिब्रू भाषामा परमेश्‍वरको नामको उच्चारण कसरी गरिन्थ्यो, किन थाह छैन?

प्राचीन हिब्रू भाषामा स्वरवर्ण नभई व्यञ्जनवर्ण मात्रै प्रयोग गरिन्थ्यो। हिब्रू भाषा बोल्ने व्यक्‍ति आफैले उपयुक्‍त स्वरवर्ण राखेर पढ्‌थ्यो। तर हिब्रू धर्मशास्त्र (पुरानो नियम) लेख्न सिद्धिएपछि कोही-कोही यहूदीहरूले परमेश्‍वरको व्यक्‍तिगत नाम उच्चारण गर्नु हुँदैन भन्‍ने अन्धविश्‍वास राखे। उनीहरूले परमेश्‍वरको नाम उल्लेख गरिएको शास्त्रपदहरू आवाज निकालेर पढ्‌दा त्यसको ठाउँमा “प्रभु” अथवा “परमेश्‍वर” जस्ता पदवीहरू प्रयोग गर्न थाले। शताब्दियौंको दौडान अरूले पनि यस्तै अन्धविश्‍वास अपनाउन थाले। त्यसैले हिब्रू भाषाको यो नामको सही उच्चारण हराएर गयो।a

कसै-कसैले परमेश्‍वरको नाम “याहवे” भनेर उच्चारण गरिन्थ्यो भन्‍ने गर्छन्‌। कोहीचाहिं अरू नै तरिकामा उच्चारण गरिन्थ्यो भन्‍ने गर्छन्‌। मृत सागर पाण्डुलिपिमा भएको ग्रीक भाषाको लेवीको पुस्तकमा यो नामलाई इयाओ भनेर उल्लेख गरिएको छ। सुरु-सुरुका ग्रीक लेखकहरूले यसको उच्चारण इए, इयावे र इयाउवे हो भन्छन्‌। तर यीमध्ये कुनैलाई पनि प्राचीन हिब्रूमा प्रयोग गरिएको सही उच्चारण भनेर पुष्टि गर्न सकिएको छैन।b

बाइबलमा उल्लेख गरिएको परमेश्‍वरको नामबारे गलत धारणा

गलत धारणा: जुन-जुन अनुवादहरूमा “यहोवा” नाम प्रयोग भएको छ, वास्तवमा यो पछि थपिएको नाम हो।

तथ्य: परमेश्‍वरको नाम टेट्राग्रामटनको रूपमा बाइबलमा लगभग ७ हजार पटक उल्लेख गरिएको छ।c थुप्रै अनुवादकले मनमानी रूपमा परमेश्‍वरको नाम हटाएका छन्‌ र यसको ठाउँमा “परमप्रभु” जस्ता पदवीहरू राखेका छन्‌।

गलत धारणा: सर्वशक्‍तिमान्‌ परमेश्‍वरलाई कुनै नाम चाहिंदैन।

तथ्य: परमेश्‍वर स्वयम्‌ले बाइबल लेखकहरूलाई हजारौं पटक आफ्नो नाम प्रयोग गर्न प्रेरणा दिनुभयो। अनि उहाँको उपासना गर्ने मानिसहरूलाई पनि यो नाम प्रयोग गर्न निर्देशन दिनुभएको छ। (मर्कूस १२:२९; योएल २:३२; मलाकी ३:१६; रोमी १०:१३) मानिसहरूलाई उहाँको नाम बिर्सन लगाउने झूटा भविष्यवक्‍ताहरूको परमेश्‍वरले निन्दा गर्नुभएको छ।—यर्मिया २३:२७.

गलत धारणा: यहूदी परम्परा पछ्याउँदै परमेश्‍वरको नाम बाइबलबाट हटाउनुपर्छ।

तथ्य: कोही-कोही यहूदी शास्त्रीहरूले परमेश्‍वरको नाम उच्चारण गर्न इन्कार गरे। तर तिनीहरूले आफ्नो बाइबलबाट भने त्यो नाम हटाएनन्‌। मानिसहरूले बनाएको परम्परा पछ्याएर उहाँको आज्ञा तोडेको परमेश्‍वर चाहनुहुन्‍न।—मत्ती १५:१-३.

गलत धारणा: परमेश्‍वरको नाम बाइबलमा प्रयोग गर्नु हुँदैन किनभने प्राचीन हिब्रू भाषामा यो नाम कसरी उच्चारण गरिन्थ्यो थाह छैन।

तथ्य: यस्तो तर्क गर्नेहरू परमेश्‍वर सबै भाषाका मानिसहरूले एउटै नाम प्रयोग गरेको चाहनुहुन्छ भनेर सोच्छन्‌। तर बाइबल हेर्ने हो भने विगतको समयमा पनि विभिन्‍न भाषा बोल्ने परमेश्‍वरका सेवकहरूले व्यक्‍तिवाचक नामलाई फरक-फरक तरिकाले उच्चारण गर्थे भन्‍ने कुरा बुझ्न सक्छौं।

इस्राएलका न्यायकर्ता यहोशूको उदाहरण विचार गर्नुहोस्‌। हिब्रू भाषा बोल्ने प्रथम शताब्दीका ख्रीष्टियनहरूले उनको नामलाई यहोशूआ भनेर उच्चारण गर्थे भने ग्रीक भाषा बोल्ने ख्रीष्टियनहरूले चाहिं आइसोस्‌ भनेर उच्चारण गर्थे। बाइबलमा यहोशूको हिब्रू नामको ग्रीक भाषाको अनुवाद उल्लेख गरिएको छ। यसले ख्रीष्टियनहरूले व्यक्‍तिवाचक नामलाई चलनचल्तीको भाषामा प्रयोग गरेर व्यावहारिक तरिका अपनाएको देखाउँछ।—प्रेषित ७:४५; हिब्रू ४:८.

यही सिद्धान्त परमेश्‍वरको नाम अनुवाद गर्ने सन्दर्भमा पनि लागू गर्न सकिन्छ। सही उच्चारण के हो भनेर अल्झिएर बस्नुको सट्टा परमेश्‍वरको नाम बाइबलमा ठीक-ठीक ठाउँमा राख्नु अझ महत्त्वपूर्ण छ।

a नयाँ क्याथोलिक विश्‍वकोश (अङ्‌ग्रेजी), दोस्रो संस्करण, खण्ड १४, पृष्ठ ८८३-८८४ मा यस्तो भनिएको छ: “निर्वासनबाट छुटेको केही समयपछि ‘याहवे’ नामलाई विशेष श्रद्धाका साथ लिन थालियो र परमेश्‍वरको नाम प्रयोग गर्नु हुँदैन भनेर त्यसको ठाउँमा ‘अदोनाई’ वा ‘इलोहिम’ जस्ता शब्दहरू प्रयोग गर्न थालियो।”

b थप जानकारीको लागि पवित्र बाइबल नयाँ संसार अनुवाद-को (मत्तीदेखि प्रकाशसम्म) अतिरिक्‍त लेख १ मा भएको “ग्रीक धर्मशास्त्रमा पनि परमेश्‍वरको नामको प्रयोग” हेर्नुहोस्‌।

c थियोलोजिकल लेक्सिकन अफ द ओल्ड टेस्टामेन्ट, खण्ड २, पृष्ठ ५२३-५२४ हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने