प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • ijwbq लेख १०९
  • संसारको अन्त कहिले हुन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • संसारको अन्त कहिले हुन्छ?
  • बाइबल प्रश्‍नहरूको जवाफ
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • बाइबलको जवाफ
  • संसारको अन्तदेखि डराउनुपर्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • अन्तबारे चार वटा प्रश्‍नका जवाफ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
  • “अन्त” तर के को?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • के यो संसार रहिरहनेछ?
    के यो संसार रहिरहनेछ?
थप हेर्नुहोस्
बाइबल प्रश्‍नहरूको जवाफ
ijwbq लेख १०९
घडीमा बाह्र बज्न लागेको छ

संसारको अन्त कहिले हुन्छ?

बाइबलको जवाफ

यस संसारको अन्त कहिले हुन्छ भनेर बुझ्न पहिले “संसार” भन्‍ने शब्दलाई बाइबलमा कसरी चलाइएको छ, त्यो बुझ्नुपर्छ। ग्रीक शब्द कोसमोस-लाई प्रायजसो “संसार” भनेर अनुवाद गर्ने गरिन्छ। कोसमोस-ले प्रायजसो परमेश्‍वरको स्तरबमोजिम जीवन नबिताउने मानिसहरूलाई बुझाउँछ। (युहन्‍ना १५:१८, १९; २ पत्रुस २:५) कहिलेकाहीँ भने मानव समाजलाई पनि बुझाउँछ।—१ कोरिन्थी ७:३१; १ युहन्‍ना २:१५, १६.a

“संसारको अन्त” के हो?

“संसारको अन्त” भन्‍ने वाक्यांशलाई कुनै-कुनै बाइबलले “यस युगको आखिरी समय” वा “यस युगका अन्त्य” भनेर पनि अनुवाद गरेको छ। (मत्ति २४:३; नयाँ संशोधित संस्करण) यसले पूरै पृथ्वी नष्ट हुने वा सबै मानिस नाश हुने कुरालाई बुझाउँदैन तर मानव समाज नाश हुने कुरालाई बुझाउँछ।—१ युहन्‍ना २:१७.

बाइबलले “कुकर्मीहरू नामेट हुनेछन्‌” र असल मानिसहरू पृथ्वीमा आनन्दित भएर बस्नेछन्‌ भनेर बताएको छ। (भजन ३७:९-११) कुकर्मीहरू ‘महासङ्‌कष्टको’ अन्तमा अर्थात्‌ आरमागेडोनको’ युद्धमा नाश हुनेछन्‌।—मत्ति २४:२१, २२; प्रकाश १६:१४, १६.

संसारको अन्त कहिले हुन्छ?

येशूले यसो भन्‍नुभयो: “त्यस दिन र समयको विषयमा कसैले जान्दैन, न स्वर्गदूतहरूले न त छोराले तर बुबाले मात्र जान्‍नुहुन्छ।” (मत्ति २४:३६, ४२) अनि अन्तको समयबारे उहाँले अझै यसो भन्‍नुभयो: “तिमीहरूले नचिताएको समयमा” यो आउनेछ।—मत्ति २४:४४

हामीलाई अन्त ठ्याक्क कुन दिन र कुन बेला आउँछ भनेर थाह छैन। तर संसारको अन्त हुनुअघि कस्तो “चिन्ह” अर्थात्‌ कस्ता घटनाहरू हुनेछन्‌ भनेर येशूले बताउनुभयो। (मत्ति २४:३, ७-१४) ती घटनाहरू हुने समयलाई बाइबलमा “अन्तको समय” र “अन्तको दिन” भनिएको छ।—दानिएल १२:४; २ तिमोथि ३:१-५.

संसारको अन्त भइसकेपछि केही कुरा बाँकी रहनेछ?

छ। पृथ्वी यहीँ रहनेछ। किनभने बाइबलले यसो भनेको छ: “त्यो आफ्नो ठाउँबाट कहिल्यै डगमगाउनेछैन, सदासर्वदा स्थिर रहनेछ।” (भजन १०४:५) अनि पृथ्वीमा मानिसहरू पनि हुनेछन्‌। यसबारे बाइबलले यसो भनेको छ: “धर्मीहरूले पृथ्वी अधिकार गर्नेछन्‌ र तिनीहरू त्यहाँ सधैँभरि रहनेछन्‌।” (भजन ३७:२९) परमेश्‍वरले सुरुमा जस्तो उद्देश्‍य राख्नुभएको थियो, पृथ्वीमा त्यस्तै अवस्था हुनेछ। जस्तै:

  • पूरै पृथ्वी प्रमोदवन हुनेछ।—यसैया ३५:१; लुका २३:४३.

  • पृथ्वीमा सुरक्षा र संवृद्धि हुनेछ।—मिका ४:४.

  • सबै मानिसले अर्थपूर्ण काम गर्नेछन्‌ र सन्तुष्ट हुनेछन्‌।—यसैया ६५:२१-२३.

  • मानिसहरू बिरामी र वृद्ध हुनेछैनन्‌।—अय्युब ३३:२५; यसैया ३३:२४.

मानिसहरू प्रमोदवनमा रमाइलो गर्दै

a ग्रीक शब्द इयन-लाई पनि कुनै-कुनै बाइबलमा “संसार” भनेर अनुवाद गरिएको छ। त्यसरी अनुवाद गरिएको ठाउँमा इयन शब्दको अर्थ पनि कोसमोस शब्दको अर्थ जस्तै मानव समाज भन्‍ने हुन्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने