प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • ijwhf लेख ३
  • कसरी माया व्यक्‍त गर्ने?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • कसरी माया व्यक्‍त गर्ने?
  • परिवारका लागि
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • तपाईँले के बुझ्नुपर्छ?
  • तपाईँ के गर्न सक्नुहुन्छ?
  • ‘एक दोस्रोतर्फ कोमल स्नेह देखाउनुहोस्‌’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • वैवाहिक जीवन सुखी बनाउनुहोस्‌: माया देखाउनुहोस्‌
    परिवारका लागि
  • भ्रातृस्नेहको कुञ्जी थाहा लगाउनु
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
  • परिवारका सदस्यहरूबीच स्नेह व्यक्‍त गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
थप हेर्नुहोस्
परिवारका लागि
ijwhf लेख ३
एक पति आफ्नी पत्नीलाई अँगालो हाल्दै

परिवारका लागि

कसरी माया व्यक्‍त गर्ने?

वर्षहरू बित्दै जाँदा केही विवाहित दम्पती एकअर्कालाई पहिलाजस्तो माया व्यक्‍त गर्दैनन्‌। तपाईँको वैवाहिक सम्बन्धमा पनि यस्तै भइरहेको छ भने के तपाईँले चिन्ता लिनुपर्छ?

  • तपाईँले के बुझ्नुपर्छ?

  • तपाईँ के गर्न सक्नुहुन्छ?

तपाईँले के बुझ्नुपर्छ?

वैवाहिक सम्बन्ध बलियो बनाउन माया व्यक्‍त गर्नु अत्यावश्‍यक छ। जसरी हाम्रो शरीरलाई बलियो अनि स्वस्थ राखिराख्न नियमित रूपमा खाना खानु र पानी पिउनु अत्यावश्‍यक छ, त्यसरी नै वैवाहिक सम्बन्धलाई सुमधुर र बलियो बनाउन एकअर्कालाई माया व्यक्‍त गरिरहनु पनि उत्तिकै महत्त्वपूर्ण छ। विवाह भएको दशकौँ नै बितिसकेको किन नहोस्‌, तपाईँ आफ्नो जीवनसाथीलाई धेरै माया गर्नुहुन्छ अनि ख्याल राख्नुहुन्छ भन्‍ने कुरामा तिनलाई ढुक्क महसुस गराइरहनुपर्छ।

साँचो प्रेम निःस्वार्थ हुन्छ। यसले अर्को व्यक्‍तिको खुसी खोज्छ। त्यसैले विचारशील जीवनसाथीले आफूलाई मन लागेको बेलामा मात्र माया व्यक्‍त गर्ने गर्दैनन्‌। बरु आफ्नो जोडीको भावनात्मक आवश्‍यकता बुझ्छन्‌ र त्यसैअनुसार माया व्यक्‍त गर्न प्रयास पनि गर्छन्‌।

साधारणतया, पतिहरूभन्दा पत्नीहरूले मायाको चाहना धेरै गर्ने गर्छन्‌। हुनत पतिले आफ्नी पत्नीलाई असाध्यै माया गर्छन्‌ होला। तर तिनी पत्नीलाई दिनको सुरु र अन्तमा मात्र वा शारीरिक सम्बन्ध राख्नुभन्दा अगाडि मात्र माया व्यक्‍त गर्ने गर्छन्‌ भने पतिले आफूलाई साँच्चै माया गर्छन्‌ कि गर्दैनन्‌ भनेर पत्नीलाई शङ्‌का लाग्न सक्छ। त्यसैले दिनभरि नै विभिन्‍न तरिकामा एकअर्कालाई माया व्यक्‍त गर्नु बेस हो।

तपाईँ के गर्न सक्नुहुन्छ?

शब्दद्वारा माया व्यक्‍त गर्नुहोस्‌। “म तिमीलाई माया गर्छु” वा “तिमी मेरो लागि बहुमूल्य छौ” जस्ता अभिव्यक्‍ति सुन्दा तपाईँको जोडी प्रफुल्लित हुनेछन्‌।

बाइबल सिद्धान्त: “हृदयमा जे प्रशस्त छ, मुखले त्यही बोल्छ।”—मत्ति १२:३४.

सुझाव: तपाईँले बोलेरै मात्र माया व्यक्‍त गर्नुपर्छ भन्‍ने छैन। नोट, इमेल वा मेसेजमार्फत पनि माया व्यक्‍त गर्न सकिन्छ।

व्यवहारद्वारा माया व्यक्‍त गर्नुहोस्‌। “म तिमीलाई माया गर्छु” भनेर शब्दद्वारा मात्र होइन, व्यवहारद्वारा पनि आफ्नो जोडीलाई साँच्चै माया गरेको कुरा देखाउन सकिन्छ। जस्तै: अँगालो हाल्ने, चुम्बन गर्ने वा हात समाउने। साथै मायालु स्पर्श गर्दा, कोमल नजरले हेर्दा वा बेलाबखतमा उपहार दिँदा तपाईँ आफ्नो जोडीको साँच्चै ख्याल गर्नुहुन्छ भन्‍ने देखिन्छ। तपाईँ आफ्नी पत्नीलाई सघाउन सक्नुहुन्छ कि? जस्तै: झोला बोकिदिने, ढोका खोलिदिने, भाँडा माझिदिने, लुगा धोइदिने वा खाना पकाइदिने। यसरी सघाउँदा धेरैजसो पत्नीले त्यसलाई व्यावहारिक मदत मात्र ठान्‍नेछैनन्‌ बरु कामद्वारा व्यक्‍त गरिएको माया ठान्‍नेछन्‌।

बाइबल सिद्धान्त: “हामीले वचन र मुखले [मात्र] होइन तर कामद्वारा साँचो प्रेम गर्नुपर्छ।”—१ युहन्‍ना ३:१८.

सुझाव: डेटिङ गर्दा आफ्नो जोडीसित जति विचारशील भएर व्यवहार गर्नुहुन्थ्यो, अहिले पनि त्यसरी नै व्यवहार गर्नुहोस्‌।

एकअर्काको लागि समय निकाल्नुहोस्‌। दुई जना मात्रै समय बिताउँदा तपाईँहरूको वैवाहिक सम्बन्ध बलियो हुन्छ। साथै सँगै समय बिताउन तपाईँलाई रमाइलो लाग्छ भनेर तपाईँको जोडीले महसुस गर्नेछन्‌। तपाईँको छोराछोरी छन्‌ वा हरेक दिन गर्नुपर्ने कामहरू धेरै छन्‌ भने एकअर्काको लागि समय निकाल्न गाह्रो हुन सक्छ। त्यसैले नियमित रूपमा दुई जना मात्रै कतै टहल्न जानुभए कसो होला?

बाइबल सिद्धान्त: “अझ महत्त्वपूर्ण कुराहरू के हुन्‌, सो तिमीहरूले पक्का गर्न सक।”—फिलिप्पी १:१०.

सुझाव: केही व्यस्त दम्पती एकअर्कासित नियमित रूपमा समय बिताउन डेटिङ गएजस्तै बेलुकी सँगै खाना खान जाने वा सप्ताहन्तमा कतै घुम्न जाने गर्छन्‌।

पतिपत्नी रेस्टुरेन्टमा खाना खाँदै

आफ्नो जीवनसाथीलाई चिन्‍नुहोस्‌। अरूबाट माया पाउने सन्दर्भमा हरेक व्यक्‍तिको चाहना फरक-फरक हुन्छ। आफ्नो जोडीले कसरी माया व्यक्‍त गरिएको चाहन्छन्‌ वा अझ धेरै माया देखाउनुपर्ने पो हो कि, त्यसबारे एकअर्कासित कुराकानी गर्नुहोस्‌। त्यसपछि तिनको आवश्‍यकता पूरा गर्न तुरुन्तै कदम चाल्नुहोस्‌। नबिर्सनुहोस्‌, वैवाहिक सम्बन्ध बलियो बनाउन माया व्यक्‍त गर्नु अत्यावश्‍यक छ।

बाइबल सिद्धान्त: “प्रेमले . . . आफ्नै फाइदा खोज्दैन।”—१ कोरिन्थी १३:४, ५.

सुझाव: ‘तपाईँ मलाई मायै गर्नुहुन्‍न’ भनेर मायाको माग गर्नुको साटो आफैलाई सोध्नुहोस्‌, “आफ्नो जीवनसाथीबाट अझ धेरै माया पाउन के गर्न सक्छु?”

डग्लस र डेब्रा

“मैले आफ्नो आवश्‍यकता र चाहनाबारे मात्र सोच्नु हुँदैन भनेर सिकेँ। बरु मेरो पतिले परिवारको लागि जे-जति गरिरहनुभएको छ, त्यसको लागि अझ धेरै कृतज्ञता व्यक्‍त गर्न थालेँ। मैले उहाँलाई जति माया व्यक्‍त गर्न थालेँ, उहाँले पनि मलाई त्यति नै माया व्यक्‍त गर्न थाल्नुभयो।”—डेब्रा, आफ्नो पति डग्लससित।

एरोन र फ्लाभिया

“हामी एकअर्काको चाहना बुझ्ने प्रयास गर्दै छौँ। जस्तै, मेरो श्रीमान्‌ले केही व्यावहारिक मदत दिँदा म उहाँलाई धन्यवाद दिन्छु। त्यसो गर्दा उहाँ खुसी हुनुहुन्छ अनि मैले ख्याल राखेको महसुस गर्नुहुन्छ। अर्कोतर्फ, उहाँले ‘तिमीलाई कस्तो छ’ भनेर सोध्नुहुँदा मलाई खुसी लाग्छ। यसरी सोध्नुहुँदा उहाँले मेरो ख्याल राख्नुभएको महसुस गर्छु।”-फ्लाभिया, आफ्नो पति एरोनसित।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने