प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
स्वागत छ।
यो साइट यहोवाका साक्षीहरूद्वारा प्रकाशित विभिन्न भाषाका प्रकाशनहरूमा अनुसन्धान गर्न तयार पारिएको हो।
प्रकाशनहरू डाउनलोड गर्न कृपया jw.org-मा जानुहोस्।
  • आज

आइतबार, नोभेम्बर २

आओ, बाँकी अरू मानिसहरूजस्तै हामी ननिदाऔं बरु जागा बसौँ अनि सचेत रहौँ।​—१ थिस्स. ५:६.

सचेत रहिरहन मदत गर्ने महत्त्वपूर्ण गुण प्रेम हो। (मत्ति २२:३७-३९) सुसमाचारको निम्ति जस्तोसुकै कष्ट भोग्नुपरे पनि परमेश्‍वरप्रतिको प्रेमले हामीलाई त्यसमा लागिरहन मदत गर्छ। (२ तिमो. १:७, ८) हामी यहोवाको सेवा नगर्ने व्यक्‍तिहरूलाई पनि प्रेम गर्छौँ। त्यसैले हामी टेलिफोन र चिठीमार्फत अनि अरू तरिकामा मानिसहरूलाई साक्षी दिने प्रयास गर्छौँ। ती मानिसहरूले कुनै दिन आफ्नो मन परिवर्तन गर्नेछन्‌ र सही काम गर्नेछन्‌ भनेर हामी आशा गरिरहन्छौँ। (इज. १८:२७, २८) हामी आफ्ना दाजुभाइ दिदीबहिनीलाई पनि प्रेम गर्छौँ। हामी ‘एकअर्कालाई प्रोत्साहन दिएर अनि एकअर्काको उत्थान गरेर’ यस्तो प्रेम देखाउँछौँ। (१ थिस्स. ५:११) रणभूमिमा सिपाहीहरूले एकअर्कालाई साथ दिएजस्तै हामी पनि एकअर्कालाई प्रोत्साहन दिन्छौँ। हामी पनि भाइबहिनीलाई जानाजानी चोट पुऱ्‍याउँदैनौँ न त खराबीको बदला खराबी गर्छौँ। (१ थिस्स. ५:१३, १५) साथै मण्डलीमा नेतृत्व लिइरहेका भाइहरूलाई आदर गरेर पनि हामी प्रेम गरेको देखाउँछौँ।—१ थिस्स. ५:१२ w२३.०६ पृ. १० अनु. ६; पृ. ११ अनु. १०-११

दिनहुँ धर्मशास्त्र जाँच्ने—२०२५

सोमबार, नोभेम्बर ३

[यहोवाले] भनेपछि के त्यो गर्नुहुन्‍न र?​—गन्ती २३:१९.

हाम्रो विश्‍वासलाई बलियो बनाउन मदत गर्ने एउटा तरिका फिरौतीको बलिदानमा मनन गर्नु हो। फिरौतीको बलिदान परमेश्‍वरका प्रतिज्ञाहरू पूरा हुनेछन्‌ भन्‍ने कुराको ग्यारेन्टी हो। हामीले फिरौतीको प्रबन्ध किन गरियो र यसको लागि यहोवाले कत्ति ठूलो मोल चुकाउनुभयो भन्‍ने कुरामा गहिरिएर मनन गर्नुपर्छ। यसो गऱ्‍यौँ भने अनन्त जीवन दिने परमेश्‍वरको प्रतिज्ञा पूरा हुनेछ भन्‍ने कुरामाथिको हाम्रो विश्‍वास बलियो हुनेछ। हामी किन यसो भन्‍न सक्छौँ? फिरौतीको बलिदानको प्रबन्ध गर्न यहोवाले के-के गर्नुभयो? उहाँले आफ्नो एक मात्र प्यारो छोरा, जो उहाँको सबैभन्दा मिल्ने साथी पनि हुनुहुन्थ्यो, उहाँलाई पृथ्वीमा मानिसको रूपमा जन्मिन पठाउनुभयो। पृथ्वीमा हुनुहुँदा येसुले अनेक कठिनाइहरू सहनुभयो। अन्तमा मानिसहरूले उहाँलाई दिनुसम्म सास्ती दिएर यातनाको खम्बामा झुन्ड्याए। यहोवाले कत्ति ठूलो मोल चुकाउनुभयो! हामीलाई छोटो समयको लागि मात्र उत्तम जीवन दिन उहाँले आफ्नो प्यारो छोरालाई यस्तो पीडादायी मृत्यु भोग्न कहिल्यै पठाउनुहुने थिएन। (युह. ३:१६; १ पत्रु. १:१८, १९) हो, यहोवाले हाम्रो लागि ठूलो मोल चुकाउनुभयो। त्यसैले उहाँले नयाँ संसारमा हामीलाई पक्कै अनन्त जीवन दिनुहुनेछ। w२३.०४ पृ. २७ अनु. ८-९

दिनहुँ धर्मशास्त्र जाँच्ने—२०२५

मङ्‌गलबार, नोभेम्बर ४

ए मृत्यु, तेरो खील खोइ?​—होसे १३:१४.

के यहोवासित मरेकाहरूलाई जीवित पार्ने इच्छा छ? पक्कै छ! उहाँले फेरि जीवित पार्ने प्रतिज्ञाबारे केही बाइबल लेखकलाई लेख्न लगाउनुभयो। (यसै. २६:१९; प्रका. २०:११-१३) उहाँले कुनै प्रतिज्ञा गर्नुभएपछि त्यो सधैँ पूरा गर्नुहुन्छ। (यहो. २३:१४) हो, यहोवा मरेकाहरूलाई जीवित पार्न उत्सुक हुनुहुन्छ। कुलपिता अय्युबले भनेका शब्दहरू विचार गरौँ। तिनी मरिहाले भने पनि यहोवाले तिनलाई फेरि जीवित पार्न तीव्र इच्छा गर्नुहुन्छ भन्‍ने कुरामा तिनी ढुक्क थिए। (अय्यु. १४:१४, १५) मरिसकेका आफ्ना सबै उपासकलाई पनि यहोवा जीवित पार्न तीव्र इच्छा गर्नुहुन्छ। उहाँ तिनीहरू फेरि स्वस्थ र आनन्दित भएको हेर्न चाहनुहुन्छ। यहोवाबारे सत्य कुरा सिक्ने मौका नपाई मरेका करोडौँ मानिसबारे चाहिँ के भन्‍न सकिन्छ? हाम्रो मायालु परमेश्‍वर तिनीहरूलाई पनि जीवित पार्न चाहनुहुन्छ। (प्रेषि. २४:१५) उहाँ तिनीहरूलाई आफ्नो साथी बन्‍ने र पृथ्वीमा सधैँभरि जीवन बिताउने मौका दिन चाहनुहुन्छ।—युह. ३:१६. w२३.०४ पृ. ९ अनु. ५-६

दिनहुँ धर्मशास्त्र जाँच्ने—२०२५
स्वागत छ।
यो साइट यहोवाका साक्षीहरूद्वारा प्रकाशित विभिन्न भाषाका प्रकाशनहरूमा अनुसन्धान गर्न तयार पारिएको हो।
प्रकाशनहरू डाउनलोड गर्न कृपया jw.org-मा जानुहोस्।
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने