प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
स्वागत छ।
यो साइट यहोवाका साक्षीहरूद्वारा प्रकाशित विभिन्न भाषाका प्रकाशनहरूमा अनुसन्धान गर्न तयार पारिएको हो।
प्रकाशनहरू डाउनलोड गर्न कृपया jw.org-मा जानुहोस्।
  • आज

सोमबार, नोभेम्बर ३

[यहोवाले] भनेपछि के त्यो गर्नुहुन्‍न र?​—गन्ती २३:१९.

हाम्रो विश्‍वासलाई बलियो बनाउन मदत गर्ने एउटा तरिका फिरौतीको बलिदानमा मनन गर्नु हो। फिरौतीको बलिदान परमेश्‍वरका प्रतिज्ञाहरू पूरा हुनेछन्‌ भन्‍ने कुराको ग्यारेन्टी हो। हामीले फिरौतीको प्रबन्ध किन गरियो र यसको लागि यहोवाले कत्ति ठूलो मोल चुकाउनुभयो भन्‍ने कुरामा गहिरिएर मनन गर्नुपर्छ। यसो गऱ्‍यौँ भने अनन्त जीवन दिने परमेश्‍वरको प्रतिज्ञा पूरा हुनेछ भन्‍ने कुरामाथिको हाम्रो विश्‍वास बलियो हुनेछ। हामी किन यसो भन्‍न सक्छौँ? फिरौतीको बलिदानको प्रबन्ध गर्न यहोवाले के-के गर्नुभयो? उहाँले आफ्नो एक मात्र प्यारो छोरा, जो उहाँको सबैभन्दा मिल्ने साथी पनि हुनुहुन्थ्यो, उहाँलाई पृथ्वीमा मानिसको रूपमा जन्मिन पठाउनुभयो। पृथ्वीमा हुनुहुँदा येसुले अनेक कठिनाइहरू सहनुभयो। अन्तमा मानिसहरूले उहाँलाई दिनुसम्म सास्ती दिएर यातनाको खम्बामा झुन्ड्याए। यहोवाले कत्ति ठूलो मोल चुकाउनुभयो! हामीलाई छोटो समयको लागि मात्र उत्तम जीवन दिन उहाँले आफ्नो प्यारो छोरालाई यस्तो पीडादायी मृत्यु भोग्न कहिल्यै पठाउनुहुने थिएन। (युह. ३:१६; १ पत्रु. १:१८, १९) हो, यहोवाले हाम्रो लागि ठूलो मोल चुकाउनुभयो। त्यसैले उहाँले नयाँ संसारमा हामीलाई पक्कै अनन्त जीवन दिनुहुनेछ। w२३.०४ पृ. २७ अनु. ८-९

दिनहुँ धर्मशास्त्र जाँच्ने—२०२५

मङ्‌गलबार, नोभेम्बर ४

ए मृत्यु, तेरो खील खोइ?​—होसे १३:१४.

के यहोवासित मरेकाहरूलाई जीवित पार्ने इच्छा छ? पक्कै छ! उहाँले फेरि जीवित पार्ने प्रतिज्ञाबारे केही बाइबल लेखकलाई लेख्न लगाउनुभयो। (यसै. २६:१९; प्रका. २०:११-१३) उहाँले कुनै प्रतिज्ञा गर्नुभएपछि त्यो सधैँ पूरा गर्नुहुन्छ। (यहो. २३:१४) हो, यहोवा मरेकाहरूलाई जीवित पार्न उत्सुक हुनुहुन्छ। कुलपिता अय्युबले भनेका शब्दहरू विचार गरौँ। तिनी मरिहाले भने पनि यहोवाले तिनलाई फेरि जीवित पार्न तीव्र इच्छा गर्नुहुन्छ भन्‍ने कुरामा तिनी ढुक्क थिए। (अय्यु. १४:१४, १५) मरिसकेका आफ्ना सबै उपासकलाई पनि यहोवा जीवित पार्न तीव्र इच्छा गर्नुहुन्छ। उहाँ तिनीहरू फेरि स्वस्थ र आनन्दित भएको हेर्न चाहनुहुन्छ। यहोवाबारे सत्य कुरा सिक्ने मौका नपाई मरेका करोडौँ मानिसबारे चाहिँ के भन्‍न सकिन्छ? हाम्रो मायालु परमेश्‍वर तिनीहरूलाई पनि जीवित पार्न चाहनुहुन्छ। (प्रेषि. २४:१५) उहाँ तिनीहरूलाई आफ्नो साथी बन्‍ने र पृथ्वीमा सधैँभरि जीवन बिताउने मौका दिन चाहनुहुन्छ।—युह. ३:१६. w२३.०४ पृ. ९ अनु. ५-६

दिनहुँ धर्मशास्त्र जाँच्ने—२०२५

बुधबार, नोभेम्बर ५

परमेश्‍वरबाटै हामीले बल पाउनेछौँ।​—भज. १०८:१३.

तपाईँ आफ्नो आशालाई कसरी बलियो बनाउन सक्नुहुन्छ? तपाईँको आशा पृथ्वीमा सधैँभरि जिउने हो भने प्रमोदवनबारे बाइबलमा पाइने विवरणहरू पढ्‌नुहोस्‌ र त्यसमा मनन गर्नुहोस्‌। (यसै. २५:८; ३२:१६-१८) नयाँ संसारमा जीवन कस्तो हुनेछ भनेर सोच्नुहोस्‌। आफू त्यहीँ भएको कल्पना गर्नुहोस्‌। नियमित रूपमा नयाँ संसारबारे सोच्नुभयो भने तपाईँलाई आफ्ना समस्याहरू “क्षणिक र हलुका” लाग्नेछ। (२ कोरि. ४:१७) हो, यहोवा तपाईँलाई भविष्यको आशामार्फत बलियो पार्नुहुन्छ। उहाँले हामीलाई बल दिन चाहिने सबै कुराको प्रबन्ध गरिसक्नुभएको छ। त्यसैले असाइनमेन्ट पूरा गर्न, परीक्षा सहन वा आफ्नो आनन्द कायम गर्न यहोवालाई व्यग्र प्रार्थना गर्नुहोस्‌ र व्यक्‍तिगत अध्ययन गरेर उहाँको डोऱ्‍याइ खोज्नुहोस्‌। भाइबहिनीले दिने प्रोत्साहन स्विकार्नुहोस्‌। आफ्नो आशालाई धमिलो हुन नदिनुहोस्‌। ‘अनि महिमाले भरिपूर्ण परमेश्‍वरको सामर्थ्यबाट ठूलो बल पाएर तपाईँहरूले सबै कुरा धीरजी र आनन्दित हुँदै सहन सक्नुहुनेछ।’—कल. १:११. w२३.१० पृ. १७ अनु. १९-२०

दिनहुँ धर्मशास्त्र जाँच्ने—२०२५
स्वागत छ।
यो साइट यहोवाका साक्षीहरूद्वारा प्रकाशित विभिन्न भाषाका प्रकाशनहरूमा अनुसन्धान गर्न तयार पारिएको हो।
प्रकाशनहरू डाउनलोड गर्न कृपया jw.org-मा जानुहोस्।
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने