प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • jy अध्या. २७ पृ. ६८-पृ. ६९ अनु. ६
  • मत्तिलाई बोलाउनुहुन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मत्तिलाई बोलाउनुहुन्छ
  • येसु—बाटो, सत्य र जीवन
  • मिल्दोजुल्दो सामग्री
  • मत्तीलाई बोलावट
    सबैभन्दा महान्‌ पुरुष
  • कर—“सभ्य समाजको” मूल्य?
    ब्यूँझनुहोस्‌!—२००४
  • के तपाईँलाई थाह थियो?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
  • परमेश्‍वरको दयाको अनुकरण आज नै गर्नु होस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९२
थप हेर्नुहोस्
येसु—बाटो, सत्य र जीवन
jy अध्या. २७ पृ. ६८-पृ. ६९ अनु. ६
येसुले कर उठाउनेहरू र पापीहरूसित बसेर मत्तिको घरमा भोजन गर्नुहुँदा फरिसीहरू हेर्दै

अध्याय २७

मत्तिलाई बोलाउनुहुन्छ

मत्ति ९:९-१३ मर्कुस २:१३-१७ लुका ५:२७-३२

  • येसु कर उठाउने मत्तिलाई बोलाउनुहुन्छ

  • ख्रिष्ट पापीहरूलाई मदत गर्न तिनीहरूसित सङ्‌गत गर्नुहुन्छ

पक्षाघात भएको मानिसलाई निको पारेपछि येसु केही समय गालिल समुद्रको किनारमा अवस्थित कफर्नहुम सहरमै बस्नुहुन्छ। फेरि पनि भीड उहाँकहाँ आउँछ र उहाँ तिनीहरूलाई शिक्षा दिन थाल्नुहुन्छ। त्यसपछि त्यहाँबाट जाँदै गर्नुहुँदा उहाँ लेवि पनि भनिने मत्तिलाई कर उठाउने ठाउँमा बसिरहेको देख्नुहुन्छ। उहाँ तिनलाई यस्तो निम्तो दिनुहुन्छ: “मेरो पछि लाग।”—मत्ति ९:९.

पत्रुस, अन्द्रियास, याकुब र युहन्‍नाजस्तै मत्ति पनि येसुका शिक्षाहरू र उहाँले त्यस इलाकामा गर्नुभएका कामहरूसित पहिल्यैदेखि केही हदसम्म परिचित भएका हुन सक्छन्‌। तिनीहरूले जस्तै मत्तिले पनि तुरुन्तै उहाँको निम्तो स्विकार्छन्‌। यसबारे मत्ति यसो भन्छन्‌: “तब तिनी [मत्ति स्वयम्‌] जुरुक्क उठेर उहाँको पछि लागे।” (मत्ति ९:९) यसरी मत्ति कर उठाउने पेसा छोडेर येसुको चेला बन्छन्‌।

येसु मत्तिलाई कर उठाउने ठाउँमा बसिरहेको देख्नुहुन्छ र आफ्नो पछि लाग्न निम्तो दिनुहुन्छ

सायद येसुबाट यस्तो विशेष निम्तो पाएको खुसीयाली मनाउन केही समयपछि मत्तिले आफ्नो घरमा ठूलो भोज आयोजना गर्छन्‌। येसु र उहाँका चेलाहरूका साथै अरू कसले पनि निम्तो पाएका छन्‌? मत्तिको पुरानो साथीहरू, जो तिनीसँगै कर उठाउँथे, तिनीहरूले पनि निम्तो पाएका छन्‌। तिनीहरू मानिसहरूले घृणा गर्ने रोमी सरकारको लागि कर उठाउँछन्‌। साथै तिनीहरू बन्दरगाहमा आएका जहाजहरू र सडक हुँदै ल्याइएका मालसामानहरूको कर उठाउँछन्‌ अनि बाहिरबाट आयात भएका सामानहरूको भन्सार महसुल उठाउँछन्‌। यहुदीहरू यी कर उठाउनेहरूलाई साधारणतया कुन नजरले हेर्छन्‌? बेइमानी गरेर धेरै कर असुल्ने भएकोले मानिसहरू यिनीहरूलाई घृणा गर्छन्‌। साथै यस भोजमा नराम्रो काम गर्ने भनेर चिनिएका ‘पापीहरू’ पनि छन्‌।—लुका ७:३७-३९.

येसुलाई यस्ता मानिसहरूसित देख्दा त्यहाँ उपस्थित आत्मधर्मी फरिसीहरू उहाँका चेलाहरूलाई यस्तो प्रश्‍न गर्छन्‌: “तिमीहरूका गुरु किन कर उठाउने र पापी मानिसहरूसित बसेर खान्छन्‌?” (मत्ति ९:११) तिनीहरूको कुरा सुनेर येसु यसो भन्‍नुहुन्छ: “निरोगीहरूलाई होइन तर रोगीहरूलाई वैद्यको खाँचो पर्छ। त्यसैले जाओ र यसको अर्थ के हो, सिक: ‘म बलिदान होइन, कृपा चाहन्छु।’ किनकि म धर्मीहरूलाई होइन तर पापीहरूलाई बोलाउन आएँ।” (मत्ति ९:१२, १३; होसे ६:६) फरिसीहरूले येसुलाई चोखो मनले “गुरु” भनेर सम्बोधन गरेका होइनन्‌। तैपनि तिनीहरूले साँचो कुरा के हो भनेर येसुबाट सिक्न सक्छन्‌।

कर उठाउनेहरू र पापीहरूले येसुको कुरा सुनेर तिनीहरू आध्यात्मिक रूपमा निको होऊन्‌ भनेर मत्तिले तिनीहरूलाई आफ्नो घरमा निम्तो दिएका हुन सक्छन्‌ किनकि “तिनीहरूमध्ये धेरै जना उहाँको चेला बनेका थिए।” (मर्कुस २:१५) येसु तिनीहरूलाई परमेश्‍वरसित राम्रो सम्बन्ध गाँस्न मदत गर्न चाहनुहुन्छ। आत्मधर्मी फरिसीहरूले जस्तो येसु तिनीहरूलाई घृणा गर्नुहुन्‍न। उहाँ तिनीहरूलाई देखेर करुणा र कृपाले भरिनुभएको छ। त्यसैले आध्यात्मिक रूपमा बिरामी भएकाहरूको लागि उहाँ आध्यात्मिक डाक्टरको भूमिका पूरा गर्न सक्नुहुन्छ।

येसुले कर उठाउने मानिसहरू र पापीहरूप्रति कृपा देखाउनुको अर्थ उहाँले तिनीहरूको पापप्रति आँखा चिम्लनुभएको होइन। बरु उहाँ शारीरिक रूपमा बिरामी भएका मानिसहरूप्रति जुन कोमल भाव राख्नुहुन्छ, तिनीहरूप्रति पनि त्यस्तै भाव राख्नुहुन्छ। उदाहरणको लागि, उहाँले कुष्ठरोगीलाई करुणाले भरिएर छुँदै यसो भन्‍नुभएको घटना सम्झनुहोस्‌: “म इच्छा गर्छु। तिमी शुद्ध भइजाऊ।” (मत्ति ८:३) हामीले पनि खाँचोमा परेकाहरूलाई यसरी नै कृपा देखाउँदै मदत गर्नु पर्दैन र? हामी उनीहरूलाई विशेषगरि आध्यात्मिक मदत दिन चाहन्छौँ।

  • येसु मत्तिलाई कहाँ देख्नुहुन्छ?

  • यहुदीहरू कर उठाउनेहरूलाई किन घृणा गर्छन्‌?

  • येसु पापीहरूसित किन सङ्‌गत गर्नुहुन्छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने