प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w16 जुलाई p. ३१-p. ३२ par. ६
  • पाठकहरूको प्रश्‍न

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूको प्रश्‍न
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
  • मिल्दोजुल्दो सामग्री
  • “म तिनीहरूलाई एउटै जाति बनाउनेछु”
    यहोवाको शुद्ध उपासना—आखिरमा पुनर्स्थापित हुन्छ!
  • १२क दुइटा लौरोलाई सँगै जोड्‌ने
    यहोवाको शुद्ध उपासना—आखिरमा पुनर्स्थापित हुन्छ!
  • “तिमीहरू जिउँदो हुनेछौ”
    यहोवाको शुद्ध उपासना—आखिरमा पुनर्स्थापित हुन्छ!
  • ‘म एउटा गोठालो नियुक्‍त गर्नेछु’
    यहोवाको शुद्ध उपासना—आखिरमा पुनर्स्थापित हुन्छ!
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
w16 जुलाई p. ३१-p. ३२ par. ६
दुइटा लौरो समात्दै गरेका इजकिएल

पाठकहरूको प्रश्‍न

इजकिएल अध्याय ३७ मा वर्णन गरिएको दुईवटा लौरोलाई जोड्‌नुको अर्थ के हो?

प्रतिज्ञा गरिएको देशमा पुनर्स्थापित भएपछि इस्राएल राष्ट्र एकीकरण हुनेछ भन्‍ने आशाको सन्देश यहोवाले इजकिएललाई दिनुभयो। साथै त्यो सन्देश अन्तको दिनमा परमेश्‍वरका सेवकहरू एकताबद्ध हुनेछन्‌ भन्‍ने कुराको भविष्यवाणी पनि थियो।

यहोवाले भविष्यवक्‍ता इजकिएललाई दुईवटा लौरोमा लेख्न भन्‍नुभयो। तिनले एउटा लौरोमा, “यहूदा र त्यसका इस्राएली सहयोगीहरू!” अनि अर्को लौरोमा चाहिं, “एप्रैमको लाठो [लौरो] यूसुफ, र त्यसका सबै इस्राएली सहयोगीहरू” भनी लेख्नुपर्थ्यो। अनि ती दुवै लौरो इजकिएलको हातमा “एउटै लौरो जस्तै” हुनेथिए।—इज. ३७:१५-१७.

यहाँ उल्लेख गरिएको “एप्रैम” शब्दले केलाई चित्रण गर्छ? उत्तरी दस-गोत्रे राज्यका पहिलो राजा यारोबाम एप्रैम कुलका थिए, जुन त्यतिबेलाको ठूलो कुल थियो। (व्यव. ३३:१३, १७; १ राजा ११:२६) त्यो कुल यूसुफको छोरा एप्रैमबाट आएको थियो। (गन्ती १:३२, ३३) अनि यूसुफले आफ्ना बुबा याकूबबाट विशेष आशिष्‌ पाएका थिए। त्यसकारण, दस गोत्रे राज्यलाई चित्रण गर्ने लौरोलाई ‘एप्रैमको लौरो’ भन्‍नु उचित थियो। इजकिएलले दुइटा लौरोसम्बन्धी गरिएको भविष्यवाणी रेकर्ड गर्नुभन्दा धेरैअघि, ईसापूर्व ७४० मा अश्‍शूरीहरूले इस्राएलको उत्तरी राज्यलाई कैद गरेर लगेका थिए। (२ राजा १७:६) यसरी धेरैजसो इस्राएलीहरू विभिन्‍न इलाकामा छरिन पुगे। तर पछि अश्‍शूरीहरूलाई हराएपछि ती इलाकाहरूमा बेबिलोनीहरूले शासन गर्न थाले।

ईसापूर्व ६०७ मा बेबिलोनीहरूले दक्षिणी दुई गोत्रे राज्य र सायद उत्तरी राज्यका बाँकी रहेका सबै राज्यलाई आफ्नो कब्जामा लिए। ती दुई गोत्रे राज्यमाथि यहूदाको वंशका राजाहरूले शासन गर्थे; पुजारीहरूले यरूशलेमको मन्दिरमा सेवा गर्ने भएकोले तिनीहरूले पनि त्यही गोत्रलाई साथ दिए। (२ इति. ११:१३, १४; ३४:३०) त्यसैले दुई गोत्रे राज्यलाई “यहूदा”-को लौरोले प्रतिनिधित्व गर्छ भन्‍नु एकदमै उचित छ।

लाक्षणिक अर्थमा, ती दुई लौरो कहिले एउटै हुनेथिए? ईसापूर्व ५३७ मा इस्राएलीहरू मन्दिरको पुनर्निर्माण गर्न यरूशलेम फर्कंदा यो कुरा पूरा भयो। त्यतिबेला दुई गोत्रे र दस गोत्रे दुवै राज्यका प्रतिनिधिहरू निर्वासनबाट फर्के। त्यसपछि इस्राएलका सन्तानहरूबीच कुनै विभाजन रहेन। (इज. ३७:२१, २२) फेरि सबै इस्राएलीहरूले एकताबद्ध भएर यहोवाको उपासना गर्न थाले। भविष्यवक्‍ता यशैया र यर्मिया दुवैले पहिल्यै यसबारे भविष्यवाणी गरेका थिए।—यशै. ११:१२, १३; यर्मि. ३१:१, ६, ३१.

यो भविष्यवाणीमा शुद्ध उपासनाबारे कुन महत्त्वपूर्ण कुरालाई जोड दिइएको छ? त्यो हो: यहोवा आफ्ना उपासकहरूलाई “एउटै” अर्थात्‌ एकताबद्ध बनाउनुहुन्छ। (इज. ३७:१८, १९) के एकतासम्बन्धी यो भविष्यवाणी अहिले हाम्रो समयमा पूरा भइरहेको छ? हो, छ। सन्‌ १९१९ मा परमेश्‍वरका सेवकहरूलाई बिस्तारै सङ्‌गठित र एकताबद्ध बनाइएको समयदेखि यो भविष्यवाणी पूरा हुन थाल्यो। यसरी परमेश्‍वरका सेवकहरूबीच फाटो ल्याउने सैतानको प्रयास सदाको लागि विफल भयो।

त्यतिबेला एकताबद्ध हुनेहरूमध्ये धेरैजसोको आशा स्वर्गमा येशूसँगै राजा र पुजारी हुनेथियो। (प्रका. २०:६) लाक्षणिक अर्थमा, तिनीहरू यहूदाको लौरोजस्तै थिए। तर समय बित्दै जाँदा यसै पृथ्वीमा सधैंभरि बाँच्ने आशा भएका अझ धेरैले यी आध्यात्मिक यहूदीहरूलाई साथ दिन थाले। (जक. ८:२३) त्यसैले तिनीहरूलाई यूसुफको लौरो भन्‍न सकिन्छ अनि तिनीहरूसित येशूसँगै मिलेर शासन गर्ने आशा छैन।

अहिले यी दुवै समूह एकताबद्ध भई एउटै राजा येशू ख्रीष्टको अधीनमा बसेर परमेश्‍वरको सेवा गर्दै छन्‌; बाइबलमा उहाँबारे भविष्यवाणी गरिंदा “मेरो दाऊद” भनेर सम्बोधन गरिएको थियो। (इज. ३७:२४, २५) उहाँले बुबा र आफू एकतामा भएजस्तै आफ्ना चेलाहरू पनि आपसमा “एकतामा होऊन्‌” भनी प्रार्थना गर्नुभयो।a (यूह. १७:२०, २१) साथै उहाँले अभिषिक्‍त ख्रीष्टियनहरूको सानो बगाल र “अरू भेडा” “एउटै बगालका” हुनेछन्‌ भनी भविष्यवाणी गर्नुभयो। तिनीहरू सबै “एकै जना गोठालोका” हुनेथिए। (यूह. १०:१६) भविष्यको आशा फरक भए तापनि अहिले यहोवाका सेवकहरूबीचको एकतालाई येशूले कत्ति राम्ररी बताउनुभयो।

दुई लौरो एक हुन्छन्‌ भन्‍ने भविष्यवाणी पुरातन समयमा अनि आधुनिक समयमा पूरा हुन्छ

a येशूले आफ्नो उपस्थितिको चिन्हबारे बताउनुभएको कुरालाई विचार गर्दा हामी रोचक कुरा थाह पाउन सक्छौं। उहाँले सबैभन्दा पहिला नेतृत्व लिने अभिषिक्‍त भाइहरूको सानो समूह अर्थात्‌ “विश्‍वासी र बुद्धिमान्‌ दास”-बारे बताउनुभयो। (मत्ती २४:४५-४७) त्यसपछि खासगरि स्वर्गीय आशा पाएकाहरू सबैलाई लागू हुने दृष्टान्तहरू बताउनुभयो। (मत्ती २५:१-३०) अन्तमा, ख्रीष्टका भाइहरूलाई सहयोग गर्ने समूह अर्थात्‌ यसै पृथ्वीमा सधैंभरि बाँच्ने आशा पाएकाहरूबारे बताउनुभयो। (मत्ती २५:३१-४६) आधुनिक समयमा इजकिएलको भविष्यवाणी पनि त्यही तरिकाले पूरा भयो। हो, सुरुमा यो भविष्यवाणी स्वर्गीय आशा पाएकाहरूमा लागू भयो। हुन त, दस-गोत्रे राज्यले पृथ्वीमा सधैंभरि बाँच्ने आशा पाएकाहरूलाई सङ्‌केत गर्दैन, तैपनि यो भविष्यवाणीमा बताइएको एकताबद्ध हुने कुराले पृथ्वीमा सधैंभरि बाँच्ने आशा पाएका र स्वर्ग जाने आशा पाएकाहरूबीच भएको एकतालाई बुझाउँछ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने