प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w14 १०/१५ pp. ७-१२
  • परमेश्‍वरको राज्यमा अटल विश्‍वास राख्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • परमेश्‍वरको राज्यमा अटल विश्‍वास राख्नुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • परमेश्‍वरको उद्देश्‍य कसरी पूरा हुन्छ भनेर स्पष्ट पार्ने प्रतिज्ञा
  • सन्तान चिन्‍न मदत गर्ने करार
  • परमेश्‍वरको राज्य सधैंभरि रहन्छ भनेर ग्यारेन्टी दिने करार
  • पुजारी हुने करार
  • करारहरूले राज्यको लागि कानुनी आधार तयार पाऱ्‍यो
  • तिमीहरू “पूजाहारीहरूको एक राज्य” हुनेछौ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • यहोवा करारहरूका परमेश्‍वर हुनुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • “पवित्र रहस्यमा भएको परमेश्‍वरको बुद्धि”
    यहोवासित नजिक हुनुहोस्‌
  • नयाँ करारद्वारा महान्‌ आशिष्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
w14 १०/१५ pp. ७-१२
परमेश्‍वरको राज्य आएपछि सुन्दर बगैंचामा जीवनको आनन्द उठाइरहेका मानिसहरू

परमेश्‍वरको राज्यमा अटल विश्‍वास राख्नुहोस्‌

“विश्‍वास भनेको आशा गरिएका कुराहरू पक्कै पूरा हुनेछन्‌ भनेर पर्खनु . . . हो।”—हिब्रू ११:१.

के तपाईं बुझाउन सक्नुहुन्छ?

“परमेश्‍वरको उद्देश्‍य पूरा गर्ने करारहरू” पेटी हेरेर यी प्रतिज्ञा तथा करारहरूको उद्देश्‍यबारे बताउनुहोस्‌।

  • अदनको बगैंचामा गरिएको प्रतिज्ञा

  • अब्राहामसित बाँधिएको करार र दाऊदसित बाँधिएको करार

  • मल्कीसेदेकजस्तो पुजारी हुने करार

१, २. परमेश्‍वरको राज्यले उहाँको उद्देश्‍य पूरा गर्नेछ भनेर पक्का हुन हामीले कुन कुराको अध्ययन गर्नुपर्छ? एफिसी २:१२ अनुसार करारहरूले कसरी हाम्रो विश्‍वास बलियो बनाउँछ? (शीर्षकमाथिको चित्र हेर्नुहोस्‌)

परमेश्‍वरको राज्यले सबै समस्या हटाउनेछ भनेर बाइबलले सिकाउँछ। हामी मानिसहरूलाई यो कुरा बताउन इच्छुक छौं। परमेश्‍वरको त्यो राज्यले उहाँको उद्देश्‍य पनि पूरा गर्नेछ अनि यो कुराबाट हामी सान्त्वना पाउँछौं। तर त्यो राज्य वास्तविक राज्य हो र यसले परमेश्‍वरको उद्देश्‍य पूरा गर्नेछ भनेर के हामी साँच्चै विश्‍वास गर्छौं? हामी किन परमेश्‍वरको राज्यमा अटल विश्‍वास राख्न सक्छौं?—हिब्रू ११:१.

२ सर्वशक्‍तिमान्‌ परमेश्‍वर यहोवाले आफ्नो उद्देश्‍य पूरा गर्न मसीही राज्य स्थापना गर्नुभयो। यो राज्यको बलियो जग छ। त्यो हो, राज्य गर्ने यहोवाको अधिकार। परमेश्‍वरको राज्यका केही महत्त्वपूर्ण पक्षहरू पनि छन्‌। जस्तै: यो राज्यको राजा को हुने? उहाँसित मिलेर कसले शासन गर्ने? तिनीहरूले कोमाथि शासन गर्ने? अनि तिनीहरूले कस्ता कुराहरूमाथि अधिकार गर्ने? यी कुराहरू पक्का गर्न परमेश्‍वरले करार बाँध्नुभएको छ। ती करारहरू यहोवा वा उहाँको छोरा येशू ख्रीष्टले गर्नुभएको कानुनी सम्झौता हुन्‌। यी करारहरूबारे अध्ययन गर्दा यहोवाको उद्देश्‍य कसरी पूरा हुनेछ भनेर राम्ररी बुझ्नेछौं। यो राज्य सधैंभरि रहिरहनेछ भनेर किन पक्का हुन सक्छौं, त्यो पनि बुझ्नेछौं।—एफिसी २:१२ पढ्‌नुहोस्‌।

३. यो र यसपछिको लेखमा हामी कुन कुरा छलफल गर्नेछौं?

३ परमेश्‍वरको राज्यसित सम्बन्धित छवटा करार बाइबलमा उल्लेख गरिएका छन्‌। ती हुन्‌: (१) अब्राहामसित बाँधिएको करार, (२) व्यवस्थाको करार, (३) दाऊदसित बाँधिएको करार, (४) मल्कीसेदेकजस्तो पुजारी हुने करार, (५) नयाँ करार र (६) राज्य करार। यी करारहरू परमेश्‍वरको राज्यसित कसरी सम्बन्धित छन्‌? यी करारहरूले कसरी परमेश्‍वरको उद्देश्‍य पूरा गर्छ? आउनुहोस्‌, यी प्रश्‍नहरूबारे विचार गरौं।—“परमेश्‍वरको उद्देश्‍य पूरा गर्ने करारहरू” भन्‍ने पेटी हेर्नुहोस्‌।

परमेश्‍वरको उद्देश्‍य कसरी पूरा हुन्छ भनेर स्पष्ट पार्ने प्रतिज्ञा

४. उत्पत्तिको किताबअनुसार यहोवाले कुन तीनवटा आदेश जारी गर्नुभयो?

४ यहोवाले मानिसजातिको सृष्टि गर्नुहुँदा तीनवटा कुरा स्पष्ट पार्नुभएको थियो: (१) परमेश्‍वरकै स्वरूपमा मानिसजातिको सृष्टि गर्ने, (२) मानिसजातिले पूरै पृथ्वीलाई सुन्दर बगैंचा बनाउने र परमेश्‍वरको स्तरबमोजिम चल्ने सन्तानहरूले पृथ्वी भर्ने अनि (३) आदम र हव्वाले असल र खराबको ज्ञान दिने रूखको फल खान नहुने। (उत्प. १:२६, २८; २:१६, १७) वास्तवमा यहोवाको उद्देश्‍य पूरा गर्न मानिसजातिले यीमध्ये अन्तिम दुइटा कुरा पालन गरे पुग्थ्यो। त्यसोभए परमेश्‍वरले किन करारहरू बाँध्नुभयो त?

५, ६. (क) सैतानले कसरी परमेश्‍वरको उद्देश्‍य विफल पार्न खोज्यो? (ख) सैतानले यहोवाको शासन गर्ने अधिकारमाथि प्रश्‍न उठाउँदा उहाँले के गर्नुभयो?

५ सैतानले यहोवाको विरोध गऱ्‍यो। त्यसले परमेश्‍वरको उद्देश्‍य पूरा हुन नदिन प्रयास गऱ्‍यो। त्यसले हव्वालाई असल र खराबको ज्ञान दिने रूखको फल खान लगाएर यहोवाको आज्ञा तोड्‌न लगायो। (उत्प. ३:१-५; प्रका. १२:९) यसरी पूरै सृष्टिमाथि शासन गर्ने यहोवाको अधिकारमाथि सैतानले प्रश्‍न उठायो। पछि त्यसले मानिसहरू आफ्नै स्वार्थ पूरा गर्न मात्र यहोवाको सेवा गर्छन्‌ समेत भन्यो।—अय्यू. १:९-११; २:४, ५.

६ सैतानले यहोवाको शासन गर्ने अधिकारमाथि प्रश्‍न उठाउँदा उहाँले के गर्नुभयो? उहाँले विरोधीहरूलाई तुरुन्तै नाश गर्न सक्नुहुन्थ्यो तर त्यसो गर्नुभएन। उहाँले विरोधीहरूलाई नाश गर्नुभएको भए आदम र हव्वाको आज्ञाकारी सन्तानले पृथ्वी भर्ने उहाँको उद्देश्‍य पूरा हुने थिएन। विरोधीहरूलाई तुरुन्तै नाश गर्नुको साटो बुद्धिमान्‌ सृष्टिकर्ताले एउटा प्रतिज्ञा गर्नुभयो। त्यो हो, अदनको बगैंचामा गरिएको प्रतिज्ञा। यो प्रतिज्ञाले यहोवाको उद्देश्‍य अवश्‍य पूरा हुनेछ भन्‍ने ग्यारेन्टी दियो।—उत्पत्ति ३:१५ पढ्‌नुहोस्‌।

७. अदनको बगैंचामा गरिएको प्रतिज्ञाले सैतान र त्यसको सन्तानबारे कुन कुरा स्पष्ट पार्छ?

७ अदनको बगैंचामा गरिएको प्रतिज्ञामार्फत यहोवाले सर्प र त्यसको सन्तान अर्थात्‌ सैतान र भविष्यमा त्यसको पक्ष लिनेहरूलाई सजाय सुनाउनुभयो। साँचो परमेश्‍वरले स्त्रीको सन्तानलाई सैतानको विनाश गर्ने अधिकार दिनुभयो। त्यसोभए अदनको बगैंचामा गरिएको प्रतिज्ञाबाट हामी के थाह पाउँछौं? सैतान र त्यसको विद्रोहले पारेको असर अन्त हुनेछ भनेर थाह पाउँछौं। साथै, त्यो कसरी हुनेछ भनेर पनि थाह पाउँछौं।

८. स्त्री र स्त्रीको सन्तान को हुन्‌ भन्‍ने कुरा कहिले स्पष्ट भयो?

८ स्त्रीको सन्तान को हुने थियो? त्यो सन्तान मानिस हुन सक्दैन। स्त्रीको सन्तानले सर्पको शिर कुच्याउनेछ अर्थात्‌ सैतानलाई “नामेट” पार्नेछ भनेर बाइबल बताउँछ। (हिब्रू २:१४) सैतान स्वर्गदूतहरूमध्ये एक भएकोले त्यसलाई नाश गर्ने व्यक्‍ति पनि स्वर्गकै कोही एक जना हुनुपर्छ। त्यसैगरि त्यो सन्तानलाई जन्माउने स्त्री पनि स्वर्गकै हुनुपर्छ। सर्पको सन्तान बढ्‌दै गयो। तर स्त्री र स्त्रीको सन्तान को हुन्‌ भन्‍ने रहस्यचाहिं ४,००० वर्षपछि मात्र खुल्यो। त्यही अवधिमा यहोवाले केही करार बाँध्नुभयो। ती करारहरूले सन्तान चिन्‍न मदत गऱ्‍यो। सैतानले मानव परिवारमाथि ल्याएको विपत्ति यहोवाले कसरी हटाउनुहुन्छ भन्‍ने कुरा पनि ती करारहरूले स्पष्ट पाऱ्‍यो।

सन्तान चिन्‍न मदत गर्ने करार

९. यहोवाले अब्राहामसित कुन करार बाँध्नुभयो? त्यो करार कहिलेदेखि लागू भयो?

९ अदनको बगैंचामा सैतानलाई सजाय सुनाएको २,००० वर्षपछि यहोवाले अब्राहामलाई ऊर छोडेर कनान देशमा जाने आदेश दिनुभयो। (प्रेषि. ७:२, ३) यहोवाले तिनलाई यसो भन्‍नुभयो, “तेरो देश र तेरा कुटुम्ब तथा तेरा पिताका जहानबाट निस्केर जुन देश म तँलाई देखाउँछु त्यहाँ जा। म तँबाट एउटा ठूलो जाति खडा गर्नेछु। म तँलाई आशिष्‌ दिनेछु र तेरो नाउँ प्रसिद्ध गराउनेछु। तँ आशिष्‌को मूल भएस्‌। तँलाई आशिष्‌ दिनेहरूलाई म आशिष्‌ दिनेछु, र तँलाई सराप दिनेहरूलाई म सराप दिनेछु। तँमानै पृथ्वीका सबै कुलले आशिष्‌ पाउनेछन्‌।” (उत्प. १२:१-३) यहोवाले अब्राहामसित गर्नुभएको यो प्रतिज्ञालाई अब्राहामसित बाँधिएको करार भनिन्छ। यहोवाले अब्राहामसित पहिलो पटक कहिले करार बाँध्नुभयो, त्यो त हामीलाई थाह छैन। तर त्यो करार कहिलेदेखि लागू भयो भन्‍ने कुराचाहिं थाह छ। पचहत्तर वर्ष पुगेका अब्राहामले ईसापूर्व १९४३ मा हारान छोडेर यूफ्रेटिस नदी पार गरेपछि त्यो करार लागू भयो।

१०. (क) अब्राहामले यहोवामाथि ठूलो भरोसा देखाए भनेर किन भन्‍न सक्छौं? (ख) यहोवाले स्त्रीको सन्तानबारे कस्ता जानकारीहरू दिंदै जानुभयो?

१० अब्राहाम र तिनका सन्तानलाई आशिष्‌ दिने प्रतिज्ञा यहोवाले थुप्रै पटक दोहोऱ्‍याउनुभयो र हरेक पटक थप जानकारी दिनुभयो। (उत्प. १३:१५-१७; १७:१-८, १६) आफ्नो एक मात्र छोरालाई बलिदान दिन राजी भएर अब्राहामले यहोवामाथि ठूलो भरोसा देखाए। त्यसकारण यहोवाले आफ्नो प्रतिज्ञा पूरा गर्नेछु भनेर सपथ खानुभयो। यसले गर्दा परमेश्‍वरको प्रतिज्ञा अवश्‍य पूरा हुनेछ भनेर अब्राहाम पक्का भए। (उत्पत्ति २२:१५-१८; हिब्रू ११:१७, १८ पढ्‌नुहोस्‌) अब्राहामसित बाँधिएको करार लागू भएपछि यहोवाले स्त्रीको सन्तानबारे थप जानकारी दिंदै जानुभयो। जस्तै: त्यो सन्तान अब्राहामको वंशबाट आउनेछन्‌, त्यो सन्तानमा अरूहरू पनि थपिनेछन्‌, तिनीहरूले राजाको रूपमा शासन गर्नेछन्‌, तिनीहरूले परमेश्‍वरका सबै शत्रुलाई नाश गर्नेछन्‌ र तिनीहरूबाट धेरै मानिसले आशिष्‌ पाउनेछन्‌।

Aइसहाकलाई बलि चढाउन जाँदै अब्राहाम

अब्राहामले यहोवाका प्रतिज्ञाहरूमा अटल विश्‍वास राखे (अनुच्छेद १० हेर्नुहोस्‌)

११, १२. अब्राहामसित बाँधिएको करारको अझ ठूलो पूर्ति हुनेछ भनेर बाइबलले कसरी देखाउँछ? यस करारको अझ ठूलो पूर्ति हुँदा हामीलाई के फाइदा हुन्छ?

११ अब्राहामका सन्तान अर्थात्‌ इस्राएलीहरू प्रतिज्ञा गरिएको देशमा प्रवेश गरेपछि अब्राहामसित बाँधिएको करार पूरा भयो। तर यस करारको अझ ठूलो पूर्ति हुनेछ भनेर बाइबल बताउँछ। (गला. ४:२२-२५) यो ठूलो पूर्तिमा अब्राहामको सन्तानको पहिलो भाग ख्रीष्ट हुनुहुन्छ र दोस्रो भाग १ लाख ४४ हजार अभिषिक्‍त ख्रीष्टियन हुन्‌ भनेर प्रेषित पावलले लेखे। (गला. ३:१६, २९; प्रका. ५:९, १०; १४:१, ४) सन्तानलाई जन्म दिने स्त्रीचाहिं “माथिको यरूशलेम” अर्थात्‌ यहोवाको सङ्‌गठनको स्वर्गीय भाग हो। यो भाग वफादार स्वर्गदूतहरू मिलेर बनेको छ। (गला. ४:२६, ३१) यही स्त्रीको सन्तानमार्फत मानिसजातिले आशिष्‌ पाउनेछन्‌ भनेर अब्राहामसित करार बाँध्दा यहोवाले प्रतिज्ञा गर्नुभएको थियो।

१२ अब्राहामसित बाँधिएको करार स्वर्गको राज्यको लागि कानुनी आधार बन्यो। यस करारले गर्दा राजा र उहाँसितै शासन गर्नेहरूले त्यो राज्यमाथि अधिकार गर्न सम्भव भयो। (हिब्रू ६:१३-१८) तर यो करार कहिलेसम्म लागू हुनेछ? उत्पत्ति १७:७ अनुसार यो करार “युगयुगसम्म” लागू हुनेछ। मसीही राज्यले परमेश्‍वरका शत्रुहरूलाई नाश नगरुन्जेल र पृथ्वीका सबै मानिसले आशिष्‌ नपाउन्जेल यो करार लागू हुनेछ। (१ कोरि. १५:२३-२६) यो करारले गर्दा हुने लाभ सधैंभरि रहनेछ। असल मानिसहरूले ‘पृथ्वी भर्ने’ आफ्नो उद्देश्‍य यहोवाले अवश्‍य पूरा गर्नुहुनेछ भनेर अब्राहामसित बाँधिएको करारले स्पष्ट पार्छ।—उत्प. १:२८.

परमेश्‍वरको राज्य सधैंभरि रहन्छ भनेर ग्यारेन्टी दिने करार

१३, १४. दाऊदसित बाँधिएको करारले कुन कुराको ग्यारेन्टी दिन्छ?

१३ अदनको बगैंचामा गरिएको प्रतिज्ञा र अब्राहामसित बाँधिएको करारले यहोवाको शासन सधैं उहाँको स्तरअनुरूप चल्नेछ भनेर देखाउँछ। त्यसैले उहाँले स्थापना गर्नुभएको मसीही राज्य पनि उहाँको स्तरअनुरूप चल्नेछ। (भज. ८९:१४) के यो सरकार भ्रष्ट हुनेछ? के यसलाई हटाउनु आवश्‍यक पर्नेछ? यस्तो कहिल्यै हुनेछैन भनेर अर्को करारले ग्यारेन्टी दिन्छ।

१४ यहोवाले इस्राएलका राजा दाऊदसित एउटा प्रतिज्ञा गर्नुभयो। त्यस प्रतिज्ञालाई दाऊदसित बाँधिएको करार भनिन्छ। (२ शमूएल ७:१२, १६ पढ्‌नुहोस्‌) दाऊदको घरानाबाटै मसीह आउनेछन्‌ भनेर यहोवाले प्रतिज्ञा गर्नुभयो। (लूका १:३०-३३) यसरी उहाँले मसीहको जन्म कसको घरानामा हुनेछ भन्‍नेबारे अझ स्पष्ट जानकारी दिनुभयो। दाऊदको यो सन्तानसित मसीही राज्यको राजा हुने “अधिकार छ” भनेर यहोवाले बताउनुभयो। (इज. २१:२५-२७) येशूद्वारा दाऊदको “सिंहासन सदा सर्वदाको लागि स्थिर” हुनेछ। दाऊदको सन्तान “सदाको निम्ति रहनेछ, र तिनको सिंहासनचाहिं सूर्यझैं . . . रहनेछ।” (भज. ८९:३४-३७) परमेश्‍वरले स्थापना गर्नुभएको यो सरकार कहिल्यै भ्रष्ट हुनेछैन र यसले मानिसजातिलाई पुऱ्‍याउने फाइदा सधैंभरि रहनेछ।

पुजारी हुने करार

१५-१७. मल्कीसेदेकजस्तो पुजारी हुने करारअनुसार स्त्रीको सन्तानले कुन भूमिका पनि खेल्ने थियो? किन?

१५ अब्राहामसित बाँधिएको करार र दाऊदसित बाँधिएको करारले स्त्रीको सन्तान राजा हुनेछ भनेर स्पष्ट पार्छ। तर सबै मानिसले लाभ उठाउने हो भने स्त्रीको सन्तान राजा भएर मात्र पुग्दैनथ्यो। तिनले पुजारीको रूपमा पनि काम गर्नुपर्थ्यो। तब मात्र मानिसहरू पापबाट मुक्‍त हुने थिए अनि स्वर्ग र पृथ्वीका वफादार सेवकहरू मिलेर बनेको परिवारको भाग बन्‍ने थिए। स्त्रीको सन्तानले पुजारीको रूपमा काम गर्न सकून्‌ भनेर यहोवाले अर्को कानुनी सम्झौता गर्नुभयो। त्यो हो, मल्कीसेदेकजस्तो पुजारी हुने करार।

१६ यहोवाले येशूसित करार बाँध्नुहुनेथियो। यो कुरा यहोवाले राजा दाऊदमार्फत बताउनुभयो। यो करारमा दुइटा कुरा समावेश छ। पहिलो, आफ्ना सबै शत्रुलाई नाश गर्ने समय नआउन्जेल येशू “[परमेश्‍वरको] दाहिने हाततर्फ” बस्नुहुनेछ। दोस्रो, येशू ‘सदाको निम्ति मल्कीसेदेकको रीतिबमोजिम पुजारी हुनुहुनेछ।’ (भजन ११०:१, २, ४ पढ्‌नुहोस्‌) येशू “मल्कीसेदेकको रीतिबमोजिम” पुजारी हुनु किन आवश्‍यक छ? अब्राहामका सन्तानहरू प्रतिज्ञा गरिएको देशमा प्रवेश गर्नुभन्दा धेरै अघि शालेमका राजा मल्कीसेदेकले “सर्वोच्च परमेश्‍वरको पूजाहारी”-को रूपमा सेवा गरेका थिए। (हिब्रू ७:१-३) यहोवाले नै उनलाई पुजारी नियुक्‍त गर्नुभएको थियो। मल्कीसेदेकले मात्र राजा र पुजारीको रूपमा सेवा गरेका थिए। उनी अघि वा पछि अरू कसैले पनि यी दुइटै भूमिका निभाएको रेकर्ड बाइबलमा छैन। त्यसैले उनलाई “सधैंका लागि पुजारी” भन्‍न सकिन्छ।

१७ यहोवाले येशूसित बाँध्नुभएको करारमार्फत येशू पुजारी नियुक्‍त हुनुभयो। उहाँ ‘मल्कीसेदेकको दर्जाबमोजिम सधैंभरिको निम्ति पुजारी’ हुनुहुनेछ। (हिब्रू ५:४-६) पृथ्वी र मानिसजातिको लागि आफ्नो उद्देश्‍य पूरा गर्न यहोवाले मसीही राज्य चलाउनुहुनेछ भनेर यो करारले स्पष्ट पार्छ।

करारहरूले राज्यको लागि कानुनी आधार तयार पाऱ्‍यो

१८, १९. (क) यस लेखमा छलफल गरिएका करारहरूबाट मसीही राज्यबारे कुन कुरा थाह पायौं? (ख) अर्को लेखमा कुन कुरा छलफल गर्नेछौं?

१८ यहाँसम्म हामीले करारहरू मसीही राज्यसित कसरी सम्बन्धित छ र यो राज्य कसरी कानुनी सम्झौताहरूमा आधारित छ भनेर बुझ्यौं। पृथ्वी र मानिसजातिको लागि आफ्नो उद्देश्‍य यहोवाले स्त्रीको सन्तानमार्फत पूरा गर्नुहुनेछ भनेर अदनको बगैंचामा गरिएको प्रतिज्ञाले स्पष्ट पाऱ्‍यो। स्त्रीको सन्तानमा को-को पर्छन्‌ र तिनीहरूले कस्तो भूमिका खेल्नेछन्‌, अब्राहामसित बाँधिएको करारबाट स्पष्ट भयो।

१९ दाऊदसित बाँधिएको करारले मसीहको जन्म कसको घरानामा हुनेछ भन्‍नेबारे अझ स्पष्ट जानकारी दियो। स्त्रीको सन्तानले पुजारीको रूपमा सेवा गर्नेछन्‌ भनेर मल्कीसेदेकजस्तो पुजारी हुने करारले स्पष्ट पाऱ्‍यो। तर येशू एक्लैले मानिसहरूलाई त्रुटिरहित अवस्थामा पुऱ्‍याउने होइन। राजा र पुजारीको रूपमा सेवा गर्न यहोवाले अरूलाई पनि नियुक्‍त गर्नुभएको छ। तिनीहरू को हुन्‌? यसबारे अर्को लेखमा छलफल गर्नेछौं।

परमेश्‍वरको उद्देश्‍य पूरा गर्ने करारहरू

परमेश्‍वरलाई राज्य फिर्ता गर्दै येशू

मसीही राज्यले यहोवाको उद्देश्‍य पूरा गर्नेछ भनेर अदनको बगैंचामा गरिएको प्रतिज्ञाले सङ्‌केत गर्छ। परमेश्‍वरको उद्देश्‍य पूरा गर्ने छवटा करार यसप्रकार छन्‌:

अब्राहामसित बाँधिएको करार

सम्मिलित पक्ष: यहोवा र अब्राहाम

उद्देश्‍य: यस करारले उत्पत्ति ३:१५ मा उल्लेख गरिएको “स्त्रीको सन्तान”-ले राज्य गर्नेछ भन्‍ने कुराको कानुनी आधार तयार पाऱ्‍यो

व्यवस्थाको करार

सम्मिलित पक्ष: यहोवा र इस्राएली जाति

उद्देश्‍य: यस करारले गर्दा “सन्तान”-को रक्षा भयो र मानिसहरूले मसीह चिन्‍न सके

दाऊदसित बाँधिएको करार

सम्मिलित पक्ष: यहोवा र दाऊद

उद्देश्‍य: यस करारले मसीही राजा दाऊदको घरानाबाट आउनेछन्‌ र मसीही राज्यले मानिसजातिलाई पुऱ्‍याउने फाइदा सधैंभरि रहनेछ भनेर स्पष्ट पाऱ्‍यो

मल्कीसेदेकजस्तो पुजारी हुने करार

सम्मिलित पक्ष: यहोवा र येशू

उद्देश्‍य: यस करारले स्त्रीको “सन्तान”-को पहिलो भाग येशूले राजा र पुजारीको भूमिका खेल्नेछन्‌ भन्‍ने कुराको ग्यारेन्टी दियो

नयाँ करार

सम्मिलित पक्ष: यहोवा र आध्यात्मिक इस्राएल

उद्देश्‍य: यस करारले गर्दा १ लाख ४४ हजार अभिषिक्‍त ख्रीष्टियनहरू परमेश्‍वरको धर्मपुत्र बन्‍न र “सन्तान”-को दोस्रो भाग बन्‍न सम्भव भयो

राज्य करार

सम्मिलित पक्ष: येशू र आध्यात्मिक इस्राएल

उद्देश्‍य: यस करारले गर्दा अभिषिक्‍त ख्रीष्टियनहरूले स्वर्गमा येशूसित राजा र पुजारीको रूपमा सेवा गर्न सम्भव भयो

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने