प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wp19 No. १ pp. १०-१२
  • साँचो ईश्‍वरले के गर्नुभएको छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • साँचो ईश्‍वरले के गर्नुभएको छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०१९
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • साँचो ईश्‍वरले हाम्रो फाइदाको लागि सबथोक बनाउनुभयो
  • ईश्‍वरले आफ्नो लिखित वचन दिनुभयो
  • साँचो ईश्‍वरले आफ्नो उद्देश्‍य पूरा गर्ने ग्यारेन्टी दिनुभएको छ
  • यहोवाको उद्देश्‍य पूरा हुनेछ!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
  • तपाईँ सधैँभरि पृथ्वीमा बाँच्न सक्नुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१८)
  • “परमेश्‍वरले हामीलाई यसरी प्रेम गर्नु[भयो]”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • ख्रीष्टको छुडौती-परमेश्‍वरको छुटकारा दिने तरिका
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०१९
wp19 No. १ pp. १०-१२
अदनको बगैँचामा आदम र हव्वा

साँचो ईश्‍वरले के गर्नुभएको छ?

कुनै व्यक्‍तिले के हासिल गरेका छन्‌ र के-कस्ता चुनौती पार गरेका छन्‌ भनेर थाह पाउनुभयो भने तपाईँले तिनलाई अझ राम्ररी चिन्‍न सक्नुहुन्छ। त्यसैगरि, साँचो ईश्‍वरले के गर्नुभएको छ भनेर थाह पाउनुभयो भने उहाँलाई अझ राम्ररी चिन्‍न सक्नुहुन्छ। उहाँले विगतमा गर्नुभएको कामले आज फाइदा पुऱ्‍याएको छ र यसले हाम्रो भविष्य उज्ज्वल पार्नेछ भनेर थाह पाउँदा तपाईँलाई पक्कै खुसी लाग्नेछ।

साँचो ईश्‍वरले हाम्रो फाइदाको लागि सबथोक बनाउनुभयो

यहोवा महान्‌ सृष्टिकर्ता हुनुहुन्छ। ‘उहाँका अदृश्‍य गुणहरू संसारको सृष्टिदेखि नै छर्लङ्‌गै देखिँदै आएका छन्‌। यी गुणहरू उहाँले बनाउनुभएका कुराहरूबाट बुझ्न सकिन्छ।’ (रोमी १:२०) “उहाँले आफ्नो शक्‍तिले यो पृथ्वी सृष्टि गर्नुभयो; आफ्नो बुद्धिले उर्वर भूमिलाई स्थिर पार्नुभयो अनि आफ्नो समझले आकाशलाई फैलाउनुभयो।” (यर्मिया १०:१२) यहोवा हाम्रो चासो राख्नुहुन्छ भन्‍ने कुरा पनि उहाँको अद्‌भुत सृष्टिबाट देखिन्छ।

यहोवाले मानिसलाई “आफ्नै स्वरूपमा” बनाउनुभएकोले हाम्रो जीवन अझै अर्थपूर्ण भएको छ। (उत्पत्ति १:२७) उहाँका गुणहरू हामी केही हदसम्म भए पनि झल्काउन सक्छौँ। त्यसैले थोरै भए पनि हामी उहाँको व्यक्‍तित्व झल्काउन सक्छौँ। हामीले उहाँको दृष्टिकोण र नैतिक स्तर बुझ्ने क्षमता पनि पाएका छौँ। यी स्तरहरू जीवनमा लागू गऱ्‍यौँ भने हामी अझ आनन्दित हुन सक्छौँ अनि जीवन अर्थपूर्ण तरिकामा बिताउन सक्छौँ। त्योभन्दा पनि महत्त्वपूर्ण कुरा, हामी उहाँसित नजिक हुन सक्छौँ।

पृथ्वीमा भएका कुराहरूले ईश्‍वरलाई हाम्रो चासो छ भनेर देखाउँछ। यसबारे येसुका चेला पावलले यसो भने: “भलो हुने काम गरेर उहाँले आफ्नो विषयमा साक्षी दिइरहनुभयो अर्थात्‌ उहाँले [हामीलाई] आकाशबाट वर्षा अनि ऋतुअनुसार प्रशस्त बाली दिनुभयो र खानेकुराले तृप्त पार्नुभयो अनि आनन्दले [हाम्रो] हृदय भरिदिनुभयो।” (प्रेषित १४:१७) जीवन धान्‍न उहाँले हामीलाई चाहिनेभन्दा धेरै कुरा दिनुभएको छ। हामीले जीवनको आनन्द उठाउन सकोस्‌ भनेर उहाँले प्रशस्त गरी विभिन्‍न कुराहरू दिनुभएको छ। उहाँले हाम्रो लागि गर्न चाहनुभएको कुराको यो त एउटा सानो झलक मात्र हो।

मानिसहरू पृथ्वीमा सधैँभरि बाँचून्‌ भन्‍ने उद्देश्‍यले यहोवाले पृथ्वी बनाउनुभयो। बाइबल भन्छ: “पृथ्वीचाहिँ उहाँले मानिसहरूलाई दिनुभएको छ” अनि “उहाँले व्यर्थैमा त्यो बनाउनुभएन बरु आबाद गर्नको लागि बनाउनुभयो।” (भजन ११५:१६; यसैया ४५:१८) “धर्मीहरूले पृथ्वी अधिकार गर्नेछन्‌ र तिनीहरू त्यहाँ सधैँभरि रहनेछन्‌।”—भजन ३७:२९.

यहोवाले पहिलो मानव दम्पती आदम र हव्वालाई बनाउनुभयो अनि तिनीहरूलाई सुन्दर बगैँचामा राख्नुभयो। तिनीहरूले “बगैँचाको गोडमेल र रेखदेख” गर्नुपर्थ्यो। (उत्पत्ति २:८, १५) उहाँले तिनीहरूलाई दुइटा काम दिनुभयो: “फल्दै-फुल्दै, वृद्धि हुँदै र पृथ्वीमा भरिँदै जाओ अनि पृथ्वीमाथि अधिकार गर।” (उत्पत्ति १:२८) त्यसैले आदम र हव्वाले पृथ्वीमा सधैँभरि सुखी जीवन बिताउने आशा पाएका थिए। तर दुःखको कुरा, तिनीहरूले यहोवाको आज्ञा मानेनन्‌। त्यसैले तिनीहरूले ‘धर्मीहरूसित पृथ्वीको अधिकार गर्ने’ मौका गुमाए। तिनीहरूले गलत निर्णय गरे पनि यहोवाले आफ्नो उद्देश्‍य परिवर्तन गर्नुभएन। यसबारे हामी पछि छलफल गर्नेछौँ। अब हामी ईश्‍वरले गर्नुभएको अन्य कामहरूबारे छलफल गरौँ।

ईश्‍वरले आफ्नो लिखित वचन दिनुभयो

बाइबल साँचो ईश्‍वर यहोवाको वचन हो। यहोवाले हामीलाई किन बाइबल दिनुभयो? उहाँबारे सिक्नको लागि। (हितोपदेश २:१-५) तर ईश्‍वरबारे उठ्‌ने सबै प्रश्‍नको जवाफ बाइबलले दिँदैन। बाइबलले मात्र होइन, अरू कुनै किताबले दिँदैन। (उपदेशक ३:११) तैपनि बाइबलमा जे-जति कुराहरू लेखिएका छन्‌, त्यसले ईश्‍वरलाई चिन्‍न मदत गर्छ। उहाँले मानिसहरूसित गर्नुभएको व्यवहारबारे पढ्‌दा उहाँ कस्तो व्यक्‍ति हुनुहुन्छ भनेर बुझ्न सक्छौँ। उहाँलाई के मन पर्छ र के मन पर्दैन भन्‍ने कुरा पनि बाइबलबाट थाह पाउन सक्छौँ। (भजन १५:१-५) साँचो उपासना, नैतिकता र भौतिक कुराहरूप्रति उहाँको दृष्टिकोण बुझ्न सक्छौँ। साथै बाइबलमा उहाँको छोरा येसु ख्रिष्टले गर्नुभएको काम र भन्‍नुभएको कुरा पाउँछौँ। त्यसबाट पनि यहोवा कस्तो व्यक्‍ति हुनुहुन्छ भनेर थाह पाउन सक्छौँ।—युहन्‍ना १४:९.

हामीले सुखी र अर्थपूर्ण जीवन बिताउन सकोस्‌ भनेर पनि यहोवाले आफ्नो वचन बाइबल दिनुभएको हो। सुखी पारिवारिक जीवन कसरी बिताउने, आफूसित भएका कुराहरूमा सन्तुष्ट कसरी हुने अनि चिन्ता-फिक्रीको कसरी सामना गर्ने जस्ता विषयमा पनि उहाँले बाइबलमार्फत सल्लाह दिनुभएको छ। अनि यसपछिको लेखमा उल्लेख गरिएझैँ बाइबलले जीवनका महत्त्वपूर्ण प्रश्‍नहरूको जवाफ पनि दिन्छ। जस्तै: हामीले किन यति धेरै दुःखकष्ट भोग्नुपरेको छ? भविष्य कस्तो छ? यहोवाले आफ्नो सुरुको उद्देश्‍य पूरा गर्न के गर्नुभएको छ भन्‍ने कुराबारे पनि बाइबलले जानकारी दिन्छ।

बाइबल साँच्चै बेजोड किताब हो र यसको लेखक यहोवा नै हुनुहुन्छ। बाइबलबारे अन्य जानकारीले यसको पुष्टि गर्छ। यसलाई ४० जनाभन्दा धेरै व्यक्‍तिले १ हजार ६ सय वर्षभन्दा लामो समय लगाएर लेखेका थिए। तैपनि यसको मूल विषय एउटै छ किनभने यसको वास्तविक लेखक यहोवा नै हुनुहुन्छ। (२ तिमोथि ३:१६) प्राचीनकालको अन्य बहुमूल्य सामानहरू नष्ट भएर गए तापनि बाइबल भने अहिलेसम्म सुरक्षित छ। यसको प्रमाण बाइबलका हजारौँ पुरातन पाण्डुलिपिहरूबाट पाउन सक्छौँ। साथै, बाइबलको अनुवाद गर्न, बाँड्‌न र पढ्‌न रोक लगाइए तापनि यो कहिल्यै लोप भएन। यो आज सबैभन्दा धेरै वितरण र अनुवाद भएको किताब हो। बाइबल अहिलेसम्म टिकिरहनु नै “परमेश्‍वरको वचन सदासर्वदै रहिरहन्छ” भन्‍ने कुराको प्रमाण हो।—यसैया ४०:८.

साँचो ईश्‍वरले आफ्नो उद्देश्‍य पूरा गर्ने ग्यारेन्टी दिनुभएको छ

ईश्‍वरले आफ्नो उद्देश्‍य पूरा गर्नको लागि विशेष प्रबन्ध मिलाउनुभयो। माथि छलफल गरिएझैँ मानिसहरू सधैँभरि पृथ्वीमा बाँचून्‌ भन्‍ने उहाँको उद्देश्‍य थियो। तर आदम ईश्‍वरको आज्ञा पालन गर्न चुके अनि पापी भए। तिनले सधैँभरि बाँच्ने सुअवसर गुमाए र तिनको भावी सन्तानले पनि त्यो अवसर गुमाए। “एकै जना मानिसद्वारा पाप संसारमा प्रवेश भयो अनि पापद्वारा मृत्यु, त्यसैले मृत्यु सबै मानिसमा व्याप्त भयो किनकि तिनीहरू सबैले पाप गरे।” (रोमी ५:१२) मानिस अनाज्ञाकारी भएकोले ईश्‍वरको उद्देश्‍य ओझेलमा पऱ्‍यो। उहाँले के गर्नुभयो?

यहोवा आफ्नो नामअनुसार काम गर्ने ईश्‍वर हुनुहुन्छ। उहाँले आदम र हव्वालाई तिनीहरूले गरेको गल्तीको कारण दोषी ठहराउनुभयो। तर प्रेमले उत्प्रेरित भएर तिनीहरूको सन्तानको भविष्य सुरक्षित पार्ने बाटो तयार गर्नुभयो। उहाँले बुद्धि चलाउनुभयो र तुरुन्तै समस्याको हल निकाल्नुभयो। (उत्पत्ति ३:१५) यहोवाले आफ्नो छोरा येसु ख्रिष्टमार्फत मानिसलाई पाप र मृत्युबाट मुक्‍ति दिने प्रबन्ध मिलाउनुभयो। त्यसमा के समावेश थियो?

येसु मानिसहरूलाई सिकाउनुहुन्छ

मानिसजातिलाई आदमले गरेको विद्रोहको परिणामबाट मुक्‍त गर्न यहोवाले येसुलाई पृथ्वीमा पठाउनुभयो। येसुले सधैँभरि बाँच्ने जीवन पाउन के गर्नुपर्छ भनेर सिकाउनुभयो र “धेरैको निम्ति फिरौतीस्वरूप आफ्नो ज्यान” दिनुभयो।a (मत्ति २०:२८; युहन्‍ना १४:६) येसु आदमजस्तै त्रुटिरहित मानिस हुनुहुन्थ्यो। त्यसैले उहाँले आफ्नो जीवन बलिदान चढाएर मानिसलाई पाप र मृत्युबाट छुटकारा दिन सक्नुहुन्थ्यो। उहाँ आदमजस्तो अनाज्ञाकारी हुनुभएन बरु मृत्युसम्मै आज्ञाकारी हुनुभयो। वास्तवमा उहाँले मृत्युको सजाय पाउने त्यस्तो कुनै काम गर्नुभएको थिएन। त्यसैले यहोवाले उहाँलाई फेरि जीवित पारेर स्वर्ग लैजानुभयो। आदमले गर्न नसकेको काम येसुले गरेर देखाउनुभयो। उहाँले आज्ञाकारी मानिसहरूको लागि सधैँभरि बाँच्ने जीवनको बाटो खोलिदिनुभयो। “जसरी एक जना मानिसको अनाज्ञाकारिताले गर्दा धेरै जना पापी भए, उसरी नै एक जना मानिसको आज्ञाकारिताले गर्दा धेरै जना असल ठहरिनेछन्‌।” (रोमी ५:१९) येसुले चढाउनुभएको जीवनको बलिदानमार्फत यहोवाले आफ्नो वाचा पूरा गर्नुहुनेछ अनि मानिसजाति सधैँभरि पृथ्वीमा बाँच्न सक्नेछन्‌।

आदमको अनाज्ञाकारिताले निम्त्याएको समस्या समाधान गर्न उहाँले चाल्नुभएको कदमले उहाँ कस्तो ईश्‍वर हुनुहुन्छ भनेर बुझ्न मदत गर्छ। उहाँको उद्देश्‍यलाई कुनै कुराले रोक्न सक्दैन। उहाँको वचन सधैँ “सफल” हुन्छ अर्थात्‌ उहाँले भनेको कुरा सधैँ पूरा हुन्छ। (यसैया ५५:११) उहाँले चाल्नुभएको कदमलाई विचार गर्दा उहाँ हामीलाई कति धेरै माया गर्नुहुन्छ भनेर बुझ्न सक्छौँ। “हाम्रो सन्दर्भमा परमेश्‍वरको प्रेम यसरी प्रकट भएको छ कि परमेश्‍वरले आफ्नो एक मात्र छोरा संसारमा पठाउनुभयो ताकि उहाँद्वारा हामीले जीवन पाउन सकौँ। प्रेम यसैमा छ कि हामीले परमेश्‍वरलाई प्रेम गरेका होइनौँ बरु उहाँले हामीलाई प्रेम गर्नुभयो र हाम्रा पापहरूको निम्ति प्रायश्‍चितको बलिदानस्वरूप उहाँले आफ्नो छोरालाई पठाउनुभयो।”—१ युहन्‍ना ४:९, १०.

यहोवाले “आफ्नो छोरालाई समेत हामी सबैको निम्ति दिनुभयो,” त्यसैले ‘हामीमाथि दया गरेर आफ्नो छोराका साथै बाँकी अरू सबै कुरा पनि दिनुहुनेछ’ भनेर ढुक्क हुन सक्छौँ। (रोमी ८:३२) उहाँले हाम्रो लागि के गरिदिने प्रतिज्ञा गर्नुभएको छ? अर्को लेखमा पढ्‌नुहोस्‌।

साँचो ईश्‍वरले के गर्नुभएको छ? यहोवाले मानिसहरू सधैँभरि पृथ्वीमा बाँचून्‌ भनेर सृष्टि गर्नुभयो। हामीले उहाँलाई अझ राम्ररी चिन्‍न सकोस्‌ भनेर उहाँले बाइबल दिनुभएको छ। येसु ख्रिष्टमार्फत उहाँले हामीलाई पाप र मृत्युबाट मुक्‍ति दिने प्रबन्ध मिलाउनुभयो, जसले गर्दा उहाँको उद्देश्‍य पूरा हुने बाटो खुल्यो

a थप जानकारीको लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌! किताबको पाठ २७ हेर्नुहोस्‌। यो किताब www.jw.org/ne मा पनि उपलब्ध छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने