प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • ijwbq article १२५
  • परमेश्‍वरको कति वटा नाम छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • परमेश्‍वरको कति वटा नाम छ?
  • बाइबल प्रश्‍नहरूको जवाफ
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • बाइबलको जवाफ
  • परमेश्‍वरको नाम
    ब्यूँझनुहोस्‌!—२०१७
  • परमेश्‍वर–उहाँ को हुनुहुन्छ?
    पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ
  • साँचो ईश्‍वरको नाम के हो?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०१९
  • साँचो परमेश्‍वर को हुनुहुन्छ?
    ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ
थप हेर्नुहोस्
बाइबल प्रश्‍नहरूको जवाफ
ijwbq article १२५
एक जना मानिस बाइबल पढ्‌दै छन्‌

परमेश्‍वरको कति वटा नाम छ?

बाइबलको जवाफ

परमेश्‍वरको एउटै मात्र नाम छ। परमेश्‍वरको नाम हिब्रू भाषामा यसरी लेखिन्छ: יהוה अनि नेपालीमा यसलाई “यहोवा” भनेर उच्चारण गरिन्छ।a आफ्नो एक जना भविष्यवक्‍ता यसैयामार्फत्‌ परमेश्‍वरले यसो भन्‍नुभयो: “म यहोवा हुँ। मेरो नाम त्यही हो।” (यसैया ४२:८) बाइबलका पुराना पाण्डुलिपीहरूमा यो नाम लगभग ७ हजार पटक उल्लेख गरिएको छ। बाइबलमा परमेश्‍वरको लागि प्रयोग गरिएका सबै पदवीहरूभन्दा, भनौं भने बाइबलमा उल्लिखित सबै मानिसको नामभन्दा परमेश्‍वरको नाम “यहोवा” धेरै पटक उल्लेख गरिएको छ।b

के यहोवाको अरू पनि नाम छ?

हुन त बाइबलले परमेश्‍वरको नाम एउटा मात्र छ भनेर बताउँछ तर परमेश्‍वरको लागि विभिन्‍न पदवी अनि अभिव्यक्‍ति प्रयोग गरिएका छन्‌। तल दिइएको सूचीमा परमेश्‍वरको लागि प्रयोग गरिएका विभिन्‍न पदवी र अभिव्यक्‍तिले परमेश्‍वरको स्वभाव र व्यक्‍तित्वबारे के बताउँछ, केही उदाहरण विचार गरौँ:

पदवी

शास्त्रपद

अर्थ

अतिप्राचीन

दानिएल ७:९, १३, २२

उहाँको कुनै सुरुआत छैन; कुनै पनि कुरा सृष्टि हुनुअघि नै उहाँ अस्तित्वमा हुनुहुन्थ्यो।—भजन ९०:२.

अल्फा र ओमेगा

प्रकाश १:८; २१:६; २२:१३

यसको अर्थ हो, “पहिलो र अन्तिम” वा “सुरु र अन्त।” यसबाट यहोवाभन्दा अघि कुनै सर्वशक्‍तिमान परमेश्‍वर थिएन र पछि पनि हुनेछैन भनेर स्पष्ट हुन्छ। (यसैया ४३:१०) अल्फा र ओमेगा ग्रीक वर्णमालाको पहिलो र अन्तिम अक्षर हो।

अल्लाह

(छैन)

यो शब्द अरबी भाषा “अल्लाह”-बाट लिइएको हो। यो कुनै नाम होइन बरु परमेश्‍वरको लागि प्रयोग गरिने एउटा उपाधि हो, जसको अर्थ “ईश्‍वर” हो। अरबी अनि अरू भाषाको बाइबलमा “परमेश्‍वर”-लाई “अल्लाह” भनेर अनुवाद गरिएको छ।

आनन्दित परमेश्‍वर

१ तिमोथी १:११.

उहाँ खुसी र आनन्दित परमेश्‍वर हुनुहुन्छ।—भजन १०४:३१.

उद्धारक

यसैया ४५:२१

उहाँले खतरा र विनाशदेखि जोगाउनुहुन्छ।

कुमाले

यसैया ६४:८

कुमालेको माटोमाथि अधिकार हुन्छ, त्यसरी नै परमेश्‍वरको पनि प्रत्येक व्यक्‍ति अनि राष्ट्रमाथि अधिकार हुन्छ।—रोमी ९:२०, २१.

गोठालो

भजन २३:१

उहाँ आफ्नो सेवकहरूको ख्याल राख्नुहुन्छ।

चट्टान

भजन १८:२, ४६

उहाँ शरणस्थान र उद्धारको स्रोत हुनुहुन्छ।

डाही परमेश्‍वर

प्रस्थान ३४:१४, पवित्र बाइबल, संशोधित संस्करण

उहाँ अरू कसैको भक्‍ति गरिएको नसहने परमेश्‍वर हुनुहुन्छ। यसलाई परमेश्‍वर “आफ्नो बाहेक अरू कसैको भक्‍ति गरिएको सहनुहुन्‍न” भनेर पनि अनुवाद गरिएको छ।—नयाँ संसार अनुवाद.

परमेश्‍वर

उत्पत्ति १:१

उहाँ उपासना गर्न लायकको अनि बलवान्‌ परमेश्‍वर हुनुहुन्छ; “परमेश्‍वर” भनेर अनुवाद गरिएको हिब्रू शब्द एलोहिम बहुवचन शब्द हो। यसले यहोवाको वैभव, गरिमा वा श्रेष्ठताको वर्णन गर्छ।

प्रभु

भजन १३५:५

मालिक; हिब्रूमा अधोन र अधोनिम।

प्रार्थना सुन्‍नुहुने परमेश्‍वर

भजन ६५:२

विश्‍वाससहित गरिएको सबै प्रार्थना उहाँ सुन्‍नुहुन्छ

बुबा

मत्ति ६:९

जीवन दिनुहुने उहाँ नै हुनुहुन्छ।

ब्रह्‍माण्डको मालिक

उत्पत्ति १५:२

उहाँसित सर्वोच्च अख्तियार छ; यसको हिब्रू शब्द अधोनाइ हो।

म हुँ जो म हुँ

प्रस्थान ३:१४, पवित्र बाइबल, संशोधित संस्करण

आफ्नो उद्देश्‍य पूरा गर्नको लागि उहाँ जे पनि बन्‍न सक्नुहुन्छ। यस अभिव्यक्‍तिलाई यसरी पनि अनुवाद गरिएको छ, “म जे बन्‍न चाहन्छु, त्यही बन्‍नेछु।” (नयाँ संसार अनुवाद) यी शब्दहरूले यसपछिको पदमा उल्लेख गरिएको ‘यहोवा’ नामको अर्थ बुझ्न मदत गर्छ।—प्रस्थान ३:१५.

महान्‌ रचनाकार

भजन १४९:२

सबै थोक उहाँद्वारै अस्तित्वमा आए र सृजिए।—प्रकाश ४:११.

महान्‌ शिक्षक

यसैया ३०:२०, २१

उहाँले उपयोगी शिक्षा र निर्देशन दिनुहुन्छ।—यसैया ४८:१७, १८.

महापवित्र परमेश्‍वर

हितोपदेश ९:१०

सबैभन्दा पवित्र (नैतिक तवरमा स्वच्छ)।

मोल तिरेर छुटाउनुहुने

यसैया ४१:१४

येसु ख्रीष्टको फिरौतीको बलिदानको आधारमा उहाँले मानिसहरूलाई फेरि किन्‍नुभयो अनि पाप र मृत्युबाट मुक्‍त गर्नुभयो।—युहन्‍ना ३:१६.

युगयुगका महाराजा

प्रकाश १५:३

उहाँको शासनको कुनै सुरुवात अनि अन्त छैन।

सबै ईश्‍वरका पनि ईश्‍वर

व्यवस्था १०:१७

उहाँ सर्वोच्च परमेश्‍वर हुनुहुन्छ; उहाँ कसै-कसैले उपासना गर्ने “व्यर्थका देवताहरू”-जस्तो हुनुहुन्‍न।—यसैया २:८.

सर्वशक्‍तिमान्‌

उत्पत्ति १७:१

उहाँसित असीमित शक्‍ति छ। हिब्रू शब्द एल शद्दाय, जसको अनुवाद “सर्वशक्‍तिमान परमेश्‍वर” हो, यो अभिव्यक्‍ति बाइबलमा सात चोटी प्रयोग गरिएको छ।

सर्वोच्च परमेश्‍वर

भजन ४७:२

उहाँ सर्वश्रेष्ठ हुनुहुन्छ।

सृष्टिकर्ता

यसैया ४०:२८

सबै थोक उहाँद्वारै अस्तित्वमा आए र सृजिए।

सेनाहरूका यहोवा

यसैया १:९; रोमी ९:२९

उहाँ स्वर्गदूतहरूको दलको कप्तान हुनुहुन्छ।

हिब्रू धर्मशास्त्रमा ठाउँको नाम

बाइबलमा उल्लेख गरिएका कुनै-कुनै ठाउँको नाममा परमेश्‍वरको नाम पाइन्छ तर यो नाम परमेश्‍वरको अर्को नाम भने होइन।

ठाउँको नाम

शास्त्रपद

अर्थ

यहोवा-निस्सी

प्रस्थान १७:१५

“यहोवा मेरो झण्डा हुनुहुन्छ।” यहोवा यस्तो परमेश्‍वर हुनुहुन्छ, जसकहाँ उहाँका सेवकहरू सुरक्षा र मदतको लागि दौडेर जान सक्छन्‌।—प्रस्थान १७:१३-१६.

यहोवा-यिरे

उत्पत्ति २२:१३, १४

“यहोवा परमेश्‍वरले जुटाइदिनुहुन्छ।”

यहोवा-शामा

इजकिएल ४८:३५, पवित्र बाइबल, संशोधित संस्करण.

“यहोवा त्यहाँ हुनुहुन्छ।”

यहोवा-सलोम

न्यायकर्ता ६:२३,२४

“यहोवा शान्ति हुनुहुन्छ।”

परमेश्‍वरको नाम थाह पाउनु पर्ने र प्रयोग गर्नु पर्ने कारणहरू:

  • परमेश्‍वरलाई आफ्नो नाम महत्त्वपूर्ण लाग्छ किनकि उहाँले बाइबलमा यो नाम हजारौं पटक उल्लेख गर्नुभएको छ।—मलाकी १:११.

  • परमेश्‍वरको छोरा येसुले पनि परमेश्‍वरको नामको महत्त्वबारे थुप्रै चोटि जोड दिनुभयो। उदाहरणको लागि, उहाँले यहोवालाई यसो भनेर प्रार्थना गर्नुभयो, “तपाईँको नाम पवित्र पारियोस्‌।”—मत्ति ६:९ युहन्‍ना १७:६.

  • यहोवासित मित्रता गाँस्नको लागि चाल्नुपर्ने पहिलो कदम भनेको परमेश्‍वरको नाम थाह पाउनु र त्यो प्रयोग गर्नु हो। (भजन ९:१०; मलाकि ३:१६) यस्तो मित्रताले तिनीहरूलाई परमेश्‍वरको यस प्रतिज्ञाबाट लाभ उठाउन मदत गर्छ: “म उसको उद्धार गर्नेछु किनकि ऊ मलाई प्रेम गर्छ, म उसको रक्षा गर्नेछु किनकि उसले मेरो नाम जानेको छ।”—भजन ९१:१४.

  • बाइबल यसो भन्छ: “थुप्रै ‘ईश्‍वर’ र थुप्रै ‘प्रभु’ भएझैँ चाहे स्वर्गमा होस्‌ वा पृथ्वीमा, ईश्‍वर कहलिएकाहरू त छन्‌।” (१ कोरिन्थी ८:५, ६) तर बाइबलले परमेश्‍वर एकै जना मात्र हुनुहुन्छ भनेर बताउँछ। उहाँको नाम हो, यहोवा।—भजन ८३:१८.

a केही हिब्रू विद्धानहरूले परमेश्‍वरको नामको लागि “याहवे” शब्द प्रयोग गर्न मन पराउँछन्‌।

b बाइबलमा परमेश्‍वरको नामको संक्षिप्त रूप “याह” लगभग ५० चोटि प्रयोग गरिएको छ। यो “हल्लेलूयाह” शब्दमा पनि प्रयोग गरिएको छ, जसको अर्थ हो, “याहको प्रंशसा गर।”—प्रकाश १९:१.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने