प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w16 अप्रिल pp. ३-४
  • के तपाईंको सेवा शीतजस्तै छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईंको सेवा शीतजस्तै छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • प्रचारकार्य शीतजस्तै—कसरी?
  • प्रचारकार्यलाई अनमोल ठान्‍नुहोस्‌
  • के तपाईंलाई सम्झना छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
w16 अप्रिल pp. ३-४
प्रचार गरिरहेका यहोवाका साक्षीको तस्बिर, शीतको थोपाभित्र

के तपाईंको सेवा शीतजस्तै छ?

हामीले चढाउने सेवा महत्वपूर्ण र बहुमूल्य छ। तर हामीले ज-जसलाई प्रचार गर्छौं, तिनीहरू सबैले नै यसको कदर गर्छन्‌ भन्‍ने छैन। बाइबलको सन्देशप्रति मानिसहरूले चासो देखाए पनि हामीसित परमेश्‍वरको वचन अध्ययन गर्नुपर्छ भन्‍ने तिनीहरूलाई नलाग्न सक्छ।

गाभेनलाई यस्तै भएको थियो। तिनी सभाहरू जान थालेका थिए। तर बाइबल अध्ययन गर्न भने तिनी तयार भएनन्‌। तिनी भन्छन्‌: “मलाई बाइबलका कुराहरू त्यत्ति धेरै थाह थिएन; अनि यसबारे अरूले थाह नपाओस्‌ भन्‍ने चाहन्थें। कसैले बहकाउने पो हो कि अनि यो धर्म मान्‍नै पर्छ भनेर जबरजस्ती गर्ने पो हो कि भन्‍ने लाग्थ्यो।” यो कुरा सुनेर तपाईंलाई कस्तो लाग्यो? गाभेनलाई मनाउनै सकिंदैनजस्तो लाग्यो कि? त्यसो त होइन। बाइबलको शिक्षाले मानिसमा राम्रो प्रभाव पार्न सक्छ भन्‍ने कुरा मनमा राख्नुहोस्‌। धेरै पहिलेका सेवकहरूलाई यहोवाले यसो भन्‍नुभयो: “मेरो बोली शीतझैं टप्कनेछ, कलिलो घाँसमाथि सिमसिमे पानीझैं।” (व्यव. ३१:१९, ३०; ३२:२) उहाँले हाम्रो बोलीलाई शीतसँग तुलना गर्नुभयो। प्रचारमा भेटेका सबै मानिसहरूलाई प्रभावकारी ढङ्‌गमा कसरी मदत गर्न सक्छौं भनेर बुझ्न हामीलाई शीतको उदाहरणले मदत गर्छ। त्यसोभए आउनुहोस्‌, शीतका केही विशेषताहरू विचार गरौं।—१ तिमो. २: ३, ४.

प्रचारकार्य शीतजस्तै—कसरी?

शीत सौम्य हुन्छ। हावामा उड्‌ने वाफको कण-कण मिलेर बिस्तारै शीत बन्छ। यहोवाले आफ्नो जनसित दयालु, सौम्य अर्थात्‌ कोमल अनि विचारशील हुँदै कुरा गरेको कारण उहाँको ‘बोली शीतझैं टप्कियो’ भन्‍न सक्छौं। प्रचारमा भेट्‌ने मानिसहरूको विचारको कदर गर्दा हामीले यहोवाको अनुकरण गरिरहेका हुन्छौं। तिनीहरूलाई आफैले तर्क चलाएर कुनै कुराको निष्कर्षमा पुग्न हामी प्रोत्साहन दिन्छौं। यसरी विचारशील हुँदा, हाम्रो कुरा तिनीहरूले सजिलै स्वीकार्न सक्छन्‌ र हाम्रो सेवाको काम अझै प्रभावकारी हुन्छ।

शीतले स्फूर्ति दिन्छ। हामीले अरूको चासो बढाउने कुरामा ध्यान दियौं भने हामीले गर्ने सेवाले तिनीहरूलाई स्फूर्ति दिनेछ। सुरुमा उल्लेख गरिएका गाभेनलाई बाइबल अध्ययन गर्न कुनै दबाब दिइएको थिएन। बरु तिनलाई सुरुमा भेटेका भाइ क्रिसले विभिन्‍न तरिकाहरू अपनाएर बाइबलबाट छलफल गर्न सजिलो बनाए। बाइबलमा विभिन्‍न विषय छन्‌ र ती विषयहरू बुझेमा सभामा बताइएका कुराहरू अझ राम्ररी बुझ्न सकिन्छ भनी क्रिसले तिनलाई बताए। साथै उनले बाइबल सत्य हो भनेर आफू विश्‍वस्त हुन सक्नुको कारण बाइबलमा गरिएका भविष्यवाणीहरूले गर्दा हो भनेर पनि बताए। यसरी तिनले गाभेनसित भविष्यवाणीहरूको पूर्तिबारे थुप्रैचोटि छलफल गर्न सके। यी छलफलहरूबाट गाभेनले निकै स्फूर्ति पाए अनि बाइबल अध्ययन गर्न पनि राजी भए।

बाँच्नका लागि शीत नभई हुँदैन। इजरायलमा धेरैजसो गर्मी अनि सुक्खायाम हुने भएकोले महिनौंसम्म पानी पर्दैन। यस्तो मौसममा शीतले दिने ओस नपाउँदा बोटबिरुवा ओइलाएर मर्छन्‌। यहोवाले भविष्यवाणी गर्नुभएजस्तै अहिले हाम्रो समयमा पनि आध्यात्मिक खडेरी परेको छ। (आमो. ८:११) तर अभिषिक्‍त प्रचारकहरूले राज्य सन्देश घोषणा गर्दा तिनीहरू ‘परमप्रभुबाट आएको शीतझैं’ हुनेछन्‌ भनेर उहाँले प्रतिज्ञा गर्नुभयो अनि यस काममा तिनीहरूलाई “अरू भेडा”-का सदस्यहरूले साथ दिइरहेका छन्‌। (मीका ५:७; यूह. १०:१६) बाइबलमा भएका सत्य कुराको निम्ति तिर्खाइरहेका मानिसहरूको ज्यान बचाउन यहोवाले राज्य सन्देश सुनाउने जुन प्रबन्ध मिलाउनुभएको छ, के हामी त्यसलाई अनमोल ठान्छौं?

शीत यहोवाको आशिष्‌ हो। (व्यव. ३३:१३, NRV) राज्य सन्देशप्रति चासो देखाउनेहरूका लागि हाम्रो प्रचारकार्य आशिष्‌ साबित हुन सक्छ। गाभेनले त्यस्तै अनुभव गरे। बाइबल अध्ययन गर्दै जाँदा तिनले आफ्ना सबै प्रश्‍नहरूको जवाफ पाए। केही समय नबित्दै तिनले बप्तिस्मा गरे। अहिले तिनी आफ्नी पत्नी जोइससँगै मिलेर राज्यको सुसमाचार जोडतोडले प्रचार गर्दै छन्‌।

बस कुर्ने ठाउँमा प्रचार गरिरहेका यहोवाका साक्षीहरू

राज्य सन्देश सुनाएर यहोवाका साक्षीहरूले पृथ्वीलाई ओसिलो बनाइरहेका छन्‌

प्रचारकार्यलाई अनमोल ठान्‍नुहोस्‌

प्रचारकार्यको लागि हामी हरेकले गर्ने प्रयास नै अनमोल छ भन्‍ने कुरा बुझ्न पनि हामीलाई शीतको उदाहरणले मदत गर्छ। कसरी? एक थोपा शीतले केही गर्न सक्दैन तर शीतका लाखौं थोपाले जमिनलाई भिजाएर ओसिलो बनाउँछ। त्यसैगरी प्रचारकार्यको लागि हामी एक जनाले मात्र गरेको प्रयास केही पनि होइन जस्तो लाग्न सक्छ। तर यहोवाका सबै इच्छुक सेवकहरूले मिलेर प्रयास गर्दा “सबै जातिलाई” साक्षी दिन सकिन्छ। (मत्ती २४:१४) के हाम्रो प्रचारकार्य अरूहरूको लागि यहोवाको आशिष्‌ साबित हुनेछ? हामीले गर्ने प्रचारकार्य शीतजस्तै सौम्य, स्फूर्तिदायी अनि जीवनदायी छ भने पक्कै आशिष्‌ साबित हुनेछ!

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने