प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w16 जून p. ३२
  • के तपाईंलाई सम्झना छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईंलाई सम्झना छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
  • मिल्दोजुल्दो सामग्री
  • के तपाईंले सम्झनुभएको छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
  • के तपाईंलाई सम्झना छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
  • यहोवाले आफ्ना मानिसहरूलाई छुटाउन दुई स्त्री चलाउनुभयो
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
  • के तपाईंले सम्झनुभएको छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
w16 जून p. ३२

के तपाईंलाई सम्झना छ?

के तपाईंले प्रहरीधरहरा पत्रिकाका हालैका अङ्‌कहरू ध्यान दिएर पढ्‌नुभयो? उसोभए, तपाईं निम्न प्रश्‍नहरूको जवाफ दिन सक्नुहुन्छ कि:

किशोरावस्थाका छोराछोरीलाई यहोवाको सेवा गर्न तालिम दिनको लागि आमाबुबाले के गर्न सक्छन्‌?

आमाबुबाले किशोरावस्थाका छोराछोरीलाई माया गर्नू र आफ्नो व्यवहारद्वारा नम्र भएको देखाउनू महत्त्वपूर्ण छ। साथै अन्तर्दृष्टि चलाएर छोराछोरीको मनको कुरा बुझ्नु पनि आवश्‍यक छ।—w१५ ११/१५, पृ. ९-११.

बोल्नुअघि हामीले कस्ता कुराहरूमा विचार पुऱ्‍याउनुपर्छ?

जिब्रोको सदुपयोग गर्ने हो भने हामीले तीनवटा कुरा मनमा राख्नुपर्छ: (१) कहिले बोल्ने? (उप. ३:७), (२) के बोल्ने? (हितो. १२:१८) र (३) कसरी बोल्ने? (हितो. २५:१५)—w१५ १२/१५, पृ. १९-२२.

सबै अभिषिक्‍त जन एकै तरिकाले अभिषेक हुँदैनन्‌ भनेर हामी किन भन्‍न सक्छौं?

इस्वी संवत्‌ ३३ पेन्तिकोसमा पवित्र शक्‍ति खन्याइँदा १२० जना चेला अभिषेक भएका थिए। त्यतिबेला यरूशलेममा बाँकी रहेका मानिसहरू भने बप्तिस्मा गरेको बेलामा अभिषेक भएका थिए अनि तिनीहरूको शिरमा जिब्रोजस्तो देखिने कुनै ज्वाला पनि थिएन। अर्को कुरा, सामरियाका मानिसहरू बप्तिस्मा गरेको केही समय बितिसकेपछि मात्र अभिषेक भएका थिए। रोचक कुरा के छ भने, कर्नीलियस र तिनका घराना बप्तिस्मा गर्नुअघि नै पवित्र शक्‍तिद्वारा अभिषेक भइसकेका थिए।—w१६.०१, पृ. १८.

के हामीले सबै अभिषिक्‍त जनको नाम थाह पाउनु जरुरी छ?

अभिषिक्‍त जनहरूले अहिले स्वर्गीय बोलावट मात्र पाएका हुन्‌, इनाम पाउन त बाँकी नै छ। त्यसैले यहोवा आफैले अभिषिक्‍त जनहरूलाई वफादार व्यक्‍तिको रूपमा नछुट्याएसम्म कसले स्वर्गीय इनाम पाउँछ, कसले पाउँदैन, त्यो हामी अहिल्यै किटेर भन्‍न सक्दैनौं। अनि जकरिया ८:२३ को मूल भाषा केलाउने हो भने, त्यसमा हामीलाई एक जनाको होइन तर “एउटा यहूदी”-ले सङ्‌केत गर्ने समूहको पछि लाग्न प्रोत्साहन दिएको छ।—w१६.०१, पृ. २३.

कसैले स्मरणार्थमा प्रतीकहरू खान थाल्यो भने तपाईंले तिनलाई कुन नजरले हेर्नुपर्छ?

ख्रीष्टियनहरू त्यस्तो व्यक्‍तिलाई वाहवाही गर्ने वा उचालेर कुरा गर्ने गर्दैनन्‌। अनि साँचो अभिषिक्‍त जनहरू पनि आफूलाई अरूले त्यसरी उचालेर कुरा गरेको मन पराउँदैनन्‌। परमेश्‍वरसितको आफ्नो सम्बन्धबारे तिनीहरू अरूलाई प्रचार-प्रसार गर्न चाहँदैनन्‌। (मत्ती २३:८-१२)—w१६.०१, पृ. २४-२५.

अब्राहाम परमेश्‍वरको मित्र बनेको कुरालाई विचार गर्दा हामी त्यसबाट के सिक्न सक्छौं?

अब्राहामले परमेश्‍वरबारे ज्ञान लिए—सायद तिनले शेमबाट परमेश्‍वरबारे सिकेको हुनुपर्छ। साथै आफूसित अनि आफ्नो परिवारसित परमेश्‍वरले गर्नुभएको व्यवहारलाई विचार गरेर तिनले अनुभव पनि बटुले। हामी पनि त्यसै गर्ने प्रयास गर्न सक्छौं।—w१६.०२, पृ. ९-१०.

परमेश्‍वरका जनहरू कहिले महान्‌ बेबिलोनको कैदमा परे?

इस्वी संवत्‌ दोस्रो शताब्दीदेखि सन्‌ १९१९ सम्म परमेश्‍वरका जनहरू आध्यात्मिक कैदमा परे। दोस्रो शताब्दीमा धर्मत्याग बढ्‌न थालेपछि तिनीहरू महान्‌ बेबिलोनको कैदमा परेको कुरा स्पष्ट हुन्छ।—w१६.०३, पृ. २९-३१.

येशूलाई प्रलोभनमा पार्न के सैतानले उहाँलाई साँच्चै मन्दिरमा लगेको थियो?

यस विषयमा हामी तोकेरै केही भन्‍न सक्दैनौं। मत्ती ४:५ र लूका ४:९ अनुसार येशूलाई मन्दिरमा लगिएको दर्शन मात्र देखाइएको हुन सक्छ अथवा उहाँ मन्दिर हातामा रहेको कुनै अग्लो ठाउँमा उभिनुभएको हुन सक्छ।—w१६.०३, पृ. ३१-३२.

कुन अर्थमा तपाईंको सेवा शीतजस्तै छ?

 शीत सौम्य, स्फूर्तिदायी अनि जीवनदायी हुन्छ। यहोवाले दिनुभएका आशिष्‌हरूमध्ये शीत पनि एउटा हो। (व्यव. ३३:१३) उहाँका सबै सेवकहरूले मिलेर गर्ने सेवा पनि त्यस्तै हो।—w१६.०४, पृ. ४.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने