प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w22 डिसेम्बर p. १५
  • के तपाईँलाई सम्झना छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईँलाई सम्झना छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • मिल्दोजुल्दो सामग्री
  • “काममा हस्तक्षेप नगर्नुहोस्‌”
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • यहोवाको लागि आफूलाई उपलब्ध गराउनुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • सङ्‌गी भाइबहिनीलाई कहिल्यै नत्याग्नुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • नयाँ सेवा वर्षको लागि तपाईँले कस्ता लक्ष्यहरू राख्नुभएको छ?
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
w22 डिसेम्बर p. १५

के तपाईँलाई सम्झना छ?

के तपाईँले यस वर्षको प्रहरीधरहरा पत्रिकाका अङ्‌कहरू ध्यान दिएर पढ्‌नुभयो? उसोभए तपाईँ निम्न प्रश्‍नहरूको जवाफ दिन सक्नुहुन्छ कि:

हामीले यहोवासित कुरा गर्न, उहाँको कुरा सुन्‍न र उहाँबारे मनन गर्न समय निकाल्यौँ भने नतिजा कस्तो हुनेछ?

सही निर्णय गर्न सक्नेछौँ, अझ राम्रो शिक्षक बन्‍नेछौँ, हाम्रो विश्‍वास अझ बलियो हुनेछ अनि यहोवाप्रतिको प्रेम अझ बढ्‌नेछ।—w२२.०१, पृ. ३०-३१.

यहोवा र उहाँका प्रतिनिधिहरूमाथि भरोसा गर्न सिक्यौँ भने हामीलाई कस्तो लाभ हुन्छ?

एल्डरहरूले दिने निर्देशन र तिनीहरूले गर्ने निर्णयमा कुनै शङ्‌का नगरी परमेश्‍वरको तौरतरिकामा भरोसा गर्न सिक्ने समय अहिल्यै हो। यसो गऱ्‍यौँ भने महासङ्‌कष्टको दौडान सङ्‌गठनबाट आउने निर्देशनहरू अनौठो वा अव्यावहारिकजस्तो लागे पनि ती पालन गर्न तयार हुनेछौँ।—w२२.०२, पृ. ४-६.

स्वर्गदूतले “[राज्यपाल] यरुबाबेलको हातमा साहुल देखेर मानिसहरू रमाउनेछन्‌” भन्दा के भन्‍न खोज्दै थिए? (जक. ४:८-१०)

यस दर्शनले परमेश्‍वरका सेवकहरूलाई त्यतिबेला निर्माण भइरहेको मन्दिर साधारणजस्तो लागे तापनि त्यसको निर्माणकार्य पूरा हुनेछ र त्यहाँ परमेश्‍वरको स्तरअनुसार उपासना गर्न सकिनेछ भनेर आश्‍वासन दियो।—w२२.०३, पृ. १६-१७.

हामी कसरी ‘बोलीको सन्दर्भमा उदाहरण’ बन्‍न सक्छौँ? (१ तिमो. ४:१२)

हामीले साक्षीकार्यमा भेटिने मानिसहरूसित दयालु भई र आदरभावसहित बोल्नुपर्छ, सभामा मनैदेखि गाउनुपर्छ, नियमित रूपमा टिप्पणी दिनुपर्छ, दुर्वचन त्याग्नुपर्छ, सत्य बोल्नुपर्छ अनि अरूको उत्थान गर्नुपर्छ।—w२२.०४, पृ. ६-९.

प्रकाश १३:१, २ को जनावर दानिएल अध्याय ७ को चार वटा जनावरका (राज्यहरू) विभिन्‍न अङ्‌ग मिलेर बनेको छ। प्रकाशको किताबको यस जनावरले केलाई चित्रण गर्छ?

प्रकाश अध्याय १३ को जनावरले रोमजस्तै कुनै एउटा मात्र राज्यलाई चित्रण गर्दैन। बरु यसले मानिसजातिमाथि शासन गरेको सम्पूर्ण राजनैतिक शक्‍तिलाई बुझाउँछ।—w२२.०५, पृ. ९.

यहोवाको न्यायमा भरोसा गरेको देखाउने मुख्य तरिका के हो?

कसैले हाम्रो बदनाम गर्दा, चित्त दुखाउँदा वा हामीविरुद्ध पाप गर्दा मनमा रिस पाल्नु हुँदैन बरु न्याय गर्ने काम यहोवाको हातमा छोडिदिनुपर्छ। पापले गर्दा भएका सबै असर उहाँले हटाउनुहुनेछ।—w२२.०६, पृ. १०-११.

सभामा प्रार्थना गर्ने जिम्मेवारी पाएको भाइले कुन कुरा मनमा राख्नुपर्छ?

प्रार्थनालाई सल्लाह दिने वा घोषणा गर्ने माध्यमको रूपमा प्रयोग गर्नु हुँदैन। विशेषगरि सभाको सुरुको प्रार्थना गर्ने भाइले येसुले भन्‍नुभएझैँ प्रार्थनामा ‘धेरै बोल्नु हुँदैन।’ (मत्ति ६:७)—w२२.०७, पृ. २४-२५.

‘खराब काम गरेकाहरूलाई’ कुन अर्थमा “न्याय गरिनको लागि फेरि जीवित” पारिनेछ? (युह. ५:२९)

मृत्युअघि गरेको खराब कामको आधारमा तिनीहरूलाई सजाय दिइनेछैन। बरु फेरि जीवित भएपछि तिनीहरूले देखाएको मनोवृत्ति र गरेको कामको आधारमा तिनीहरूलाई जाँचिनेछ।—w२२.०९, पृ. १८.

जे. एफ. रदरफोर्डले सेप्टेम्बर १९२२ को अधिवेशनमा कस्तो रोमाञ्चकारी घोषणा गर्नुभयो?

अमेरिकाको ओहायोस्थित सिडार प्वाइन्टमा आयोजित अधिवेशनमा उहाँले यसो भन्‍नुभयो: “हाम्रा राजाले शासन थालिसक्नुभएको छ! तपाईँहरू उहाँको प्रचार-प्रसार गर्ने माध्यम हुनुहुन्छ। त्यसकारण राजा र उहाँको राज्यको विज्ञापन गर्नुहोस्‌, विज्ञापन गर्नुहोस्‌, विज्ञापन गर्नुहोस्‌!”—w२२.१०, पृ. ३-५.

यसैया अध्याय ३० अनुसार परमेश्‍वरले हामीलाई कुन तीन तरिकामा सहन मदत गर्नुहुन्छ?

यस अध्यायअनुसार उहाँ (१) हाम्रो प्रार्थना ध्यान दिएर सुन्‍नुहुन्छ र त्यसको जवाफ दिनुहुन्छ, (२) हामीलाई डोऱ्‍याइ दिनुहुन्छ अनि (३) अहिले र भविष्यमा पनि आशिष्‌ दिनुहुन्छ।—w२२.११, पृ. ९.

भजन ३७:१०, ११, २९ का शब्दहरू पुरातन समयमा पूरा भए र भविष्यमा पनि पूरा हुनेछ भनेर किन भन्‍न सक्छौँ?

दाउदका यी शब्दहरूले राजा सुलेमानको शासनकालमा इस्राएलमा शान्ति र सुरक्षा छाउने कुरालाई सङ्‌केत गर्छ। येसुले पद ११ उद्धरण गर्दै भविष्यमा आउने प्रमोदवनबारे बताउनुभयो। (मत्ति ५:५; लुका २३:४३)—w२२.१२, पृ. ८-१०, १४.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने