प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • ijwbq article १५५
  • दिनेबारे बाइबलले के सिकाउँछ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • दिनेबारे बाइबलले के सिकाउँछ?
  • बाइबल प्रश्‍नहरूको जवाफ
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • बाइबलको जवाफ
  • कसरी दिँदा परमेश्‍वर खुसी हुनुहुन्छ?
  • कसरी दिँदा परमेश्‍वर मन पराउनुहुन्‍न?
  • के तपाईंसित अरूलाई दिने मनोभाव छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • दिनुहोस्‌ र आनन्दित हुनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१७)
  • उदारचित्तले दिनेहरू आनन्दित हुन्छन्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
  • पाठकहरूका प्रश्‍नहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
थप हेर्नुहोस्
बाइबल प्रश्‍नहरूको जवाफ
ijwbq article १५५
एक जना व्यक्‍ति उपहार दिँदै

दिनेबारे बाइबलले के सिकाउँछ?

बाइबलको जवाफ

बाइबल हामीलाई राजीखुसीले अनि उचित मनसाय राखेर दिन सिकाउँछ। यसो गर्दा लिने व्यक्‍ति मात्रै होइन दिने व्यक्‍ति पनि आनन्दित हुन सक्छ। (हितोपदेश ११:२५; लुका ६:३८) येसुले यसो भन्‍नुभयो: “लिनुमा भन्दा दिनुमा धेरै आनन्द छ।”—प्रेषित २०:३५.

  • कसरी दिँदा परमेश्‍वर खुसी हुनुहुन्छ?

  • कसरी दिँदा परमेश्‍वर मन पराउनुहुन्‍न?

  • बाइबल पदहरू

कसरी दिँदा परमेश्‍वर खुसी हुनुहुन्छ?

राजीखुसीले दियौँ भने परमेश्‍वर खुसी हुनुहुन्छ। बाइबल यसो भन्छ, “हरेक मानिसले आफ्नो मनमा निर्णय गरेबमोजिम गरोस्‌, मन नलागी-नलागी वा करकापमा परेर होइन किनकि खुसीसाथ दिनेलाई परमेश्‍वर प्रेम गर्नुहुन्छ।”—२ कोरिन्थी ९:७.

मनैदेखि दिनु भनेको उपासनाको एउटा भाग हो र यसलाई परमेश्‍वर स्विकार्नु हुन्छ। (याकुब १:२७) खाँचोमा परेकाहरूलाई उदार भई मदत गऱ्‍यौँ भने परमेश्‍वरसँगै काम गरिरहेका हुन्छौँ अनि यस्तो दयालु कामलाई परमेश्‍वर आफूलाई सापटी दिएसरह ठान्‍नुहुन्छ। (हितोपदेश १९:१७) उदार भई दिने व्यक्‍तिलाई परमेश्‍वर इनाम दिनुहुन्छ भनी बाइबल सिकाउँछ।—लुका १४:१२-१४.

कसरी दिँदा परमेश्‍वर मन पराउनुहुन्‍न?

खराब मनसाय राखेर दिँदा, जस्तै:

  • अरूलाई देखाउन।—मत्ति ६:२.

  • केही पाउन।—लुका १४:१२-१४.

  • पैसा तिरेर मुक्‍ति पाउन।—भजन ४९:६, ७.

परमेश्‍वरले मन नपराउनुहुने कामकुराको लागि दिँदा। उदाहरणको लागि, जुवा खेल्न वा लागूपदार्थ सेवन गर्न अनि रक्सी पिउनको लागि कसैलाई पैसा दिन्छौँ भने त्यो गलत हो। (१ कोरिन्थी ६:९, १०; २ कोरिन्थी ७:१) त्यसैगरि, काम गर्ने क्षमता हुँदाहुँदै पनि काम गर्न नचाहने व्यक्‍तिहरूलाई दिनु उचित होइन।—२ थिस्सलोनिकी ३:१०.

पारिवारिक जिम्मेवारी पूरा गर्न बाधा पुऱ्‍याउँदा। परिवारको शिरले परिवारको आवश्‍यकता पूरा गर्नुपर्छ भनेर बाइबलले सिकाउँछ। (१ तिमोथि ५:८) त्यसकारण परिवारको शिरले आफ्नो परिवारको आवश्‍यकता पूरा गर्न नै नसक्ने गरी अरूलाई दिनु पनि राम्रो होइन। परमेश्‍वरलाई भेटी अर्पण गरेपछि आफ्नो आमाबुबाको हेरचाह गर्नुपर्दैन भनेर सोच्ने मानिसहरूको येसुले निन्दा गर्नुभयो।—मर्कुस ७:९-१३.

बाइबल पदहरू

हितोपदेश ११:२५: “मन खोलेर दिने मानिसको उन्‍नति हुन्छ अनि जसले अरूलाई स्फूर्ति दिन्छ, ऊ आफैले पनि स्फूर्ति पाउँछ।”

अर्थ: दिँदा लिने व्यक्‍ति मात्रै होइन दिने व्यक्‍ति पनि आनन्दित हुन्छ।

हितोपदेश १९:१७: “गरिबलाई दया देखाउनु यहोवालाई सापटी दिनुजस्तै हो; त्यसको इनाम उहाँले दिनुहुन्छ।”

अर्थ: खाँचोमा परेकाहरूलाई मदत गर्नेहरूप्रति परमेश्‍वर ऋणी महसुस गर्नुहुन्छ। त्यसरी उदारता देखाएकोमा उहाँ तिनीहरूलाई इनाम पनि दिनुहुन्छ।

मत्ति ६:२: “यसकारण तिमीले दानपुण्य गर्दा कपटीहरूले जस्तो झ्याली नपिट्‌नू किनकि तिनीहरू मानिसहरूबाट प्रशंसा बटुल्न . . . झ्याली पिट्‌छन्‌।”

अर्थ: अरूलाई देखाउनको लागि मात्र हामीले दिने गर्नु हुँदैन।

प्रेषित २०:३५: “लिनुमा भन्दा दिनुमा धेरै आनन्द छ।”

अर्थ: मनैदेखि दिँदा आनन्दित हुन सकिन्छ।

२ कोरिन्थी ९:७: “हरेक मानिसले आफ्नो मनमा निर्णय गरेबमोजिम गरोस्‌, मन नलागी-नलागी वा करकापमा परेर होइन किनकि खुसीसाथ दिनेलाई परमेश्‍वर प्रेम गर्नुहुन्छ।”

अर्थ: राजीखुसीले दिँदा परमेश्‍वरलाई खुसी लाग्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने