प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wp17 No. २ pp. १३-१५
  • दिनुहोस्‌ र आनन्दित हुनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • दिनुहोस्‌ र आनन्दित हुनुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१७)
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • ‘खुसीसाथ दिनेहरू’
  • दिनु स्वास्थ्यको लागि लाभदायी
  • दिनुभयो भने अरू पनि दिन उत्प्रेरित हुनेछन्‌
  • दिने सन्दर्भमा सर्वोत्कृष्ट उदाहरण अनुकरण गर्नुहोस्‌
  • उदारचित्तले दिनेहरू आनन्दित हुन्छन्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
  • दिनेबारे बाइबलले के सिकाउँछ?
    बाइबल प्रश्‍नहरूको जवाफ
  • के तपाईंसित अरूलाई दिने मनोभाव छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • उदार हुनुहोस्‌
    ब्यूँझनुहोस्‌!—२०२५
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१७)
wp17 No. २ pp. १३-१५
उपहार हातमा लिइरहेका एक पुरुष

दिनुहोस्‌ र आनन्दित हुनुहोस्‌

एलेक्सज्यान्ड्रा दक्षिण अमेरिकाको एउटा देशको सीमा पार गरेर अर्को देशमा जाँदै छिन्‌। गाडीमा बसिरहँदा उनले बाहिरबाट यस्तो आवाज सुन्छिन्‌, “गाडी जान सक्छ तर यो केटा भने जान पाउँदैन!” अवस्था बुझ्न गाडीबाट ओर्लंदा उनले एक चिनियाँ युवकलाई देख्छिन्‌। ती युवक टुटे-फुटेको स्पेनिश बोल्दै सीमा प्रहरीलाई आफ्नो समस्या पोख्दै थिए। एलेक्सज्यान्ड्रा यहोवाका साक्षीहरूको चिनियाँ भाषाको मण्डली जान्थिन्‌। त्यसैले उनी दोभासे बनेर मदत गर्छिन्‌।

उक्‍त चिनियाँ युवक आफू वैधानिक नागरिक भएको तर आफ्नो सबै कागजपत्र र पैसा गुन्डाहरुले लुटेको कुरा बताउँछन्‌। सुरुमा त सीमा प्रहरीले तिनको कुरा विश्‍वासै गर्दैनन्‌ अनि एलेक्सज्यान्ड्रा पनि मानव बेचबिखनमा समावेश भएको आशङ्‌का गर्छन्‌। पछि सीमा प्रहरी उक्‍त युवकको कुरा विश्‍वास गर्छन्‌ तर आवश्‍यक कागजपत्र नभएकोले ती युवकले जरिबाना तिर्नुपर्ने हुन्छ। तिनीसँग पैसा नभएको कारण एलेक्सज्यान्ड्राले तिनलाई २० अमेरिकी डलर (नेपाली रुपैयाँ लगभग २२ सय) दिन्छिन्‌। उक्‍त युवक एलेक्सज्यान्ड्राप्रति निकै कृतज्ञ हुन्छन्‌ र पछि उनलाई आफूले लिएको भन्दा धेरै पैसा फिर्ता दिने वाचा गर्छन्‌। एलेक्सज्यान्ड्राले आफूले इनाम पाउन नभई सही लागेकोले मात्र यो काम गरेको अनि मदत गर्न पाएकोमा खुसी लागेको कुरा बताउँछिन्‌। उनले तिनलाई केही बाइबल साहित्य दिन्छिन्‌ अनि यहोवाका साक्षीहरूसँग बाइबल अध्ययन गर्न आग्रह गर्छिन्‌।

कुनै अपरिचित व्यक्‍तिलाई कसैले उदार भई मदत गरेको कुरा सुन्दा हाम्रो मन छुन्छ। सबै धर्मका मानिसहरूले अनि धर्ममा आबद्ध नभएका मानिसहरूले पनि यसो गरेका छन्‌। के तपाईं पनि यसरी नै उदार भई अरूलाई दिन इच्छुक हुनुहुन्छ? यो प्रश्‍न साँच्चै रोचक छ किनभने येशूले यसो भन्‍नुभयो, “लिनुमा भन्दा दिनुमा धेरै आनन्द छ।” (प्रेषित २०:३५) यो कुरा वैज्ञानिक दृष्टिकोणबाट पनि चाखलाग्दो छ किनभने अनुसन्धानकर्ताहरूले दिनुका फाइदाहरूबारे पत्ता लगाएका छन्‌। कुन-कुन तरिकामा फाइदाजनक छ, विचार गरौं।

‘खुसीसाथ दिनेहरू’

अनुभवहरूले देखाएअनुसार दिने काम र आनन्दबीच गहिरो सम्बन्ध छ। प्रेषित पावलले “खुसीसाथ दिनेलाई परमेश्‍वर प्रेम गर्नुहुन्छ” भनेर लेखे। तिनले दुःखमा परेका सङ्‌गी विश्‍वासीहरूलाई उदार भई अनुदान दिएका ख्रीष्टियनहरूबारे उल्लेख गर्दै थिए। (२ कोरिन्थी ८:४; ९:७) तिनीहरू खुसी भएकाले दिएका हुन्‌ भनेर पावलले भन्‍न खोजिरहेका थिएनन्‌। बरु यसको ठीक उल्टो अरूलाई दिएकाले तिनीहरू खुसी भए।

एउटा अध्ययनअनुसार अरूलाई दिंदा “हाम्रो मस्तिष्कको यस्तो भाग सक्रिय हुन्छ जुन हाम्रो आनन्द, सामाजिक सम्बन्ध र भरोसासँग जोडिएको हुन्छ र त्यसले आत्म-सन्तुष्टि पैदा गर्छ।” अर्को अध्ययनबाट के पत्ता लाग्यो भने “आफ्नो लागि पैसा खर्च गर्नुभन्दा त्यो पैसा अरूलाई दिंदा उनीहरूले आनन्दित महसुस गर्न सके।”

आफ्नो अवस्थाले गर्दा अरूको लागि केही गर्न सक्दिनँ जस्तो लाग्छ कि? यथार्थ के हो भने हामी सबै जनाले ‘खुसीसाथ दिंदाको’ आनन्द अनुभव गर्न सक्छौं। उचित मनसायले दिन्छौं भने हामीले दिने कुरा ठूलो हुनु पर्दैन। एक यहोवाको साक्षी बहिनीले यस पत्रिकाको प्रकाशकलाई अनुदानसहित यस्तो सन्देश पठाइन्‌, “यतिका वर्षसम्म मैले राज्यभवनको अनुदान बाकसमा थोरै पैसा मात्र खसाल्न सकेकी थिएँ तर यहोवा परमेश्‍वरले मलाई मैले दिएको भन्दा धेरै दिनुभएको छ। अनुदान दिन पाएकोमा म धेरै खुसी छु। मैले सान्त्वना पाएकी छु।”

अरूलाई दिने कुरा पैसा मात्र होइन। दिन सक्ने कुराहरू अरू पनि थुप्रै छन्‌।

दिनु स्वास्थ्यको लागि लाभदायी

एक पुरुष आफ्नो छाता वृद्ध महिलालाई ओढाइदिंदै

दिंदा तपाईंलाई र अरूलाई पनि लाभ हुन्छ

बाइबल भन्छ, “दयालु हुनाले मानिसको आफ्नै हित हुन्छ, तर निर्दयी मानिसले आफैमाथि सङ्‌कष्ट ल्याउँछ।” (हितोपदेश ११:१७, NRV) दयालु व्यक्‍तिहरू उदार हुन्छन्‌। उनीहरू आफ्नो समय, शक्‍ति, चासो र अन्य कुरा अरूलाई दिन इच्छुक हुन्छन्‌। यस्तो उदार मनोभाव देखाउँदा उनीहरूलाई विभिन्‍न तरिकामा लाभ हुन्छ। त्यसमध्ये एउटा क्षेत्र स्वास्थ्य हो।

अध्ययनहरूले देखाएअनुसार अरूलाई मदत गर्न अग्रसर हुनेहरूले शारीरिक दुखाइ, पीडा र निराशाजस्ता समस्याहरूको सामना त्यति धेरै गर्नुपरेको छैन। उनीहरूको स्वास्थ्य अवस्था राम्रो हुन्छ। उदार भई दिंदा मल्टिपल स्क्‌लेरोसिस वा एचआइभी जस्तो प्राण घातक रोग लागेका कोही-कोहीको स्वास्थ्य अवस्थासमेत सुध्रिएको छ। साथै रक्सीको कुलत हटाउन कोसिस गरिरहेका व्यक्‍तिहरू अरूलाई मदत गर्न अग्रसर हुँदा कम निराश देखिन्छन्‌ अनि उनीहरू पुरानै बानीमा फर्कने सम्भावना कम हुन्छ।

हो, “कोमल करुणा, उदारता अनि दयाजस्ता गुणहरू खेती गर्दा नकारात्मक भावना त्यति आउँदैन” भनिन्छ। अरूलाई दिने बानीले तनाव र रक्‍तचाप पनि कम गर्छ। अनि आफ्नो जोडी गुमाएका व्यक्‍तिहरू पनि अरूलाई मदत दिंदा डिप्रेसनबाट चाँडै मुक्‍त हुन सकेका छन्‌।

यसमा कुनै शङ्‌का छैन, अरूलाई दिंदा तपाईंलाई नै लाभ हुन्छ।

दिनुभयो भने अरू पनि दिन उत्प्रेरित हुनेछन्‌

येशूले आफ्ना चेलाहरूलाई यस्तो आग्रह गर्नुभयो, “दिने गर अनि मानिसहरूले तिमीहरूलाई पनि दिनेछन्‌। तिनीहरूले तिमीहरूको पोल्टामा प्रशस्त गरी, खाँदी-खाँदी, हल्लाएर, पोखिने गरी हालिदिनेछन्‌। किनकि तिमीहरू जुन नापले नाप्छौ अरूले पनि तिमीहरूका लागि त्यही नापले नाप्नेछन्‌।” (लूका ६:३८) जब तपाईं दिनुहुन्छ, मानिसहरू तपाईंले देखाउनुभएको उदारताको मोल गर्न उत्प्रेरित हुन्छन्‌ अनि आफै पनि उदार हुन्छन्‌। त्यसकारण अरूलाई दिंदा त्यसले आत्मीयता र मित्रता बढाउँछ।

एक जना व्यक्‍ति कसैबाट उपहार पाउँछन्‌, त्यसपछि उनी पनि अर्को व्यक्‍तिलाई उपहार दिन्छन्‌

दिंदा त्यसले आत्मीयता र मित्रता बढाउँछ

“सधैं उदारता देखाउने मानिसले अरूलाई पनि उदारता देखाउन उत्प्रेरित गरिरहेको हुन्छ” भनेर मानव सम्बन्धको विषयमा अध्ययन गर्ने अनुसन्धानकर्ताहरूले बताए। वास्तवमा “उदारता देखाएको मन छुने विवरणहरू पढ्‌दा मात्रै पनि मानिसहरू अझ उदार हुन प्रोत्साहित हुन्छन्‌।” एउटा अध्ययनअनुसार “प्रत्येक व्यक्‍तिले दर्जनौं वा सयौं मानिसलाई प्रभाव पार्न सक्छ, तीमध्ये कोही त चिन्दै नचिनेको अनि भेट्‌दै नभेटेको व्यक्‍तिसमेत हुन सक्छ।” अर्को शब्दमा भन्‍नुपर्दा, उदार भई गरेको एउटा कामले व्यक्‍ति-व्यक्‍तिबाट सुरु भएर पूरै समुदायलाई उदार हुन झकझकाउँछ। के तपाईं त्यस्तो ठाउँमा बस्न मन पराउनु हुन्‍न र? हो, अझ धेरै मानिस एकअर्कालाई दिन अग्रसर हुँदा यसले ठूलो लाभ पुऱ्‍याउँछ।

उदारताले अरूलाई सकारात्मक प्रभाव पार्छ भनेर अमेरिकाको फ्लोरिडाको एउटा अनुभवले देखाउँछ। विनाशकारी आँधीहुरीपछि केही यहोवाका साक्षीहरूले राहत कार्यमा भाग लिए। एउटा घरको लागि मर्मत सामाग्री कुरिरहँदा तिनीहरूले छिमेकीको घरबाहिरको पर्खाल भत्किएको याद गरे। तिनीहरूले पर्खाल मर्मत गरिदिने कुरा बताए। केही समयपछि यहोवाका साक्षीहरूको मुख्य कार्यालयमा उक्‍त छिमेकीले यस्तो पत्र पठाए, “म तपाईंहरूको गुन कहिल्यै बिर्सिदिनँ। मैले अहिलेसम्म तपाईंहरूजस्तो असल मानिस भेटेकै छैन।” तिनले साक्षीहरूको यस्तो अद्‌भुत कामलाई अघि बढाउन कृतज्ञ हुँदै ठूलो रकम अनुदान दिए।

दिने सन्दर्भमा सर्वोत्कृष्ट उदाहरण अनुकरण गर्नुहोस्‌

वैज्ञानिक अनुसन्धानले पत्ता लगाएअनुसार “मानिसहरूमा अरूलाई मदत गर्ने विशेष गुण हुन्छ।” उक्‍त अध्ययनअनुसार, “बच्चाहरूले बोल्न सिक्नु अघिदेखि नै यसो गर्छन्‌।” किन? यस प्रश्‍नको जवाफ बाइबलले दिन्छ। बाइबलअनुसार मानिस “परमेश्‍वरकै स्वरूपमा” अर्थात्‌ ईश्‍वरका गुणहरूसहित सृष्टि गरिएको थियो।—उत्पत्ति १:२७.

हाम्रो सृष्टिकर्ता यहोवा परमेश्‍वरको मनमोहक गुणहरूमध्ये एउटा उदारता हो। उहाँले हामीलाई जीवन दिनुभएको छ अनि आनन्दित हुन चाहिने सबै कुरा दिनुभएको छ। (प्रेषित १४:१७; १७:२६-२८) हामी स्वर्गका बुबा यहोवाबारे र उहाँले हाम्रो लागि राख्नुभएको मायालु उद्देश्‍यबारे उहाँको वचन बाइबल अध्ययन गरेर थाह पाउन सक्छौं। बाइबलमा हाम्रो उज्ज्वल भविष्यको लागि परमेश्‍वरले गर्नुभएको प्रबन्धको विषयमा पनि बताइएको छ।a (१ यूहन्‍ना ४:९, १०) उदारताको स्रोत यहोवा परमेश्‍वर हुनुहुन्छ र उहाँले हामीलाई आफ्नै स्वरूपमा बनाउनुभएको छ। त्यसकारण परमेश्‍वरको अनुकरण गर्दै अरूलाई दिंदा हाम्रै फाइदा हुन्छ र परमेश्‍वरको अनुमोदन प्राप्त गर्न सकिन्छ।—हिब्रू १३:१६.

के तपाईंले यस लेखको सुरुमा उल्लेख गरिएको एलेक्सज्यान्ड्रालाई सम्झनुभएको छ? त्यसपछि कस्तो घटना घट्‌यो? सँगैको यात्रुले एलेक्सज्यान्ड्रालाई ‘व्यर्थमै पैसा फाल्नुभयो’ भनेर टिप्पणी गरे। तर ती चिनियाँ युवकले गाडी जान लागिरहेको सहरका साथीहरूलाई फोन गरे र उनको २० अमेरिकी डलर फिर्ता दिए। साथै उक्‍त व्यक्‍तिले एलेक्सज्यान्ड्राले दिएको सल्लाहअनुसारै बाइबल अध्ययन गर्न  थाले। तीन महिनापछि पेरूमा भएको यहोवाका साक्षीहरूको चिनियाँ भाषाको अधिवेशनमा तिनलाई भेट्‌न पाउँदा एलेक्सज्यान्ड्रा असाध्यै खुसी भइन्‌। एलेक्सज्यान्ड्राले गरेको सबै कुराको लागि कृतज्ञता देखाउन तिनले एलेक्सज्यान्ड्रा र उनीसँगै अधिवेशन आएका सबैलाई आफ्नो रेस्टुराँमा निम्तो दिए।

अरूलाई दिंदा र मदत गर्दा अपार आनन्द पाउन सक्नुहुन्छ। साथै मानिसहरूलाई हरेक उत्तम उपहारका स्रोत यहोवा परमेश्‍वरसँग नजिक हुन मदत गर्नुभयो भने अझ धेरै आनन्दित हुन सक्नुहुन्छ। (याकूब १:१७) के तपाईं पनि अरूलाई दिएर आनन्द उठाउँदै हुनुहुन्छ?

a थप जानकारीको लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित बाइबलले वास्तवमा के सिकाउँछ? किताब हेर्नुहोस्‌। यो किताब www.jw.org/ne मा पनि उपलब्ध छ। प्रकाशनहरू > पुस्तक र पुस्तिकाहरू अन्तर्गत हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने