प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g ७/०६ pp. २८-२९
  • मिलेर बस्नु के व्यावहारिक छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मिलेर बस्नु के व्यावहारिक छ?
  • ब्यूँझनुहोस्‌!—२००६
  • मिल्दोजुल्दो सामग्री
  • ‘शान्ति खोज्नुहोस्‌ र त्यसको पछि लाग्नुहोस्‌’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • शान्ति कसरी पाउन सक्नुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
  • साहसी तैपनि शान्तिमा रहने
    हाम्रो राज्य सेवकाई—२००६
  • येशूका उपदेशहरूले आनन्दित हुन मदत गर्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००६
g ७/०६ pp. २८-२९

बाइबल के भन्छ

मिलेर बस्नु के व्यावहारिक छ?

येशूले डाँडामा दिनुभएको एउटा सुप्रसिद्ध उपदेश यस्तो छ: “धन्य मेल-मिलाप गराउनेहरू।” उहाँले यसो पनि भन्‍नुभयो: “धन्य नम्र हुनेहरू, किनभने तिनीहरूले पृथ्वीको अधिकार पाउनेछन्‌।” (मत्ती ५:५, ९) मेलमिलाप गर्नुको अर्थ अरूसित कलह वा झगडा नगर्नु वा ठन्डा दिमागको हुनु मात्र होइन। मिलनसार मान्छेले अरूसित मायालु अनि मदतकारी व्यवहार गर्छ र आपसमा शान्ति कायम गर्न सक्रिय भूमिका निर्वाह गर्छ।

तर येशूले दिनुभएको सल्लाह के अहिले पनि उत्तिकै व्यावहारिक छ? यो संसारमा अरूलाई नथर्काई, हप्कीदप्की नगरी वा हात नचलाई आफ्नो मतलब पूरा हुँदैन भन्‍ने कसै-कसैको विचार छ। तपाईंको विचारमा के ‘ईंटको जवाफ पत्थरले दिनु’ ठीकै हो? वा मिलेर बस्नु? “धन्य मेल-मिलाप गराउनेहरू” भनेर येशूले दिनुभएको उपदेशलाई हामीले किन हल्कासित लिन मिल्दैन आउनुहोस्‌, यसका तीन कारण केलाएर हेरौं।

◼ शान्त मन  हितोपदेश १४:३० अनुसार ‘शान्त मनले मानिसलाई स्वस्थ बनाउँछ।’ रिसराग अनि वैमनस्यताले मस्तिष्कघात अनि हृदयघात गराउनसक्छ भनेर थुप्रै मेडिकल रिपोर्टहरूले देखाइसकेको छ। हालै एउटा मेडिकल पत्रिकाले मुटुका रोगीहरू झडङ्‌ग रिसाउनु विषपान गर्नु बराबर हो भनेको थियो। “रिसले बौलाउनु वास्तवमा सिकिस्त बिरामी पर्नु” हो भनेर पनि उक्‍त पत्रिकाले उल्लेख गरेको थियो। मेलमिलाप चाहने व्यक्‍तिले मित्रैलो व्यवहार गर्छ, शान्ति कायम गर्छ, अनि “शान्त मन” र त्यसबाट हुने फाइदा बटुल्न सक्छ।

यसको एउटा उदाहरण विचार गर्नुहोस्‌। यो उदाहरण हो, ६१ वर्षीय जीमको, जो अहिले अमेरिकामा बसोबास गर्ने भियतनामी समुदायलाई बाइबल पढाउने काम गर्छन्‌। तिनी यसो भन्छन्‌: “मैले छ वर्ष सेनामा बिताएँ र तीन पटक भियतनामको रणभूमिमा उत्रें। हिंसा, क्रोध अनि हतोत्साहको विकृत अनुहारलाई मैले नजिकबाट नियाल्ने मौका पाएको छु। आफूले भोगेका कुराहरूले मलाई असाध्यै पिरोल्थ्यो, म राम्ररी निदाउनसम्म सक्दिनथें। मनको व्यथा अनि तनावले गर्दा पेट अनि नसासम्बन्धी समस्याहरू देखा पर्न थाल्यो।” जीमले कसरी मुक्‍ति पाए त? “यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गर्न थालेपछि मेरो जीवनले काँचुली फेऱ्‍यो। शान्तिमय नयाँ संसार स्थापित गर्ने परमेश्‍वरको उद्देश्‍य अनि ‘नयाँ स्वभावबारे’ सिकेर मैले आफ्नो मनलाई शान्त बनाउन सकें। मेरो स्वास्थ्यमा पनि निकै सुधार आयो।” (एफिसी ४:२२-२४; यशैया ६५:१७; मीका ४:१-४) शान्त मनको अनि मिलनसार हुँदा त्यसले भावनात्मक, शारीरिक अनि आध्यात्मिक लाभ पुऱ्‍याउँछ भनेर जीमले जस्तै अरू थुप्रैले अनुभव गरिसकेका छन्‌।—हितोपदेश १५:१३.

◼ सुमधुर सम्बन्ध मिलनसार स्वभावले अरूसित सुमधुर सम्बन्ध राख्न मदत गर्छ। “क्रोध, रीस, होहल्ला, निन्दा, सारा वैरभावसमेत तिमीहरूबाट त्यागिओस्‌” भनेर बाइबलले सल्लाह दिन्छ। (एफिसी ४:३१) हुन पनि जोरी खोज्ने मान्छेलाई कसैले मन पराउँदैन। हप्कीदप्की अनि टर्रो व्यवहार गर्ने मानिसहरू अक्सर भरपर्दो साथी नपाएर एकलकाँटे हुन बाध्य हुन्छन्‌। हितोपदेश १५:१८ ले “तातो रीसले झगडा उठाउँछ, तर धीरजले झगडालाई मेटाउँछ” भन्छ।

अमेरिकाको न्यु योर्क सिटीका ४२ वर्षीय मसीही प्राचीन एन्डी हिंसालु वातावरणमा हुर्केका थिए। एन्डी आफ्नो कथा यसरी सुनाउँछन्‌: “आठ वर्षको उमेरमा मैले बक्सिङ सिक्न सुरु गरें। म आफ्नो प्रतिद्वन्दीलाई मान्छे नै सम्झिन्‍नथें। मेरो धारणा नै ‘मार कि मर’ थियो। म ग्याङमा पनि लागें। हामीले कति चोटि ग्याङफाइट अनि मारामारी गऱ्‍यौं गन्ती नै छैन। कन्चटमा पेस्तोलको नाल अनि घाँटीमा चक्कुको धारले छुँदा कस्तो अनुभव हुन्छ, मैले भोगिसकेको छु। मेरा साथीहरू त थिए, तर सम्बन्ध भने राम्रो थिएन। म उनीहरूसित अनि उनीहरू मसित डराउँथे।”

उसोभए एन्डीले कसरी मिलनसार हुन सिके त? “एकचोटि म यहोवाका साक्षीहरूको राज्यभवन गएको थिएँ। यहोवाका साक्षीहरू कति मायालु हुँदा रहेछन्‌ भनेर चिन्‍न मलाई धेरै बेर लागेन। त्यहाँदेखि म यी शान्तिप्रिय मानिसहरूसित संगत गर्दैछु र यही संगतले गर्दा मैले आफ्नो हृदयलाई शान्त बनाउन सिकें र मेरा पुराना धारणा अनि मान्यताहरूलाई हटाउन सकें। अहिले म साँचो मित्रताको आनन्द उठाउँदैछु।”

◼ सुखी भविष्यको आशा मिलेर बस्नुपर्ने सबैभन्दा असल कारणचाहिं के हो भने, त्यस्तो गुण हुनेले हाम्रो सृष्टिकर्ताले प्रकट गर्नुभएको उद्देश्‍यको कदर गर्छ। परमेश्‍वरको वचन बाइबलले हामीलाई “शान्ति खोज, र त्यसकै पछि लाग” भनेर आग्रह गर्छ। (भजन ३४:१४, NRV) यहोवा परमेश्‍वरको अस्तित्व स्वीकाऱ्‍यौं अनि उहाँले सिकाउने जीवनदायी शिक्षा सिक्यौं र पालना गऱ्‍यौं भने उहाँसित घनिष्ठ सम्बन्ध गाँस्न सक्छौं। त्यस्तो घनिष्ठ सम्बन्धले हामीलाई “परमेश्‍वरको शान्ति” दिन्छ। हाम्रो जीवनमा जस्तोसुकै उतारचढाव आए पनि परमेश्‍वरले दिनुहुने शान्ति कहिल्यै हराउँदैन।—फिलिप्पी ४:६, ७.

मिलनसार स्वभाव विकास गर्दा हामी कस्तो किसिमको व्यक्‍ति हुन चाहन्छौं भनेर यहोवालाई देखाउने मौका पनि पाउँछौं। उहाँले प्रतिज्ञा गर्नुभएको शान्तिमय नयाँ संसारको लायक छौं भनेर हामीले अहिल्यै प्रमाणित गरिरहेका हुन्छौं। परमेश्‍वरले यो पृथ्वीबाट दुष्टता हटाउनुभएपछि येशूले भन्‍नुभएझैं नम्र मानिसहरूले “पृथ्वीको अधिकार पाउनेछन्‌।” हामी मिलेर बस्न चाहन्छौं भने त्यो सौभाग्य हामीले पाउनेछौं।—भजन ३७:१०, ११; हितोपदेश २:२०-२२.

अन्तमा भन्‍नुपर्दा, “धन्य मेल-मिलाप गराउनेहरू” भनेर येशूले त्यत्तिकै भन्‍नुभएको होइन रहेछ। ‘सक्दोभर सबै मानिसहरूसँग शान्तिमा रह्‍यौं’ भने हाम्रो मन शान्त हुनेछ, अरूसितको सम्बन्ध सुमधुर हुनेछ अनि सुनिश्‍चित भविष्यको आशा पाउनेछौं।—रोमी १२:१८. (g 5/06)

[पृष्ठ २८-मा भएको चित्र]

“मेरो स्वास्थ्यमा पनि निकै सुधार आयो।”–जीम

[पृष्ठ २९-मा भएको चित्र]

“म साँचो मित्रताको आनन्द उठाउँदैछु।”–एन्डी

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने