साँचो सौन्दर्य तपाईंले स्वयम् बढाउन सक्नुहुन्छ
हेर्नमा सुन्दर हुने सम्बन्धमा, दुवै पुरूष र स्त्रीहरूका निम्ति बाइबलमा उपदेश दिइएको छ। पुरूषहरूका लागि, एसो भनिएको छ: “जवान मानिसहरूको गौरव तिनीहरूको बल हो।” (हितोपदेश २०:२९) हो, जवान मानिसहरूका बल र सामर्थ्य अत्यन्त आकर्षक हुनु सक्दछ। तर त्यो जवानीको ताकत हराएर गये पछि के रहन्छ? बाइबलको हितोपदेशले एसो भन्दछ: “धार्मिक्ताको मार्गमा छ भने, फूलेको केश शोभाको मुकुट हो।” (दी न्यु वर्ल्ड ट्रान्सलेशन, हितोपदेश १६:३१) धार्मिक्ता भित्री सौन्दर्यको एउटा भाग हो। जवान मानिसले आफूमा धार्मिक्ताको वृद्धि गराएकोछ भने, जवानीको आकर्षणकारी बल बितेर गएता पनि, यो गुण रही नै रहनेछ।
स्त्रीजातिको विषयमा, बाइबलले एसो भन्दछ: “सौन्दर्य भ्रमात्मक् हुन्छ, औ सुन्दरता उड़िजाने हुन्छ, तर परमेश्वरको भय मान्ने स्त्रीनै आदरणीय हुन्छिन्।” (हितोपदेश ३१:३०) एउटी सुन्दर र मोहक स्त्री आनन्दजनक साथी हुनु सक्छे। तर त्यो शारीरिक् सौन्दर्यको भित्रपट्टि कपट र स्वार्थ लुकेको छ भने के गर्ने? यस प्रकारको सौन्दर्य बाहिरी छाला सम्म मात्रको सौन्दर्य हो जसले भित्रको कुरूपतालाई ढाकेको हुन्छ। यो बाहिरी सुन्दरता हराएर गए पछि बाँकी के रहनेछ? बरू, हेर्नमा राम्रो हुनु का साथै, ‘यहोवाको भयमा’ आधारित् कहिले ओइलाएर नजाने भित्री सौन्दर्य हुनु धेरै नै असल कुरा हुनेछ!
व्यक्तित्वमा परिवर्तन
के यस प्रकारको भित्री सौन्दर्य बढाउन सम्भव छ र? छ। वास्तवमा, मसीहीहरूका लागि यो अति नै आवश्यक् कुरा हो। परमेश्वरले साँचो सौन्दर्यको मोल गर्नु हुन्छ। “सबै थोक उहाँले त्यस्को समयानुकुल सुन्दर बनाउनु भएकोछ।” (उपदेशक ३:११, रिभाइज्ड स्टेन्डर्ड भर्सन) कुरुप भित्री दुर्गुणहरू व्यक्त गर्ने व्यवहार भएका मानिसहरूको उपासना उहाँले स्वीकारनु हुनेछैन।
पावलले कलस्सीहरूलाई लेख्नु भएका शब्दहरूमा एउटा भित्री सौन्दर्यको वृद्धि गर्ने आवश्यकता देखिन्छ। सर्वप्रथम, उहाँले यो चेताउनु दिनु हुन्छ: “अब तिमीहरूले पनि रीस, क्रोध, डाह, निन्दा, आफ्नो मुखबाट निस्कने फोहोर बोली, यी सबै कुरा त्याग। एउटाले अर्कोलाई नढाँट, किनभने पुरानो मनुष्यत्वलाई त्यसका कामहरूसमेत त्याग।” हो, यस प्रकारका घृणित कामहरू गर्ने मानिस सँग परमेश्वर मात्र होइन, असल सोचाइ भएका व्यक्तिहरू पनि अप्रसन्न हुन्छन्। यस पछि पावलले फेरि एसो भन्नु हुन्छ: “सृष्टिकर्ताको स्वरूप अनुसार, सही ज्ञान द्वारा सृजिएको नया मनुष्यत्व धारण गर।” (कलस्सी ३:८-१०) परमेश्वरको इच्छा अनुसारको सोच-विचार हामीले ‘धारण गर्नु’ परेकोछ। तर यो “नया मनुष्यत्वको” विषेशताहरू के हुन्?
मसीही गुणहरू
बाइबलमा उल्लेखित् धेरै सुन्दर गुणहरू, यो नया मनुष्यत्वका विषेशताहरू हुन्। तर येशूले यस प्रकारका भित्री सौन्दर्यको आधारलाई यी शब्दहरूमा वर्णन गर्नुभएकोछ: “तैंले परमप्रभु [यहोवा] आफ्नो परमेश्वरलाई आफ्ना सारा हृदयले, र आफ्ना सारा प्राणले, र आफ्ना सारा समझले प्रेम गर्नू। प्रमुख र प्रथम आज्ञा यही हो। दोस्रो चाहिं त्यही जस्तो हो, तैंले आफ्ना छिमेकीलाई आफैलाई जस्तै प्रेम गर्नू।” (मत्ती २२:३७-३९) परमेश्वरको प्रेम छ भने, परमेश्वरलाई प्रसन्न पार्नसक्ने व्यक्ति हुने इच्छा, हामीमा उत्पन्न हुनेछ। यस प्रकारको प्रेमलेगर्दा, अरूहरू सँग उहाँ बारे कुरा गर्ने र तिनीहरूलाई पनि आफ्ना सृष्टिकर्ता चिन्ने सहायता दिने प्रेरणा हामीमा जागृत हुनेछ।—यशैया ५२:७
नया मनुष्यत्वमा हुनुपर्ने अरू गुणहरूको वर्णन पावलले यसरी गर्नु भएकोछ: “प्रेम, आनन्द, शान्ति, धीरज, दया, भलाइ, विश्वस्तता, नम्रता, संयम, यस्ताका विरूद्धमा कुनै व्यवस्था छैन।”—गलाती ५:२२, २३.
यस बाहेक, बाइबलले पतिहरूलाई किटेर यसो भन्दछ: “पत्नीका शिर पति हुन्, जस्तो ख्रीष्ट शरीरको मुक्तिदाता भई मण्डलीका शिर हुनुहुन्छ. . .ए पति हो, आफ्ना पत्नीहरूलाई प्रेम गर, जसरी ख्रीष्टले पनि मण्डलीलाई प्रेम गर्नु भयो र त्यसके निम्ति आफूलाई अर्पण गर्नु भयो।” (एफिसी ५:२३, २५) औ पत्नीहरूलाई बाइबलले एसो भन्दछ: “ए पत्नी हो, प्रभुको अधीनमा रहेजस्तै आफ्ना आफ्ना पतिको अधीनमा बस. . .पत्नीले पनि आफ्ना पतिको डर मानोस्।” (एफिसी ५:२२-३३) पतिले आफ्नो जिम्मेवारी प्रेमपूर्ण, निस्वार्थ र धैर्य साथ निभाएको खण्डमा, पारिवारिक् जीवन कति सुन्दर हुनु सक्दछ! औ पत्नीले पनि प्रतियोगितात्मक् अथवा अत्यन्त आलोचक् प्रवृति धारण गर्नुको सट्टा, पतिलाई प्रेमसित समर्थन गर्दै आफ्नो भित्री सौन्दर्य प्रकट गरी भने, पतिलाई पनि आफ्नो भूमिका निभाउन कति सजिलो हुनेछ। यस प्रकारको वातावरणमा पारिवारिक जीवन वास्तवमा आनन्दायक हुनु सक्दछ।
यो भन्दा अघिको लेखमा उल्लेखित् उदाहरणहरूमा यस्ता केही गुणहरूको प्रयोग देख्यौं। शुलेमकी युवतीले आफ्नो गोठालो प्रेमी प्रति गहीरो प्रेम र एकाग्रता प्रकट गरी। सुलेमानको दरबारको चमक देखेर उसले आफ्नो गोठालोलाई त्यागिन। यूसुफले पनि आफ्नो मालिकको विरूद्धमा पाप गर्न न चाहेर, एउटा भित्री सौन्दर्य देखायो।। साथै, पोतिफरकी पत्नीको बहकाव बाट भागेर उसले आत्मसंयम् प्रकट गर्यो। आफ्नो जीवनमा अनेक कष्टमय घटनाहरू घट्यो भन्दैमा, विरक्त नभएर, उसले संयम्, शान्ति र धैर्यको एउटा आदर्श छाड़ेर गयो।।
एउटा कुरूप संसारमा सुन्दरता
यस प्रकारका सुन्दर गुणहरू के आज व्यवहारिक् छन् र? धेरैको सोचाइ अनुसार छैन। यो स्वार्थी र लोभी संसारमा तिनीहरू एक प्रकारको कठोरता अपनाएर हिड़दछन्। तिनीहरूको विचार अनुसार, बाँच्नको निम्ति निर्दयी, उच्चाभिलाषी र मौकावादी हुनै पर्छ र स्वार्थ सिद्धिको निम्ति हात लगाउन सक्ने कुनै कुरा पनि छाड़नु हुँदैन।
तर बाइबलले यस्को ठीक विपरित, यस प्रकारको प्रोत्साहन् दिंदछ: ‘विरोध अथवा फोस्रो घमण्डले केही नगर। तर नम्रतामा एउटाले अर्कोलाई आफू भन्दा श्रेष्ठ ठानेर, आफ्नै कुरामा मात्र होइन, तर हरेकले अरूहरूका कुरामा पनि ध्यान देउ।’ (फिलिप्पी २:३, ४) मानिसजातिले यो उपदेश साधारणतया नमानेको हुनाकारण आज मानव परिवार यति भ्रष्ट भएर गइरहेकोछ।
साथै, वर्तमान संसारमा, मानिसको सफलताको नाप पैसा अथवा प्रतिष्ठा हो। धनवान मानिसलाई सफल मानिस ठान्ने चलन छ। तर वास्तविक मूल्यहरूको कुरा गर्ने हो भने, मानिसको धन अथवा गरिबीले केही फरक पर्दैन। भनौं भने, धनको आफ्नै खतराहरू छन्। यस विषयमा बाइबलले यो चेताउनी दिंदछ: “तर धनी हुने इच्छा गर्ने चाँहि, सर्वनाश र विनाशमा डुबेका मानिसझैं, परीक्षा र पासो, औ धेरै मूर्ख र हानिकारक अभिलाषाहरूमा फस्तछन्।”—१ तिमोथी ६:९, १०
हो, आज स्वार्थी, भौतिकबादी र निदर्यी मानिसहरूले अकसर क्षणिक् “सफलताको” आनन्द उठाँनसक्छन्। तर यस प्रकारको सफलतालाई यथार्थको सफलता मान्न सकिन्दैन। किनभने यस प्रकारको असुन्दर जीवन शैलीको कारण आज व्यक्तिगत अप्रियता, फूटेका परिवारहरू, रोग र नैराश्य जता ततै फैलिएकाछन्। मानिस परमेश्वरको स्वरूपमा सृजिएको थियो, तर परमेश्वरले दिनु भएका गुणहरूको विरोध गरेर उसले कहिले पनि व्यक्तिगत आनन्द प्राप्त गर्नु सक्नेछैन।—उत्पत्ति १:२७
भित्री सौन्दर्यको वृद्धि
यो संसारका खराब प्रभावहरूको विरोध गर्दै, भद्र र इश्वरीय गुणहरूको हामी वृद्धि कसरी गर्न सक्नेछौं? पावलले ‘प्रेम, आनन्द, शान्ति, धीरज, दया, भलाइ, विश्वस्तता र नम्रता’ जस्ता गुणहरू आत्माका फल हुन् भन्नु भयो। (गलाती ५:२२,२३) यसकारण यी सुन्दर भित्री गुणहरूको आफूमा वृद्धि गराउनको निम्ति परमेश्वरको आत्मा आवश्यक छ।
हामीले के गर्नु पर्यो ता? सर्व प्रथम परमेश्वरको आत्मा द्वारा प्रेरित् भएको बाइबल पढ़नु पर्छ र यसो गर्नाले हामी ती गुणहरू चिन्न सक्नेछौं र तिनीहरूको वृद्धि गराउने इच्छा पनि बलियो हुनेछ। (१ तिमोथी ३:१६) यस प्रकारको प्रयासमा यहोवाका साक्षीहरू सधैं मदद् दिन तयार छन्, किनभने मानिसहरूलाई बाइबल अध्ययन गर्न सहायता दिने कामलाई तिनीहरूले आफ्नो सेवकाइको, एउटा भाग मानेका छन्। इमान्दारी साथ स्वयम्लाई जाँच गर्यौं भने, आफ्नो त्रुटिहरू देख्नसक्नेछौं र यिनीहरूको सुधारका निम्ति परमेश्वर सँग उहाँको आत्माको सहायताको निम्ति माँग गर्नसक्नेछौं। परमेश्वरका उपासकहरू सँग सङ्गत गर्नाले, साथीहरू बाट चाहिन्दो बल पाँउनेछौं र यसमा पनि परमेश्वरको आत्माले मदद् दिनेछ, किनभने येशूले एसो भन्नु भएकोछ: “जहाँ दुइ कि तीन जना मेरो नाउँमा भेला हुन्छन्, त्यहाँ म तिनीहरूका बीचमा हुन्छु।”—मत्ती १८:२०
एउटा सुन्दर संसार आउनलागेको छ
वास्तवमा, हामी कसैले पनि आफ्नो जम्मै असिद्धताहरू सम्पूर्णतया हटाउन सक्नेछैनौं, तर हामीले यो भित्री सौन्दर्यको वृद्धि गर्ने कोशिश गर्यौं भने परमेश्वरले हाम्रो प्रयासलाई आशिष दिनुहुनेछ। उँहाले हामीलाई ठूलो पुरस्कार दिनुहुनेछ। वर्तमान रीतिरिवाज भन्दा बेग्लै, एउटा नया रीतिरिवाज ल्याउने परमेश्वरको उद्देश्य बाइबलमा उल्लेखित् गरिएको छ। त्यो नया रीतिरिवाजमा, “धर्मात्माहरूले देश [न्यु वर्ल्ड ट्रान्सलेशणमा: पृथ्वी] अधिकार गर्नेछन् र त्यसैमा सधैंभरि रहन्छन्।” (भजन ३७:२९) येशूले स्वयम् एसो भन्नु भयो: “धन्य नम्र हुनेहरू किनभने तिनीहरूले पृथ्वीको अधिकार पाउनेछन्।”—मत्ती ५:५
त्यस बेला, यो वर्तमान रीतिरिवाजको कुरूप प्रतियोगिता र स्वार्थको ठाँउमा शान्ति र निमर्लता हुनेछ। “तिनीहरूले मेरा सबै पवित्र पर्वतमा नता केही हानी नोक्सानी गर्नेछन्, किनकि समुद्र पानीले भरिएझैं पृथ्वी परमप्रभुको [न्य वर्ल्ड ट्रान्सलेशन अनुसार: यहोवाको] ज्ञानले भरिपूर्ण हुनेछ।” (यशैया ११:९) हो, “उहाँले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ, र फेरि मृत्यु हुनेछैन। औ शोक, रूवाइ, पीड़ा फेरि केही हुनेछैन। पहिलाका कुराहरू बितिसकेका छन्।”—प्रकाश २१:४
के तपाईंलाई यस प्रकारको वातावरणमा बस्न मन लाग्छ? त्यस बेला पृथ्वीका बासिन्दाहरूमा, परमेश्वर र छिमेकीको प्रेममा आधारित् त्यो भित्री सुन्दरता भएको हुनाकारण, यस प्रकारको वातावरण सम्भव हुनेछ। आज ज-जसले परमेश्वरको सेवा गर्छन्, “नया मनुष्यत्व धारण” गछर्न् र उहाँको सिद्धान्तहरू अनुसार हिड़ने प्रयास गर्छन्, तिनीहरूले यो प्रतिज्ञाको पूर्ति देख्नेछन् भनेर परमेश्वरले आफ्नो वचन दिनु भएकोछ। शारीरिक् र बाहिरी सुन्दरताले मात्र यस प्रकारका आशिषहरू कहिले पनि दिन सक्दैन। यसकारण परमेश्वरले र असल सोचाइ भएका मानिसहरूले रूचाउने त्यो धेरै नै बहुमूल्य र स्थायी, भित्री सौन्दर्यको वृद्धि गर्ने कति महान कारण रहेछ! (w89 2/1)
[चित्र]
जो मानिस देख्नमा आकर्षित छन् उनीहरूले स्वार्थी औ चतुरी गर्न त्याग्नु परयो अथवा उनीहरूले भित्रीय सुन्दरता बढाउनु पऱ्यो जो परमेश्वर ग्रहण गर्नु हुन्छ