प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g19 No. ३ pp. १०-११
  • पैसाको सदुपयोग

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पैसाको सदुपयोग
  • ब्यूँझनुहोस्‌!—२०१९
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • राम्रो योजना बनाउनुहोस्‌
  • नराम्रो आनीबानी नदेखाउनुहोस्‌।
  • तपाईँ के गर्न सक्नुहुन्छ?
  • बाइबलका अरू सिद्धान्तहरू
  • आर्थिक समस्या र ऋण—के बाइबलले मदत गर्न सक्छ?
    बाइबल प्रश्‍नहरूको जवाफ
  • पैसाको सदुपयोग कसरी गर्ने?
    सुखी परिवार तर कसरी?
  • आफ्नो औकातअनुसार जिउने—कसरी?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • २ | पैसा र आफूसित भएका चिजबिज जोगाउनुहोस्‌
    ब्यूँझनुहोस्‌!—२०२२
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०१९
g19 No. ३ pp. १०-११
कामदारहरू कारखानामा

पैसाको सदुपयोग

धेरै मानिसहरूले बाइबलको सिद्धान्त लागू गरेर आफ्नो आर्थिक समस्या कम गर्न सकेका छन्‌।

राम्रो योजना बनाउनुहोस्‌

बाइबलको सिद्धान्त: “मेहनती मानिसले बनाएको योजना सफल हुन्छ तर हतार गर्ने मानिसहरू कङ्‌गाल हुन्छन्‌।”—हितोपदेश २१:५.

यसको अर्थ के हो? आफूले बनाएको योजनाअनुसार चल्यौँ भने सफल हुनेछौँ। खर्च गर्नुअघि योजना बनाउनुहोस्‌। नबिर्सनुहोस्‌, तपाईँ आफूलाई मन परेको सबै कुरा किन्‍न सक्नुहुन्‍न। त्यसैले बुद्धिमानीपूर्वक खर्च गर्नुहोस्‌।

तपाईँ के गर्न सक्नुहुन्छ?

  • बजेटअनुसार चल्नुहोस्‌। आफूलाई चाहिएको सामान जस्तै, खानेकुरा, लुगाफाटा वा अन्य घरेलु सरसामानको सूची बनाउनुहोस्‌। अनि ती सामानहरू किन्‍न कति खर्च लाग्छ, लेख्नुहोस्‌। यदि तपाईँले कुनै सामानमा योजना गरेभन्दा धेरै खर्च गर्नुभयो भने अरू कम महत्त्वपूर्ण सामान किन्‍नको लागि छुट्ट्याएको पैसा प्रयोग गर्नुहोस्‌। उदाहरणको लागि, यदि घरको भाडा तिर्नमा धेरै खर्च भयो भने अनावश्‍यक घुमघाम नगर्नुहोस्‌।

  • अनावश्‍यक ऋण नलिनुहोस्‌। सकेसम्म ऋण नलिनुहोस्‌। बरु त्यसको सट्टा आफूलाई आवश्‍यक पर्ने सामान किन्‍नको लागि पैसा बचत गर्नुहोस्‌। यदि तपाईँले कसैसित पैसा सापटी माग्नुभएको छ भने सकेसम्म चाँडै पैसा चुक्‍ता गर्नुहोस्‌। यसले गर्दा तपाईँ ऋणमा डुब्नु हुनेछैन। तर यदि तपाईँले पहिले नै कसैसित ऋण लिइसक्नुभएको छ भने त्यो तिर्न योजना बनाउनुहोस्‌ र त्यसैअनुसार तिर्दै जानुहोस्‌।

    ऋण लिइरहने मानिसले धेरै पैसा खर्च गर्छ। त्यसैले ऋण लिन लाग्नुभएको छ भने पहिले राम्रोसँग सोचविचार गर्नुहोस्‌।

नराम्रो आनीबानी नदेखाउनुहोस्‌।

बाइबलको सिद्धान्त: “अल्छीले हिउँदमा खेत जोत्दैन; त्यसैले आफूसित केही नभएपछि कटनीको समयमा ऊ मागेर हिँड्‌छ।”—हितोपदेश २०:४.

यसको अर्थ के हो? अल्छीपनाले गरिबी निम्त्याउँछ। मेहनती कामदार हुनुहोस्‌ अनि सक्दो बुद्धिमानीपूर्वक पैसा खर्च गर्नुहोस्‌। साथै भविष्यको लागि पनि केही जोहो गरेर राख्नुहोस्‌।

तपाईँ के गर्न सक्नुहुन्छ?

  • कडा परिश्रम गर्नुहोस्‌। यदि तपाईँ परिश्रमी र जिम्मेवार हुनुहुन्छ भने हाकिमले तपाईँलाई काममा राख्न इच्छुक हुनेछन्‌।

  • इमानदार हुनुहोस्‌। चोरी नगर्नुहोस्‌। यदि तपाईँ बेइमान हुनुभयो भने कसैले पनि तपाईँलाई काममा राख्ने छैन।

  • लोभी नहुनुहोस्‌। धेरै पैसा कमाउने धुनमा लाग्नुभयो भने तपाईँको स्वास्थ्य र अरूसितको सम्बन्ध बिग्रन सक्छ। नबिर्सनुहोस्‌, जीवनमा पैसा नै सबथोक होइन।

बाइबलका अरू सिद्धान्तहरू

एक जना व्यक्‍ति अनलाइन बाइबल पढ्‌दै

अनलाइन बाइबल पढ्‌नुहोस्‌। jw.org मा थुप्रै भाषामा बाइबल उपलब्ध छ

कुलतमा समय र पैसा खर्च नगर्नुहोस्‌।

“जँड्‌याहा र घिचुवा कङ्‌गाल हुनेछ अनि निद्राले थाङ्‌ने बनाइदिन्छ।”—हितोपदेश २३:२१.

अनावश्‍यक चिन्ता नलिनुहोस्‌।

“के खाऔँला वा के पिऔँला भनी आफ्नो जीवनको विषयमा वा के लगाऔँला भनी आफ्नो शरीरको विषयमा चिन्ता गर्न छोडिहाल।”—मत्ति ६:२५.

डाही नहुनुहोस्‌।

“डाही मानिस धनी हुन आतुर हुन्छ तर आफूमाथि गरिबी आइपर्नेछ भनेर उसलाई थाहै हुँदैन।”—हितोपदेश २८:२२.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने