प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g16 No. ३ p. ६
  • ३ हार नमान्‍नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ३ हार नमान्‍नुहोस्‌
  • ब्यूँझनुहोस्‌!—२०१६
  • मिल्दोजुल्दो सामग्री
  • तपाईँ आफ्नो आध्यात्मिक लक्ष्यसम्म पुग्न सक्नुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
  • तपाईंको बानीले तपाईंलाई फाइदा गरून्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • राम्रो बानी कसरी बसाल्ने?
    ब्यूँझनुहोस्‌!—२०१६
  • लक्ष्य तिर अघि लम्कनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०१६
g16 No. ३ p. ६
एक महिला क्यालेन्डरमा चिन्ह लगाउँदै

आवरण लेख | राम्रो बानी कसरी बसाल्ने

३ हार नमान्‍नुहोस्‌

चिन्ह लगाइएको क्यालेन्डर

भनिन्छ, कुनै पनि नयाँ बानी बसाल्न २१ दिन लाग्छ। तर अनुसन्धानले देखाएअनुसार कसै-कसैलाई भने त्योभन्दा बढी वा कम समय पनि लाग्न सक्छ। के त्यसो भन्दैमा निराश हुनुपर्छ?

मानौं, तपाईंले हप्तामा तीन दिन व्यायाम गर्ने लक्ष्य राख्नुभयो।

  • पहिलो हप्ता, लक्ष्य पूरा गर्नुभयो।

  • दोस्रो हप्ता, एक दिन छुटाउनुभयो।

  • तेस्रो हप्ता, फेरि तीनै दिन गर्नुभयो।

  • चौथो हप्ता, बल्लतल्ल एक दिन गर्नुभयो।

  • पाँचौं हप्ता, फेरि लक्ष्यअनुसारै गर्नुभयो। त्यसपछि भने बानी पर्न थाल्यो।

नयाँ बानी बसाल्न पाँच हप्ता लाग्यो। हुन त यो लामो समय जस्तो लाग्ला तर तपाईं एक पटक सफल हुनुभयो भने बानी बस्नेछ।

बाइबलको सिद्धान्त: “धर्मी मानिस सातपल्ट लोट्यो भने पनि फेरि उठ्‌छ।”—हितोपदेश २४:१६.

बाइबलले हामीलाई हार नमान्‍न प्रोत्साहन दिएको छ। हामी कति पटक लड्‌छौं, त्यो होइन बरु कति पटक उठ्‌छौं, त्यो महत्त्वपूर्ण हो।

हामी कति पटक लड्‌छौं, त्यो होइन बरु कति पटक उठ्‌छौं, त्यो महत्त्वपूर्ण हो

तपाईं के गर्न सक्नुहुन्छ?

  • लक्ष्यबाट एक चोटि चुक्दैमा कहिल्यै सफलता हात लाग्दैन भन्‍ने निष्कर्षमा नपुग्नुहोस्‌। तपाईंको बाटोमा विभिन्‍न विघ्नबाधा आइपर्छ भन्‍ने कुरा मनमा राख्नुहोस्‌।

  • असफलतामा होइन, सफलतामा ध्यान दिनुहोस्‌। जस्तै, आफ्नो छोराछोरीसित कुराकानी गर्ने तरिका सुधार्ने कोसिस गर्दै हुनुहुन्छ भने आफैलाई सोध्नुहोस्‌, ‘छोराछोरीलाई झपार्न मन लाग्दा पनि मैले आफूलाई रोकेको पछिल्लो पटक कहिले थियो? झपार्नुको साटो के गरेको थिएँ? अब फेरि त्यसै गर्न मैले के गर्नुपर्छ?’ यस्ता प्रश्‍नहरूले असफलतामा होइन, सफलतामा ध्यान दिन मदत गर्छ। अनि सही काम गर्ने आत्मबल बढाउँछ।

के तपाईं यी प्रश्‍नहरूको जवाफ पाउन चाहनुहुन्छ? जस्तै: निराशाको सामना कसरी गर्ने?, परिवारलाई कसरी सुखी बनाउने? अनि साँचो आनन्द कसरी पाउने? चाहनुहुन्छ भने कुनै यहोवाको साक्षीसित कुरा गर्नुहोस्‌ अथवा हाम्रो वेबसाइट jw.org/ne हेर्नुहोस्‌। (g16-E No. 4)

बाइबलका सिद्धान्तहरू

“तेरो आँखाले एक टक लाएर हेरोस्‌।”—हितोपदेश ४:२५.

‘पछाडिका कुराहरूलाई बिर्सेर अनि अगाडिका कुराहरूतिर लम्केर लक्ष्यसम्म पुग्न पछि लागिरहेको छु।’—फिलिप्पी ३:१३, १४.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने